साधारण सम्मेलन
करारको मार्ग किन
अप्रिल २०२१ को साधारण सम्मेलन


करारको मार्ग किन

करार मार्गको भिन्नता अद्वितीय रुपमा अनन्तसम्म महत्त्वपूर्ण छ।

उहाँको सेवा अवधि भरी, अध्यक्ष रसल एम नेल्सनले आफ्ना केटाकेटीहरूका साथ परमेश्वरका करारहरू पढ्नुभयो र सिकाउनुभयो। उहाँ आफैंमा एक चम्किलो उदाहरण हो जो करारको मार्गमा हिड्नुहुन्छ। चर्चका अध्यक्षका रुपमा आफ्नो पहिलो सन्देशमा अध्यक्ष नेल्सनले भन्नुभयो:

“उहाँसँग करारहरू गरेर मुक्तिदातालाई पछ्याउने अनि यी करारहरू पालन गर्ने तपाईंको प्रतिवद्धता तपाईंका लागि सबै तिरका महिला, पुरुष र केटाकेटीहरूलाई उपलब्ध हुने हरेक आध्यात्मिक सुअवसर र आशीषहरूको ढोका खुलाउने छ।

“… मन्दिरका विधिहरू र तपाईंले त्यहाँ गर्नुभएका करारहरू तपाईंको जीवन, तपाईंको विवाह र परिवार र सैतानको आक्रमणको प्रतिरोध गर्ने तपाईंको क्षमतालाई सुदृढ पार्न महत्त्वपूर्ण छन्। मन्दिरमा तपाईंको आराधना अनि त्यहाँ तपाईंले गर्ने तपाईंका पिता-पुर्खाहरूको सेवाले तपाईंलाई व्यक्तिगत प्रकाश र शान्तिको आशीर्वाद दिनेछ र करारको मार्गमा हिंड्ने तपाईंको प्रतिवद्धतालाई सुदृढ बनाउनेछ।”

करारको मार्ग भनेको के हो ? यो एक मात्र बाटो हो जसले परमेश्वरको सेलेष्टियल राज्यतर्फ लैजान्छ। हामी बप्तिस्माको द्वार हुँदै मार्गमा अगाडि बढ्छौँ अनि त्यसपछि “ख्रीष्टमा स्थिर भएर अगाडि बढ्छौं, जसमा आशाको पूर्ण चमक, र परमेश्वर अनि सबै मानिसहरू प्रति [दुई ठूला आज्ञाहरू] … को अन्तसम्मको प्रेम हुन्छ।” करारको मार्गमा अघि बढ्ने क्रममा (जुन नश्वरता भन्दा पर सम्म जान्छ), हामीले सबै विधिहरू र करारहरू पाउँछौं जुन मुक्तिसँग सम्बन्धित छ।

हाम्रो सबै समेट्ने करार प्रतिवद्धता भनेको परमेश्वरको इच्छा गर्नु हो “र उहाँले हामीलाई आज्ञा गर्नुहुने सबै कुराहरूमा उहाँको आज्ञा पालन गर्नु हो।” दिनहुँ येशू ख्रीष्टको सुसमाचारका सिद्धान्त र आज्ञाहरू पालना गर्नु जीवनको सबैभन्दा आनन्दित र सन्तोषजनक मार्ग हो। एउटा कुराका लागि, एक व्यक्तिले धेरै ठूला समस्याहरू र पश्चतापहरू तार्न सक्छ। मलाई खेलको सादृश्य प्रयोग गर्न दिनुहोस् । टेनिसमा सहज त्रुटीहरू भनिने हुन्छ। यी त्यसता चिजहरु हुन जसतै खेल्न सक्ने बललाई नेटमा हान्ने वा सर्व गर्दा डबल-फल्ट गर्ने हुन्। सहज त्रुटीहरू विपक्षीका सीपले गर्दा हुनुको सट्टा खेलाडीको त्रुटीको परिणाम मानिन्छ।

