पुस्तिकाहरू र बोलावटहरू
४. येशू ख्रीष्टको चर्चमा नेतृत्व र परिषद्हरू


“४. येशू ख्रीष्टको चर्चमा नेतृत्व र परिषद्हरू साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“४. येशू ख्रीष्टको चर्चमा नेतृत्व र परिषद्हरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
वार्ड परिषद् वैठक

४.

येशू ख्रीष्टको चर्चमा नेतृत्व र परिषद्हरू

४.०

परिचय

चर्चका अगुवाका रूपमा, तपाईंलाई प्रेरणाद्वारा परमप्रभुका आधिकारिक सेवकहरूका माध्यमबाट बोलावट गरिएको हो । तपाईंसँग स्वर्गका पिताले पादरित्वद्वारा, “मानिसको अमरता र अनन्त जीवनमा ल्याउने” कार्यमा सहयोग गर्ने सुअवसर छ” (मोसा १:३९) ।

४.२

चर्चमा नेतृत्वका सिद्धान्तहरू

आफ्नो भौतिक सेवाका क्रममा, मुक्तिदाताले आफ्नो चर्चका लागि नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँको केन्द्रीय उद्देश्य उहाँका स्वर्गका पिताको चाहना पूरा गर्नु र अरूहरूलाई उहाँको सुसमाचार बुझ्न र जिउन सहयोग गर्नु थियो (हेर्नुहोस् यूहन्ना ५:३०; मोसीयाह १५:७) ।

तपाईंलाई सिक्न र तपाईंको बोलावटका कर्तव्यहरू पूरा गर्न सहयोग गर्नका लागि परमप्रभुको मार्गदर्शन खोज्नुहोस् ।

४.२.१

आध्यात्मिक रूपमा तयारी गर्नुहोस्

येशूले आफ्नो भौतिक उद्देश्यका लागि आत्मिक रूपमा आफूलाई तयार पार्नुभयो (हेर्नुहोस् लूका ४:१-२) । तपाईं पनि त्यसरी नै प्रार्थना, धर्मशास्त्र अध्ययन र उहाँका आज्ञाहरूको पालनाद्वारा स्वर्गमा हुनुहुने पितासँग नजिक भएर आध्यात्मिक रूपमा तयार हुनुहोस् ।

तपाईंले नेतृत्व गर्नेहरूका आवश्यकताहरू र परमेश्वरले तपाईंलाई बोलावट गर्नुभएको कार्य कसरी पूरा गर्ने भनेर बुझ्न प्रकाश खोज्नुहोस् ।

परमप्रभुले आत्मिक वरदानहरू तिनीहरूलाई प्रदान गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ जसले त्यसको खोजी गर्दछ (हेर्नुहोस् सिद्धान्त र करार ४६:८) ।

४.२.२

परमेश्वरका सबै सन्ततिहरूलाई सेवा गर्नुहोस्

तपाईंले सेवा गर्ने मानिसहरूलाई येशूले जस्तै प्रेम गर्नुहोस् । उहाँको प्रेमले भरिपूर्ण हुनका लागि “हृदयको सम्पूर्ण शक्तिले” प्रार्थना गर्नुहोस् (मोरोनी ७:४८) ।

व्यक्तिहरूलाई तिनीहरूको परिवर्तनलाई गहन बनाउन र स्वर्गका पिता र येशू ख्रीष्टमा तिनीहरूको आस्था मजबुत बनाउन सहयोग गर्नुहोस् । उनीहरूलाई अर्को विधि प्राप्त गर्दा करारहरू निर्माण गर्नका लागि तयार रहन सहयोग गर्नुहोस् । उनीहरूलाई तिनीहरूले गरेका करारहरू पालना गर्न र पश्चात्तापका आशीर्वादहरू प्राप्त गर्न प्रोत्साहन गर्नुहोस् ।

