साधारण सम्मेलन
सेलेस्टियल सोच राख्नुहोस्!
अक्टोबर २०२३ को साधारण सम्मेलन


सेलेस्टियल सोच राख्नुहोस्!

तपाईंहरूका छनोटहरूले तपाईंहरू अनन्तसम्म कहाँ बस्नुहुने छ, तपाईंहरू पुनरुत्थान हुँदा प्राप्त हुने शरीर र तपाईंहरू कोसँग सदैव जिउनुहुने छ भन्ने निर्धारण गर्ने छ ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म आज तपाईंहरूसँग बोल्न पाउँदा अत्यन्तै आभारी छु । मेरो उमेरमा, हरेक नयाँ दिनले अद्भुत चमत्कार र अप्रत्याशित चुनौतीहरू ल्याउँछ । तीन हप्तापूर्व, मलाई मेरो ढाडको मांसपेशीमा चोट लाग्यो । त्यसैले, मैले १०० भन्दा बढी साधारण सम्मेलनहरूमा उभिएर सम्बोधन गरे तापनि , आज म बसेर सोही कार्य गर्ने सोच बनाएको छु । म प्रार्थना गर्छु कि आत्माले मेरो सन्देशलाई आज तपाईंहरूको हृदयमा लैजाने छ ।

मैले भर्खरै मेरो ९९ औँ जन्मोत्सव मनाएँ र यसरी मेरो जीवनको १०० औँ वर्ष प्रारम्भ गरेँ । मलाई प्रायश: यति लामो समयसम्म जिउनुको रहस्य सोधिन्छ । “करीब एक शताब्दीको जीवनमा मैले के सिकेँ?” भन्ने बिषय एक अझ राम्रो प्रश्न हुन सक्छ ।

आजको यस समयले मलाई त्यो प्रश्नको पूर्ण रूपमा उत्तर दिन अनुमति दिँदैन तरपनि मैले सिकेका पाठहरू मध्येको सबैभन्दा महत्त्वपूर्ण एउटा बिषय बाँढ्न सक्छु ।

हाम्रा लागि स्वर्गका पिताको योजना आश्चर्यजनकछ, हामी यस जीवनमा के गर्‍छौँ त्यो वास्तवमा नै महत्त्वपूर्ण छ र मुक्तिदाताको प्रायश्चितले हाम्रा पिताको योजनालाई सम्भव बनाउँछ भनेर मैले सिकेको छु ।

हालसालैको मेरो चोटका कारण भएको तीव्र पीडासँग सङ्घर्ष गरिरहँदा मैले येशू ख्रीष्ट र उहाँको प्रायश्चितको अगम्य उपहारका लागि अझै गहन कृतज्ञता महसुस गरेको छु । त्यसका सम्बन्धमा मनन गर्नुहोस्! मुक्तिदाताले “पीडा, कष्ट र हरेक प्रकारका प्रलोभनहरू” को सामना गर्नुभयो ताकि उहाँले हामीलाई सान्त्वना दिन सक्नुहोस् , हामीलाई चङ्गाइ दिन सक्नुहोस्, आवश्यकताको समयमा हामीलाई उद्धार गर्न सक्नुहोस् । येशू ख्रीष्टले गेतसेमने र क्यालभरीमा आफ्नो अनुभव वर्णन गर्नुभयो: “जुन पीडाले म स्वयम्, परमेश्वरलाई समेत, सबैभन्दा भयङ्कर पीडाका कारणले कम्पन गरायो र हरेक प्वालबाट रगत बग्यो ।” मेरो चोटले मलाई “इस्राएलका एक मात्र पवित्रको महानता” मा बारम्बार प्रतिबिम्बित गर्न प्रेरित गरेको छ मेरो उपचारका क्रममा, परमप्रभुले शान्तिपूर्ण र अदृश्य रूपमा आफ्नो दैवी शक्ति प्रकट गर्नुभएको छ ।