प्रायश: हाम्रा समस्याहरू वा चुनौतीहरू आत्म-प्रवृत्त, कमजोर छनौटहरूको नतिजा, वा हामीले “सहज त्रुटीहरू” का परिणाम स्वरूप हो भन्न सक्छौं। जब हामी लगनपूर्वक करारको मार्ग अनुसरण गर्दैगर्छौं, हामी प्राकृतिक रूपमा धेरै “सहज त्रुटीहरू” बाट टाढा रहन्छौं। हामी दुर्वेशनका विभिन्न रुपहरू बाट टाढा रहन्छौं। हामी बेइमान आचरणको खाडलमा पर्दैनौं। हामी अनैतिकता र व्यभिचार अगाध खाडललाई पार गर्छौं। लोकप्रिय नै भए पनि हामी त्यस्ता व्यक्ति र चीजहरूलाई बेवास्ता गर्छौं जसले हाम्रो शारीरिक र आध्यात्मिक हितलाई जोखिममा पार्छ। अरूलाई नोक्सान वा हानी पुर्‍याउने छनौटहरूलाई हामी बेवास्ता गर्छौं र त्यसको सट्टामा आत्म-अनुशासन र सेवाको बानी बसाल्छौँ।

एल्डर जे गोल्डन किम्बलले भन्नुभाएको थियो, “म [सधैं] सिधा र साँघुरो बाटो हिडेको छैन होला, तर म [सकेसम्म] यसलाई सक्दो पार गर्ने [प्रयास] गर्छु। ” अझ गम्भीर क्षणमा, मलाई पूर्ण विश्वास छ कि दाजु किमबलले सहमति जनाउनुहुनेछ कि केवल पार गर्ने मात्र नभई, करार मार्गमा रहिरहने हाम्रो नै एक हातमा टाढा रहन सक्ने दु: ख, र अर्को हातमा सफलतापूर्वक टाढा रहन नसक्ने संकटहरूको सामना गर्ने हाम्रो सबैभन्दा ठूलो आशा हो ।

कोहीले भन्लान, “म बप्तिस्मासँगै वा बप्तिस्मा बिना पनि राम्रो छनौट गर्न सक्छु; मलाई सम्मानजनक र सफल व्यक्ति हुन करारहरू आवश्यक पर्दैनन्।” वास्तवमा धेरै व्यक्तिहरू छन्, जो उनीहरू आफैं करार मार्गमा नहुँदा पनि, त्यस्तो ढङ्गले कार्य गर्दछन् जसले मार्गमा भएकाहरूको छनौट र योगदानहरू दर्साउँछ। तपाईं भन्नुहोला कि उनीहरूले “करार-अनुरुप” मार्गमा हिंड्दाको आशीष पाए। त्यसोभए करार मार्गको भिन्नता के हो?

वास्तवमा, भिन्नता विशिष्ट रुपमा र अनन्त रुपमा महत्वपूर्ण छ। यसमा हाम्रो आज्ञाकारिताको प्रकृति, हामीप्रति परमेश्वरको प्रतिवद्धताको चरित्र, हामीले प्राप्त गर्ने दैवी सहयोग, एक करारवद्ध जनहरूका रुपमा एकतृत हुने आशीषहरू, र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो अनन्त वंशानुक्रमलाई समावेश गर्दछ।

प्रतिवद्धात्मक आज्ञाकारिता

पहिलो हो, परमेश्वरप्रतिको हाम्रो आज्ञाकारिताको प्रकृति। केवल असल मनसाय राख्ने मात्र भन्दा बढी, हामी परमेश्वरको मुखबाट निस्केका हरेक वचन अनुसार जिउन प्रतिवद्ध हुन्छौं। यसमा हामीले येशू ख्रीष्टको उदाहरण पछ्याउँछौं, जसले बप्तिस्मा लिएर “मानिसका सन्ततिलाई देखाउँछन् कि देह अनुसार ऊ आफूलाई पिताको सामु विनम्र तुल्याउँछ, अनि पितालाई उहाँका आज्ञाहरू पालन गर्दै आफू उहाँप्रति आज्ञाकारी छु भनेर गवाही दिन्छ।”

