साधारण सम्मेलन
कोभिड-१९ र मन्दिरहरू
अप्रिल २०२१ को साधारण सम्मेलन


कोभिड-१९ र मन्दिरहरू

मन्दिरका करारहरू र आशीषहरूलाई आफ्नो मस्तिष्क र हृदयमा प्रमुख राख्नुहोस्। आफूले गरेका करारहरू प्रति सत्य रहनुहोस् |

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले वास्तवमा नै आध्यात्मिक चाड मनाइसकेका छौँ। सम्मेलनभरीका प्रार्थनाहरू, सन्देशहरू र सङ्गीतका लागि म कति आभारी छु। तपाईंहरू जहाँ भए तापनि हामीसँग सहभागी हुनु भएकोमा तपाईंहरू हेरकलाई धन्यवाद छ।

गत वर्षको सुरुमा, कोभिड-१९ को सङ्क्रमणका कारण अनि विश्वको एक असल नागरिक बन्ने हाम्रो चाहनाका कारण हामीले सबै मन्दिरहरू बन्द गर्ने कठीन निर्णय गर्यौं| आगामी महिनाहरूमा, हामीले अत्यन्तै सावधानीपूर्ण दृष्टिकोणमा क्रमिक रुपमा मन्दिरहरू पून: खोल्न प्रेरणा पाएका छौँ। स्थानीय सरकारका नियम र सुरक्षा प्रोटोकलहरूलाई कडाइका साथ पालना गर्दै मन्दिरहरू अब चार चरणमा खोलिएका छन्।

मन्दिरमा पहिलो चरणमा, विगतमा अभिदान प्राप्त गरेका योग्य दम्पतिले पति र पत्नीका रुपमा बाँधिन सक्छन्।

दोस्रो चरणमा मन्दिरहरूमा, जस्तै कसैको आफ्नो अभिदान गर्ने, पति र पत्नीलाई बाँध्ने, अनि छोराछोरीहरूलाई आमाबुबासँग बाँध्ने, जीवितहरूका निम्ति गरिने सबै विधिहरू गरिनेछन्। हामीले युवाहरूलाई, नयाँ सदस्यहरूलाई अनि सीमित प्रयोगका अनुमति-पत्र भएका अन्यहरूलाई आफ्ना पूर्खाहरूका निमित्त बप्तिस्मा दिन सहभागी बन्न सक्ने गरी दोस्रो चरणका प्रावधानहरूलाई भर्खरै परिमार्जन गरेका छौँ।

तेस्रो चरणमा मन्दिरहरूमा निर्धारित भेटघाटका समयमा जीवितका लागि मात्र नभई मृत पूर्खाहरूका लागि गरिने सबै विधिहरूमा प्रतिनिधिका रुपमा सहभागी हुन सक्छन्।

चौथो चरण भनेको मन्दिरको पूर्ण नियमित क्रियाकलापमा फर्कनु हो।

यी परिवर्तनशील र चुनौतीपूर्ण समयमा तपाईंहरूको धैर्यता र समर्पित सेवाप्रति हामी आभारी छौँ | म प्रार्थना गर्छु कि मन्दिरमा आराधना गर्ने र सेवा गर्ने तपाइँहरूको चाहना पहिले भन्दा पनि अहिले अझ बढी गहिरो बनोस्।

अहिले तपाईंहरू सोच्दै हुनुहोला कि तपाईंहरू कहिले मन्दिरमा फर्कन सक्नुहुन्छ। उत्तर: जब स्थानीय सरकारका नियमले यसलाई अनुमति दिन्छ तपाईंको मन्दिर खुला हुनेछ। जब तपाईंको क्षेत्रमा कोभिड-१९ का घटनाहरू सुरक्षित सीमा भित्र हुन्छन्, तपाईंको मन्दिर पून: खोलिनेछ। तपाईंको क्षेत्रमा कोभिडको सङ्ख्या न्यून बनाउन तपाईंले गर्न सक्ने सबै चीज गर्नुहोस् ताकि मन्दिरको तपाईंका अवसरहरू बढ्न सकून्।

यसै बीचमा, तपाईंका मन्दिरका करार र आशीर्वादहरूलाई तपाईंको मस्तिष्क र हृदयहरूमा सबै भन्दा महत्वपूर्ण राख्नुहोस्। आफूले गरेका करारहरू प्रति सत्य रहनुहोस् |

भविष्यका निम्ति हामी अहिले निर्माण गर्दैछौं| एकचालीस मन्दिरहरू मध्ये अहिले कुनै निर्माणाधीन छन् भने कुनै पूनर्निमाण गरिँदै छन्| गत वर्ष, महामारीका बावजुद पनि, २१ नयाँ मन्दिरहरूको शिलान्यास गरियो!

हामी परमप्रभुको घरलाई हाम्रा सदस्यहरूको अझै नजिक ल्याउन चाहन्छौँ, ताकि उहाँहरूको परिस्थितिमा अनुमति दिएसम्म मन्दिरमा उपस्थित हुने पवित्र सुअवसर उहाँहरूलाई मिल्न सकोस्।

थप बीसवटा मन्दिरहरूको निर्माण योजनाहरूको घोषणा गरिरहँदा, म —पहिलेका र अहिलेका—अग्रजहरूका बारेमा सोच्छु र प्रशंसा गर्छु जसका पवित्र जीवनहरूले आजको इतिहास निर्माण गर्न सहयोग गरेको छ। यी ठाउँहरुमा नयाँ मन्दिर बनाइनेछ: ओस्लो, नरवे; ब्रुसेल्स, बेल्जियम; भेना, अस्ट्रिया; कूमासी, घाना; बिरा मोजामबिक; केप टाउन, साउथ अफ्रिका; सिङ्गापुर, सिङ्गापुर गणराज्य; बेलो होराइजोन्ट, ब्राजिल; कलि, कोलम्बिया; क्वेर्टो, मेक्सिको; टोरेओन, मेक्सिको; हेलेना, मोन्टाना; क्यास्पर, योमिंग; ग्रान्ड जक्सन, कोलोराडो; फारमीङटन्, नयाँ मेक्सिको; बर्ली, आइडहो; यूजिन, ओरेगन; एलको, नेवदा; योर्बा लिंडा, क्यालीफोर्निया; र स्मिथफिल्ड,यूटा।

यसको पूर्णतामा मन्दिरहरू येशू ख्रीष्टको सुसमाचारको पूनर्स्थापनाका महत्त्वपूर्ण अंश हुन्। मन्दिरका विधिहरूले अन्य कतै उपलब्ध नहुने शक्ति र सामर्थ्यद्वारा हाम्रो जीवनलाई परिपूर्ण गर्दछन् । हामी ती आशीषहरूका लागि परमेश्वरलाई धन्यवाद दिन्छौँ।

यो सम्मेलनको अन्त्यमा हामी तपाईंहरू प्रतिको हाम्रो प्रेम व्यक्त गर्दछौँ | हामी प्रार्थना गर्दछौँ कि परमेश्वरले तपाईं हरेक माथि आशीष र हेरविचारको वर्षा गर्नुहुनेछ। एक साथ हामी उहाँको पवित्र सेवामा संलग्न छौँ। साहसका साथ हामी सबै परमप्रभुको महिमित सेवामा हामी अगाडि बढौँ | यसका लागि म येशू ख्रीष्टको पवित्र नाममा प्रार्थना गर्दछु, आमीन।