येशू ख्रीष्टको असीम प्रायश्चितका कारण, स्वर्गका हाम्रा पिताको योजना एक परिपूर्ण योजना हो! परमेश्वरको आश्चर्यजनक योजनाको बुझाइले जीवनको रहस्य र हाम्रो भविष्यको अनिश्चिततालाई बाहिर ल्याउँछ । यसले हामी प्रत्येकलाई हामीले यहाँ पृथ्वीमा कसरी जिउने र हामी सदाका लागि कहाँ जिउने छौँ भनेर छनोट गर्न अनुमति दिन्छ । हामीले “खाऔँ, पिऔँ र रमाइलो गरौँ, किनकि भोलि हाम्रो मृत्यु हुने छ”; र यो हाम्रा लागि राम्रो हुने छ” भन्ने आधारहीन धारणा विश्वकै सबै भन्दा निरर्थक झूट मध्येको एक हो ।

यहाँ परमेश्वरको योजनाको महान् समाचार छ: जुन बिषयहरूले तपाईंहरूको मरणशील जीवनलाई यो हुन सक्नेसम्म सबैभन्दा उत्तम बनाउन सक्छन्, हर दृष्टिले उही बिषयहरू हुन् जसले यसलाई तपाईंहरूको जीवनलाई अनन्तकालसम्म उत्कृष्ट बनाउन सक्छन्! आज, स्वर्गका पिताले तपाईंहरूलाई दिनुभएका समृद्ध आशीर्वादहरूका लागि योग्य बन्न सहयोग गर्न, म तपाईंहरूलाई “सेलेस्टियल सोच राख्नुहोस्” को अभ्यास अपनाउन आमन्त्रण गर्छु! सेलेस्टियल सोच राख्नु भनेको आध्यात्मिक विचार राख्नु हो । “आध्यात्मिक मन हुनु भनेको अनन्त जीवन हो” भनेर हामीले मोर्मोनको पुस्तकका अगमवक्ता याकूबबाट सिक्छौँ ।”

मरणशीलता महान् अनन्त महत्त्वका बिषयहरूको छनोट गर्न सिक्नका लागि विशेष मार्ग हो । धेरै मानिसहरू यसरी नै जिउँछन् कि यो जीवन नै सबै चीज हो । यद्यपि, आज तपाईंहरूका छनोटहरूले तीनवटा बिषयहरूलाई निर्धारण गर्ने छ: तपाईंहरू अनन्तकालभरि कहाँ बस्नुहुने छ, तपाईंहरू पुनरुत्थान हुँदा प्राप्त गर्ने शरीरको प्रकार र तिनीहरू जोसँग तपाईंहरू सदैव जिउनुहुने छ । त्यसैले सेलेस्टियल सोच राख्नुहोस् ।

चर्चको अध्यक्षका रूपमा मेरो पहिलो सन्देशमा, मैले तपाईंहरूलाई अन्तलाई स्मरण गरेर सुरू गर्न प्रोत्साहन गरेको थिएँ । यसको अर्थ स्वर्गको राज्यलाई तपाईंहरूको अनन्त लक्ष्य बनाउनु हो र त्यसपछि यहाँ पृथ्वीमा हुँदा तपाईंहरूले गर्ने प्रत्येक निर्णयले तपाईंहरूलाई आगामी संसारमा कुन स्थानमा राख्छ भनेर सावधानीपूर्वक विचार गर्नु हो ।

मन्दिरमा पति-पत्नीका रूपमा बाँधिएका र आफ्नो करार पालना गर्ने पुरुष र महिलाहरू मात्र अनन्तकालसम्म सँगै हुने छन् भनी परमप्रभुले स्पष्ट रूपमा सिकाउनुभएको छ । उहाँले भन्नुभयो: “सबै करारहरू, सम्झौताहरू, बन्धनहरू, दायित्वहरू, शपथहरू, प्रतिज्ञाहरू, प्रदर्शनहरू, सम्बन्धहरू, साहचर्यहरू वा अपेक्षाहरू, जुन प्रतिज्ञाको पवित्र आत्माद्वारा निर्माण र समावेश गरिएका छैनन् र बन्धनमा बाँधिएका छैनन् … मानिसहरूको मृत्यु हुँदा अन्त्य हुन्छन् ।”१०