करारहरूसँग, हामी गल्तीहरूबाट टाढा रहने वा हाम्रा निर्णयहरूमा विवेकशील हुनु भन्दा पनि बढी तत्परता राख्छौं। हामी हाम्रा छनौट र हाम्रो जीवनका लागि परमेश्वर प्रति जवाफदेही महसुस गर्दछौं। हामी आफु स्वयंमा ख्रीष्टको नाम लिन्छौं। हामी ख्रीष्टमा केन्द्रित छौं—येशूको गवाहीमा साहसी हुने र ख्रीष्टको चरित्र विकास गर्ने कुरामा।

करारहरूसँग, सुसमाचारका सिद्धान्तहरूप्रति आज्ञाकारी हुनु हाम्रो आत्मामा जरा गाड्छ। म एक जोडीसँग परिचित छु, जहाँ उहाँहरूको विवाहको समयमा, पत्नी चर्चमा सक्रिय हुनुहुन्थ्यो र पति कहिल्यै पनि चर्चको सदस्य हुनुभएको थिएन। उहाँहरूको वास्तविक नाम यो नभए तापनि म उहाँहरूलाई मेरी र जनका रुपमा उल्लेख गर्नेछु। केटाकेटीहरूले चित्रमा प्रवेश गर्न सुरु गर्दा, मेरीले धर्मशास्त्रमा लेखिएझैं “परमप्रभुको पालनपोषण र सल्लाहमा” उनीहरूलाई हुर्काउनु पर्ने आवश्यकता एकदमै महसुस गर्नुभयो।” जन सहयोगी हुनुहुन्थ्यो। घरमा नियमित रुपमा सुसमाचार सिकाउनका लागि मेरीले केही महत्त्वपूर्ण त्यागहरू गर्नुभयो। उहाँले निर्क्योल गर्नुभयो कि परिवारले चर्चको आराधना र क्रियाकलापको पूर्ण सदुपयोग गरेको छ। मेरी र जन अनुकरणीय आमाबाबु बन्नुभयो, र उहाँहरूका केटाकेटीहरू (सबै ऊर्जावान केटाहरू) सुसमाचारका सिद्धान्तहरू र मापदण्ड प्रति आस्था र समर्पणमा हुर्किए।

जनका आमाबुबा, केटाहरूका हजुरबुबा हजुरआमा उनीहरूका नातिनातिनाको जीवन र उपलब्धीबाट खुशी थिए, तर चर्चप्रतिका केही दुश्मनीका कारण उनीहरू यो सफलता विशेष गरी जन र मेरीको अभिभावकत्वको सीपमा श्रेय दिन चाहन्थे। जन, चर्चका सदस्य नभए तापनि, त्यो मूल्याङ्कनलाई चुनौती नदिई छाडेनन्। उनले उल्लेख गरे कि - उनका छोराहरूले चर्चमा के गरिरहेका थिए र घरमा के भइरहेको थियो भनेर उनीहरूले सुसमाचारका शिक्षाका फलहरू देखिरहेका थिए ।

आफ्नी पत्नीको प्रेम र उदाहरणबाट अनि आफ्‍ना छोराहरूको आग्रहबाट जन आफैं पवित्र आत्माको प्रभावमा परेका थिए। उपयुक्त समयमा, धेरै वार्ड सदस्यहरू र साथीहरूको खुशियालीमा उनले बप्तिस्मा लिए।

यद्यपि जीवन उनीहरू र उनीहरूका छोराहरूका लागि बिना चुनौतीको रुपमा थिएन, मेरी र जोन पूर्ण हृदयले पुष्टि दिन्छन् कि यो वास्तवमा सुसमाचारको करार हो जुन व्यक्तिगत र परिवारिक रुपमा उनीहरूका आशीषहरूको आधार हो। उनीहरूले यर्मियालाई परमप्रभुले भन्नुभएका वचनहरू तिनीहरूका सन्तानहरू र आफ्नै जीवनमा पूरा भएको देखेका छन्: “म मेरो व्यवस्था तिनीहरूका भित्री भागहरूमा राख्नेछु, र तिनीहरूको हृदयमा लेख्नेछु; तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

परमेश्वरप्रति जवाफदेही

करार मार्गको दोस्रो अद्वितीय पक्ष भनेको परमेश्वरसँगको हाम्रो सम्बन्ध हो। परमेश्वरले आफ्ना सन्ततीहरूलाई प्रदान गर्ने करारहरूले हामीलाई अगुवाइ गर्नु भन्दा पनि बढी गर्दछन्। तिनीहरूले हामीलाई उहाँसँग बाँध्छन्, र उहाँसँग बाँधिन्छ, हामी सबै चीजहरूमाथि विजय हासिल गर्न सक्दछौं।

एक पटक मैले अपरिपक्व जानकारी भएका अखबारका रिपोर्टरको लेख पढें जसले हामीले मृतकहरूलाई बप्तिस्मा दिने तरिका भनेको पानीमा माइक्रोफिल्मको रोल डुबाउनु हो भनेर वर्णन गरे। त्यस पछि माइक्रोफिल्ममा देखापर्ने सबैलाई बप्तिस्मा गरिएको मानिन्छ। यो दृष्टिकोण कुशल हुनेथियो, तर यसले प्रत्येक आत्माको असीम मूल्य र परमेश्वरसँग व्यक्तिगत करारको महत्त्वपूर्ण महत्त्वलाई बेवास्ता गर्दछ।

“[येशूले] भन्नुभयो … : साँघुरो ढोकाबाट भित्र पस; किनकि ढोका साँघुरो छ, र त्यो बाटो साँघुरो छ जसले जीवनतर्फ अगुवाइ गर्दछ, र त्यहाँ त्यसलाई भेटाउने केही मात्रै हुनेछन्।” १० लाक्षणिक हिसाबले यो ढोका यति साँघुरो छ कि यसले एक पटकमा केवल एक मात्र प्रवेश गर्न अनुमति दिन्छ। प्रत्येक व्यक्तिले परमेश्वरप्रति व्यक्तिगत प्रतिवद्धता जनाउँछ र यसको बदलामा, नामद्वारा, उहाँबाट व्यक्तिगत करार प्राप्त गर्दछ जसमाथि ऊ वा उनले कि त्यो समय र अनन्तता सम्म पूर्ण रुपमा भरोसा गर्न सक्दछ। अविधिहरू र करारहरू सहित, हाम्रो जीवनमा “दैवी शक्ति प्रकट हुन्छ”। ११

दैवी सहयोग

यसले हामीलाई करार मार्गको तेस्रो विशेष आशीष बारे विचार गर्नतर्फ अगुवाइ गर्छ। परमेश्वरले करार-गर्नेहरूलाई करार-पालन गर्नेहरु हुन सहयोग गर्न एक अबोध्य उपहार: पवित्र आत्माको वरदान प्रदान गर्नुहुन्छ। यो उपहार पवित्र आत्माको निरन्तरको साथी, सुरक्षा, र मार्गदर्शनको अधिकार हो। १२ सान्त्वनादाता भनेर पनि चिनिने पवित्र आत्मा “आशा र पूर्ण प्रेमले भरिएको हुन्छ।” ”१३ उसले “सबै कुरा जान्दछ, र पिता र पुत्रको अभिलेख राख्दछ,”१४१५हामी यसका साक्षी छौं।