तसर्थ, यदि हामीले अहिले अविवेकी रूपमा टेलिस्टिल का नियमहरू अनुरूप जिउन छनोट गर्यौं भने, हामी टेलिस्टिल शरीरका साथ पुनरुत्थान हुने छनोट गर्दै छौँ । हामी सदैव हाम्रो परिवारसँग नबस्ने छनोट गर्दै छौँ ।

त्यसोभए, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू कसरी कहाँकोसँग सदैव जिउन चाहनुहुन्छ? तपाईंहरूले छनोट गर्न पाउनुहुन्छ ।११

जब तपाईंहरू छनोट गर्नुहुन्छ, म तपाईंहरूलाई लामो दृष्टिकोण—एक अनन्त दृष्टिकोण लिन आमन्त्रण गर्छु । येशू ख्रीष्टलाई प्रथम स्थान दिनुहोस्, किनभने तपाईंहरूको अनन्त जीवन उहाँमा र उहाँको प्रायश्चितप्रति तपाईंहरूको आस्थामा निर्भर गर्छ ।१२ उहाँका नियमहरूमा तपाईंहरूको आज्ञाकारितामा पनि यो निर्भर गर्छ । आज्ञाकारिताले तपाईंहरूका लागि आजको लागि प्रसन्नतायुक्त जीवन र भोलिको लागि उच्चतम, अनन्त पुरस्कारको मार्ग बनाउँछ ।

जब तपाईंहरू दुविधाको सामना गर्नुहुन्छ, सेलेस्टियल सोच राख्नुहोस्! प्रलोभनद्वारा परीक्षण गरिँदा, सेलेस्टियल सोच राख्नुहोस्! जब जीवन वा प्रियजनहरूले तपाईंहरूलाई निराश पार्छन्, सेलेस्टियल सोच राख्नुहोस्! जब कसैको अकालमै मृत्यु हुन्छ, सेलेस्टियल सोच राख्नुहोस् । जब कोही एक भयानक रोगसँग संघर्ष गर्नुहुन्छ, सेलेस्टियल सोच राख्नुहोस् । जब जीवनका दबाबहरू तपाईंहरूमाथि आउँछन्, सेलेस्टियल सोच राख्नुहोस्! दुर्घटना वा चोटबाट तपाईंहरूले स्वास्थ्य लाभ प्राप्त गर्नुहुँदा, जुन मैले अहिले गरिरहेको छु, सेलेस्टियल सोच राख्नुहोस्!

जब तपाईंहरू सेलेस्टियल सोच राख्नुमा ध्यान केन्द्रित गर्नुहुन्छ, विपक्षको सामना गर्नुपर्नसक्ने अपेक्षा गर्नुहोस् ।१३ दशकौँपूर्व, एक व्यवसायी सहकर्मीले ममा “धेरै मन्दिर” भएकोमा मेरो आलोचना गरे र मेरो आस्थाका कारण एक भन्दा बढी पर्यवेक्षकहरूले मेरो हानि गरे । यद्यपि, म विश्वस्त छु कि सेलेस्टियल सोच राख्नुले मेरो पेशालाई वृद्धि गरायो ।

तपाईंहरूले सेलेस्टियल सोच राख्दा तपाईंहरूको हृदय बिस्तारै परिवर्तन हुने छ । तपाईंहरू बारम्बार र अझै बढी इमान्दारितापूर्वक प्रार्थना गर्न चाहनुहुन्छ । कृपया तपाईंहरूको प्रार्थनालाई किनमेलको सूची जस्तो देखिने नबनाउनुहोस् । परमप्रभुको दृष्टिकोणले तपाईंहरूको मरणशील ज्ञानलाई उच्च बनाउँछ । तपाईंहरूको प्रार्थनामा उहाँको प्रतिक्रियाले तपाईंहरूलाई आश्चर्यचकित पार्न सक्छ र तपाईंहरूलाई सेलेस्टियल सोच राख्न सहयोग गर्ने छ ।

जोसेफ स्मिथले लिबर्टी जेलमा राहतका लागि बिन्ती गर्दा परमप्रभुको प्रतिक्रिया बारे मनन गर्नुहोस् । परमप्रभुले ती अगमवक्तालाई सिकाउनुभयो कि उहाँलाई गरिएका अमानवीय व्यवहारले उहाँलाई अनुभव दिने छन् र उहाँको भलाइका लागि हुने छन् ।१४ “यदि तिमीले राम्रोसँग सह्यौ भने,” परमप्रभुले प्रतिज्ञा गर्नुभयो, “परमेश्वरले तिमीलाई उच्च पार्नुहुने छ ।”१५ परमप्रभुले जोसेफलाई कष्टकर कठिनाइहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा सेलेस्टियल सोच राख्न र अनन्त पुरस्कारको कल्पना गर्न सिकाइरहनु भएको थियो । हाम्रा प्रार्थनाहरू स्वर्गका हाम्रा पितासँग मूर्त छलफलहरू हुन सक्छन्—र हुनु पर्छ ।

तपाईंहरूले सेलेस्टियल सोच राख्नुहुँदा तपाईंहरूले आफूहरूलाई आफ्नो छनोटको स्वतन्त्रता लुट्ने कुनै पनि बिषयबाट जोगिरहनु भएको पाउनुहुने छ । कुनै पनि दुर्वेशन—भिडियो गेम, जुवा, ऋण, लागूपदार्थ, मदिरा, रिस, अश्लील साहित्य, सम्भोग वा खानाले समेत—परमेश्वरलाई अपमानित गर्छ । किन? किनभने तपाईंहरूको मनोदशा तपाईंहरूको परमेश्वर बन्छ । तपाईं सान्त्वनाका लागि उहाँलाई भन्दा पनि , यसलाई ध्यान दिनुहुन्छ । यदि तपाईंहरू दुर्वेशनसँग संघर्ष गर्नुहुन्छ भने, तपाईंहरू आवश्यक आध्यात्मिक र व्यावसायिक सहयोग खोज्नुहोस् । कृपया कुनै मनोग्रस्तताले तपाईंहरूलाई परमेश्वरको महान् योजना अनुशरण गर्ने तपाईंको स्वतन्त्रता लुट्न नदिनुहोस् ।

सेलेस्टियल सोच राख्नाले तपाईंहरूलाई पवित्रताको नियम पालना गर्न पनि सहयोग गर्ने छ । यस दैवी नियमको उल्लङ्घन गर्नुभन्दा अरू केही चीजहरूले तपाईंको जीवनलाई अझ छिटो जटिल बनाउँछन् । परमेश्वरसँग करार गर्नेहरूका लागि अनैतिकता सबैभन्दा छिटो तपाईंहरूको गवाही गुमाउने तरिकाहरू मध्येको एक हो ।

अङ्सख्य विरोधीको सबैभन्दा निर्दयी प्रलोभनमा नैतिक शुद्धताको उल्लङ्घन समावेश छ । जीवन सृष्टि गर्ने शक्ति देवत्वको एक सुअवसर हो जुन स्वर्गका पिताले आफ्ना मरणशील सन्ततिहरूलाई अभ्यास गर्न अनुमति दिनुहुन्छ । यसरी, परमेश्वरले यस जीवित दैवी शक्तिको प्रयोगका लागि स्पष्ट मार्गदर्शनहरू निर्धारण गर्नुभयो । शारीरिक सम्बन्ध केवल एक अर्कासँग विवाह गरेका पुरुष र महिलाका लागि हो ।