करारको मार्गमा हामीले क्षमा र पापबाट शुद्ध हुने आवश्यक आशीष‌हरू पनि पाउँछौं। यो सहयोग हो जुन पवित्र आत्माद्वारा प्रशासित दैवी अनुग्रहका माध्यमबाट मात्र आउन सक्छ। “अब यो आज्ञा हो,” परमप्रभु भन्नुहुन्छ, “पश्चात्ताप गर, पृथ्वीका पल्लो छेउका तिमीहरू र मकहाँ आओ र मेरा नाउँमा बप्तिस्मा लिय, कि तिमीहरूलाई पवित्र आत्माको प्राप्तिद्वारा पवित्र पारियोस्, कि त्यो अन्तिम दिनमा मसमक्ष तिमीहरू बेदाग खडा हुन सक।”१६

करारका जनहरूसँगै एकतृत हुनुहोस्

चौथो, करारको मार्ग अनुसरण गर्नेहरूले पनि विभिन्न दैवी रुपमा नियुक्त जमघटहरूमा एकल आशीषहरू पाउँछन्। लामो समय देखि विखण्डित भएका इस्राएलका घरानालाई एकतृत गर्ने बारेका अगमवाणीहरू धर्मशास्त्रभरी भेटिन्छन्। १७ करारमा रहेका जनहरूको पृथ्वीमा परमेश्वरको राज्यको चर्चमा चर्चमा एकत्रिकारण संगै ती अगमवाणी र प्रतिज्ञाहरूको पूर्ति हुने काम जारी छ । अध्यक्ष नेल्सनले वर्णन गर्नुहुन्छ, “जब हामी भेलाका,बारेमा कुरा गर्छौं, हामी केवल यो आधारभूत सत्यलाई मात्रै भनिरहेका छौं: हाम्रो स्वर्गमा रहनुहुने पिताका पर्दाका दुबै तर्फका सन्ततीहरू, येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारको सन्देश सुन्न योग्य छन्।” १८

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूलाई परमप्रभुले आदेश दिनुहुन्छ, “उठेर र चम्किय ताकि तिम्रो ज्योति राष्ट्रहरूका निम्ति मानक बन्न सकोस्; … कि सियोनको भूमिमा र यसका स्टेकहरुमा एकत्रिकारण आँधीबेहरी र क्रोध बाट सुरक्षा र शरण हुन सकोस् जब यसलाई सारा पृथ्वीमा बिना मिश्रण खन्याइँनेछ।”१९

परमप्रभुको दिनमा प्रार्थनाका घरहरूमा करारका जनहरूको साप्ताहिक भेला पनि हुन्छ, ताकि हामी “अझ राम्ररी [आफूलाई] यस संसारबाट निष्कलङ्क राख्न सकौं।” २० यो येशू ख्रीष्टको प्रायश्चितको स्मरणार्थमा रोटी र पानी ग्रहण गर्ने भेला हो र “उपवास र प्रार्थना गर्ने र एक अर्कासँग हाम्रो आत्माको हितका निम्ति कुरा गर्ने” समय हो। ”२१ किशोर अवस्थामा मेरो हाइ स्कुलमा म मात्र एक्लो चर्चको सदस्य थिएँ । मैले विद्यालयमा थुप्रै राम्रा साथीहरूको सङ्गतमा रमाइलो गरे, तर मैले यो महसुस गरे कि मलाई आत्मिक र शारीरिक रुपमा ताजा हुन र नवीकरण गर्नका लागि म हरेक हप्ताको विश्रामको दिनको सभामा भरपर्छु। वर्तमान महामारीका क्रममा यस नियमित करारको जमघटको क्षति हामीले कत्ति गहिरो रुपमा अनुभव गरेका छौं अनि हामी पहिले जस्तै पून: जम्मा हुन सक्ने समयको कति उत्सुकताका साथ पूर्वानुमान गदर्छौं।