संसारका धेरैले यसलाई विश्वास गर्दैनन् तर सार्वजनिक अभिमत सत्यको मध्यस्थ होइन । परमेश्वरले घोषणा गर्नुभएको छ कि कुनै अपवित्र व्यक्तिले स्वर्गको अधिराज्य प्राप्त गर्ने छैन । त्यसैले, जब तपाईंहरू नैतिकताका सम्बन्धमा निर्णय गर्नुहुन्छ, कृपया सेलेस्टियल सोच राख्नुहोस् । अनि यदि तपाईंहरू अशुद्ध हुनुहुन्छ भने, म तपाईंहरूलाई पश्चात्ताप गर्न अनुरोध गर्छु । ख्रीष्टकहाँ आउनुहोस् र तपाईंहरूले आफ्ना पापहरूबाट पूर्ण रूपमा पश्चात्ताप गर्दा उहाँको पूर्ण क्षमापनको प्रतिज्ञा प्राप्त गर्नुहोस् ।१६

तपाईंहरूले सेलेस्टियल सोच राख्दा तपाईंहरूले परीक्षण र विपक्षलाई नयाँ प्रकाशमा हेर्नुहुने छ । जब तपाईंहरूलाई प्रेम गर्ने कसैले सत्यलाई आक्रमण गर्छ, सेलेस्टियल सोच राख्नुहोस् र आफ्नो गवाहीमा प्रश्न नगर्नुहोस् । “पछिल्लो समयमा कोही-कोही आस्थाबाट टाढा हुने छन्, बहकाउने आत्माहरू र शैतानका सिद्धान्तहरूमा ध्यान दिने छन्,” भनेर प्रेरित पावलले भविष्यवाणी गरे१७

त्यहाँ शत्रुको छलको कुनै अन्त छैन । कृपया तयार रहनुहोस् । विश्वास नगर्नेहरूबाट कहिल्यै सल्लाह नलिनुहोस् । तपाईंहरूले विश्वास गर्न सक्ने आवाजहरूबाट मार्गदर्शन खोज्नुहोस्—अगमवक्ताहरू, द्रष्टाहरू र प्रकाशप्राप्त गर्नेहरूबाट र पवित्र आत्माको मधुरो ध्वनिबाट, जसले “तपाईंहरूले के गर्नु पर्छ भनेर सबै बिषयहरू देखाउने छ ।”१८ व्यक्तिगत प्रकाश प्राप्त गर्ने क्षमता बढाउन कृपया आध्यात्मिक कार्य गर्नुहोस् ।१९

तपाईंहरूले सेलेस्टियल सोच राख्नुहुँदा तपाईंहरूको आस्थामा वृद्धि हुँदै जाने छ । जब म जवान प्रशिक्षार्थी थिएँ, मेरो आम्दानी प्रति महिना १५ डलर थियो । एक रात, मैले त्यो थोरै वृत्तिबाट दशांश तिरिरहेको थिएँ कि थिइन भनेर मेरी श्रीमती ड्यान्ट्जेलले सोधिन् । मैले तिर्ने गरेको थिइनँ । मैले तत्कालै पश्चात्ताप गरेँ र मासिक दशांशमा थप १.५० डलर तिर्न सुरू गरेँ ।

हामीले आफ्नो दशांश बढाएका कारण के चर्च फरक थियो? निश्चय नै थिएन । यद्यपि, पूर्ण दशांश तिर्नाले मलाईपरिवर्तन गरायो । त्यसै समयमा दशांश तिर्नु भनेको पैसा होइन, आस्था हो भनेर मैले सिकेँ । जब म पूर्ण दशांश तिर्ने व्यक्ति भएँ, मेरा लागि स्वर्गका झ्यालहरू खुल्न सुरू भयो । मैले पछि गएर विभिन्न पेशागत अवसरहरू पाउनुको श्रेय हामीले ईमानदारीपूर्वक तिरेको दशांशलाई दिन्छु ।२०

दशांश तिर्नुका लागि आस्था चाहिन्छ र यसले परमेश्वर र उहाँका प्रिय पुत्रमा आस्था पनि वृद्धि गर्छ ।

एक कामुक, राजनीतिक संसारमा एक सद्गुण जीवन जिउन छनोट गर्दा आस्था निर्माण हुन्छ ।

मन्दिरमा धेरै समय बिताउँदा आस्था निर्माण हुन्छ । अनि मन्दिरमा तपाईंहरूको सेवा र आराधनाले तपाईंहरूलाई सेलेस्टियल सोच राख्न सहयोग गर्ने छ । मन्दिर प्रकाशको एक स्थान हो । त्यहाँ तपाईहरूलाई सेलेस्टियल जीवनतर्फ कसरी प्रगति गर्ने भनेर देखाइन्छ । त्यहाँ तपाईंहरूलाई मुक्तिदाताको समीप लगिन्छ र उहाँको शक्तिमा अधिक पहुँच दिइन्छ । त्यहाँ तपाईंहरूलाई व्याकुल बनाउने तपाईंहरूका समस्याहरू समेतको समाधान सहित, तपाईंहरूलाई आफ्नो जीवनका समस्याहरू समाधान गर्न निर्देशित गरिन्छ ।

मन्दिरका विधि र करारहरू अनन्त महत्त्वका छन् । यी पवित्र सम्भावनाहरू तपाईंहरू प्रत्येकको जीवनमा वास्तविकता बनून् भन्नका लागि थप मन्दिरहरू निर्माण गर्न हामी निरन्तरता दिन्छौँ । हामी निम्न २० स्थानहरूमा मध्ये प्रत्येक स्थानमा मन्दिर निर्माण गर्ने हाम्रो योजना घोषणा गर्न पाउँदा हामी आभारी छौँ ।

  • सवाई, समोआ

  • क्यानकुन, मेक्सिको

  • पिउरा, पेरू

  • हुआनकायो, पेरू

  • भिना डेल मार, चिली

  • गोआनिया, ब्राजिल

  • जोआओ पेसोआ, ब्राजिल

  • क्यालाबार, नाइजेरिया

  • केप कोस्ट, घाना

  • लुआन्डा, अङ्गोला

  • मबुजी-मायी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो

  • लाओग, फिलिपिन्स

  • ओसाका, जापान

  • काहुलुई, माउई, हवाई

  • फेयरब्याङ्क्स, अलास्का

  • भ्यानकुभर, वासिङ्टन

  • कोलोराडो स्प्रिङ्स, कोलोराडो

  • तुल्सा, ओक्लाहोमा

  • रोआनोक, भर्जिनिया

  • उलानबाटार, मङ्गोलिया

हामीलाई सेलेस्टियल सोच राख्न सहयोग गर्नका लागि यी मन्दिरहरू निर्माण गर्न परमप्रभुले हामीलाई निर्देशन दिनुभएको छ । परमेश्वर जीवित हुनुहुन्छ । येशू नै ख्रीष्ट हुनुहुन्छ । उहाँको चर्चलाई परमेश्वरका सबै सन्ततिहरूलाई आशीर्वाद दिनका लागि पुनर्स्थापित गरिएको छ । म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस् यूहन्ना ६:३८

  2. अल्मा ७:११

  3. हेर्नुहोस् अल्मा ७:१२

  4. सिद्धान्त र करार १९:१८

  5. २ नफी ९:४०

  6. २ नफी २८:७

  7. हाम्रो मृत्यु र पुनरुत्थान हुने समयको बीचमा अर्को संसारमा पश्चात्ताप गर्नु भन्दा हाम्रो आत्मा हाम्रो शरीरसँग एकतावद्ध हुँदा यही संसारमा पश्चात्ताप गर्न र आध्यात्मिक रूपमा प्रगति गर्न सजिलो हुन सक्छ । अमुलेकले धर्मविमुखी जोरामीहरूलाई सिकाए जस्तै “यो जीवन … परमेश्वरलाई भेट्नका लागि तयार हुने समय हो “ ( अल्मा ३४:३२-३५हेर्नुहोस्) ।