अन्तमा, करारका मानिसहरूले मन्दिर, परमप्रभुको घरमा भेला हुन्छन्, जहाँ विधि, आशीष र प्रकाशहरू अद्वितीय रुपमा प्राप्त गर्दछन्। अगमवक्ता जोसेफ स्मिथ सिकाउनुभयो: “संसारको कुनै युगमा … परमेश्वरका मानिसहरूलाई जम्मा गर्ने उद्देश्य के थियो? … प्रमुख उद्देश्य भनेको परमप्रभुका निम्ति एउटा घर निर्माण गर्नु थियो जसद्वारा उनले आफ्ना मानिसहरूलाई आफ्नो घरका नियमहरू र उहाँको राज्यका महिमाहरू प्रकट गर्न सक्थे, र मानिसहरूलाई मुक्तिको बाटो सिकाउँथे किनभने त्यहाँ केही विधि र सिद्धान्तहरू हुन्छन्, जब ती सिकाइन्छन् र अभ्यास गरिन्छन्, त्यो उद्देश्यका लागि निर्माण गरिएको ठाउँमा वा घरमा गरिनुपर्दछ।” २२

करारका प्रतिज्ञाहरू उत्तराधिकार का रुपमा प्राप्त गर्नुहोस्

अन्तमा, यो करार मार्ग पछ्याउँदा मात्र हामीले अब्राहम, इसाहक र याकूबका आशीषहरू उत्तराधिकारका रुपमा पाउँछौं, केवल परमेश्वरले मात्र दिन सक्ने उद्धार र महिमाका अन्तिम आशीषहरू। २३

धर्मशास्त्रीय सन्दर्भलाई करारका मानिसहरूले प्रायः अब्राहमका शाब्दिक वंशलाई वा ”इस्राएलको घरानाका” भनेर चिन्दछ । तर करारका मानिसहरू ती सबै मानिसहरूलाई पनि समावेश गर्दछ जसले येशू ख्रीष्टको सुसमाचार ग्रहण गर्दछ २४ पावलले वर्णन गर्नुभयो:

“किनकि तिमीहरू जतिले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, ख्रीष्टलाई धारण गरेका छौ।-…

“अनि यदि तपाईं ख्रीष्टको हुनुहुन्छ भने, तपाईं अब्राहामका सन्तान हुनुहुन्छ, र प्रतिज्ञा अनुसार उत्तराधिकारी हुनुहुन्छ।” २५

{आफ्ना करारहरूप्रति वफादार व्यक्तिहरू “धर्मत्मीहरूको पूनरुत्थान मा आउनेछन्।” २६ तिनीहरू “येशूद्वारा निपूर्ण सिद्ध भए जो नयाँ करारका मध्यस्थकर्ता हुनुहुन्छ।… यी ती हुन् जसका शरीरहरू सेलेस्टियल छन्, जसको महिमा सूर्यको हो, र परमेश्वरका महिमा पनि, सबैभन्दा माथि।” २७ “तसर्थ, सबै चीजहरू उहाँहरुकै हुन, चाहे त्यो जीवन वा मृत्यु, वा वर्तमान वा भविष्यमा आउने सबै चीजहरू, सबै उहाँहरुकै हुन् र उनीहरु ख्रीष्टका हुन्, अनि ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।”२८

हामी करारको पथमा रहन अगमवक्ताको आह्वानलाई ध्यान दिएर सुनौं। नफिले हामीलाई र हाम्रो समयलाई देखेर अभिलेख गरे, “म, नफिले परमेश्वरका थुमाको शक्ति देखेँ कि यो पृथ्वीको सारा सतहमाथि छरिएर रहेका थुमाको चर्चका सन्तहरूमाथि र परमप्रभुका करारवद्ध जनहरूमाथि अवतरण भयो; र उनीहरू धार्मिकताले र महान् महिमाको परमेश्वरको शक्तिले सुसज्जित थिए।”२९

नफिसँग, “मेरो आत्मा परमप्रभुको करारमा प्रसन्न हुन्छ।” ३० यस इस्टर आइतबारका दिन, म येशू ख्रीष्टको गवाही दिन्छु, जसको पूनरुत्थान भनेको हाम्रो आशा हो र करारको मार्गमा प्रतिज्ञा गरिएका सबै अकाट्य आश्वासन हो। येशू ख्रीष्टको नाउँमा, आमीन |