  8. २ नफी ९:३७

  9. हेर्नुहोस् मोसीयाह ४:३०, जहाँ राजा बेन्यामिनले आफ्ना जनहरूलाई सल्लाह दिनुहुन्छ: “यदि तिमीहरू आफू स्वयम्लाई, आफ्ना विचारहरूलाई, आफ्ना वचनहरू र आफ्ना कार्यहरूको अवलोकन गर्दैनौ र परमेश्वरका आज्ञाहरू पालना गर्दैनौ र आस्थामा निरन्तरता दिँदैनौ भने, तिमीहरू …, नष्ट हुनै पर्छ ।”

  10. सिद्धान्त र करार १३२:७; जोड दिएर थपिएको ।

  11. निश्चय नै, तपाईंहरूको छनोटको स्वतन्त्रताले छनोटको अर्कोको स्वतन्त्रता र सहायक परिणामहरूलाई अवहेलना गर्न सक्दैन । म मेरा आमाबाबुसँग बाँधिनका लागि आतुर थिएँ । यद्यपि, उहाँहरू ८० वर्षभन्दा पनि बढी उमेरका भएपछि उहाँहरू ले अभिदान गर्ने छनोट नगरेसम्म मैले प्रतिक्षा गर्नु परेको थियो। त्यसपछि उहाँहरू श्रीमान् र श्रीमतीका रूपमा बाँधिनु भएको थियो र हामी सन्ततिहरू उहाँहरूसँग बाँधिएका थियौँ ।

  12. अनन्त जीवनको उपहार मुक्तिदाता येशू ख्रीष्टको योग्यता, दया र अनुग्रहबाट मात्र सम्भव छ भनेर धर्मशास्त्रहरूले निरन्तर रूपमा प्रमाणित गर्छन् (हेर्नुहोस्, उदाहरणका लागि, मोरोनी ७:४१; २ नफी २:६–८, २७पनि हेर्नुहोस्) ।

  13. हेर्नुहोस् २ नफी ९:१८

  14. हेर्नुहोस् सिद्धान्त र करार १२२:७

  15. सिद्धान्त र करार १२१:८

  16. हेर्नुहोस् यशैया १:१६-१८; सिद्धान्त र करार ५८:४२-४३

  17. १ तिमोथी ४:१। अर्को पदले निरन्तरता दिन्छ, “पाखण्डीपनामा झूट बोल्दै ; तिनीहरूको अन्तस्करणलाई तातो फलामले डामेर” (पद २) । पावलले यो पनि घोषणा गर्नुभयो कि “ख्रीष्ट येशूमा धर्मपरायणतापूर्वक जीवन जीवन यापन गर्ने सबैले सतावट सहनु पर्ने छ” (२ तिमोथी ३:१२) ।

  18. २ नफी ३२:५; जोड दिएर थपिएको । यदि हामीले सोध्यौँ भने, हामीले “प्रकाशमाथि प्रकाश, ज्ञानमाथि ज्ञान प्राप्त गर्न सक्छौँ” (सिद्धान्त र करार ४२:६१) ।

  19. हेर्नुहोस् रसल एम्. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” लियाहोना, मे २०१८, ९६ ।

  20. यसको तात्पर्य कारण र प्रभावको सम्बन्धलाई सङ्केत गर्नु होइन । दशांश नतिर्नेहरू कोहीले व्यावसायिक अवसरहरू प्राप्त गर्छन्, जबकि दशांश तिर्नेहरू केहीले प्राप्त गर्दैनन् । प्रतिज्ञा भनेको दशांश दिनेलाई स्वर्गका झ्यालहरू खोलिने छ । आशीर्वादको प्रकृति फरक हुने छ ।