४.२.३

येशू ख्रीष्टको सुसमाचार सिकाउनुहोस्

सबै अगुवा शिक्षक हुन् । शिक्षकका रूपमा मुक्तिदाताको उदाहरण अनुशरण गर्ने प्रयास गर्नुहोस् (हेर्नुहोस् अध्याय १७; मुक्तिदाताको मार्गमा सिकाउने) । तपाईंका वचन र कार्यहरूद्वारा येशू ख्रीष्टको शिक्षा र उहाँको सुसमाचारका सिद्धान्तहरू सिकाउनुहोस् (हेर्नुहोस् ३ नफी ११:३२-३३; सिद्धान्त र करार ४२:१२-१४) ।

धर्मशास्त्र र पछिल्ला दिनका अगमवक्ताहरूका वचनहरूबाट सिकाउनुहोस् (हेर्नुहोस् सिद्धान्त र करार ५२:९) ।

यदि तपाईंलाई चर्चको सभा वा क्रियाकलापमा अध्यक्षता गर्न बोलावट वा नियुक्त गरिएको छ भने, शिक्षा उपदेशमूलक र सैद्धान्तिक रूपमा सही छ भनेर सुनिश्चित गर्नुहोस् (हेर्नुहोस् सिद्धान्त र करार ५०:२१-२३) ।

४.२.४

धार्मिकतामा अध्यक्षता गर्नुहोस्

अध्यक्षता गर्ने हरेक अधिकारीले पादरित्वका साँचाहरू बहन गर्ने व्यक्तिको निर्देशनमा सेवा गर्छन् (हेर्नुहोस् ३.४.१) । यो संरचनाले परमप्रभुको कार्य गर्नमा उत्तरदायित्व र जवाफदेहिताको रीत र स्पष्ट मार्गरेखाहरू प्रदान गर्छ ।

एक अध्यक्षता गर्ने अधिकारीले अर्को व्यक्तिलाई अध्यक्षता गर्नका लागि अस्थायी रूपमा कार्यभार सुम्पन सक्छन् ।

चर्चका सङ्गठन, सभा वा क्रियाकलापमा अध्यक्षता गर्ने अगुवाले परमप्रभुका उद्देश्यहरू पूरा भएको सुनिश्चित गर्छन् । यसो गर्दा, अगुवाले सुसमाचारका सिद्धान्तहरू, चर्चका नीतिहरू र पवित्र आत्माको निर्देशन अनुशरण गर्छन् ।

अध्यक्षता गर्ने बोलावट वा कार्यभारले यसलाई प्राप्त गर्ने व्यक्तिलाई अरूभन्दा महत्त्वपूर्ण वा मूल्यवान बनाउँदैन (हेर्नुहोस् सिद्धान्त र करार ८४:१०९–१०) ।

परमप्रभुको चर्चका कुनै पनि सङ्गठनमा अध्यक्षता गर्ने आकांक्षा गर्नु उचित हुँदैन (हेर्नुहोस् सिद्धान्त र करार १२१:३४–३७) ।

४.२.५

जिम्मेवारी प्रत्यायोजन गर्नुहोस् र उत्तरदायित्व सुनिश्चित गर्नुहोस्

मुक्तिदाताले आफ्ना अनुयायीहरूलाई अर्थपूर्ण कार्यभारहरू र उत्तरदायित्वहरू दिनुभयो (हेर्नुहोस् लूका १०:१) । तिनीहरूलाई दिइएका कार्यका लागि उहाँले तिनीहरूलाई विवरण दिने मौका पनि प्रदान गर्नुभयो (हेर्नुहोस् लूका ९:१०) ।

एक अगुवाका रूपमा, तपाईंले अरूहरूलाई कार्यभारहरू प्रत्यायोजन गरेर उनीहरूलाई उन्नतिका लागि सहयोग गर्न सक्नुहुन्छ । सबै सदस्यहरूलाई परमेश्वरको कार्यमा संलग्न गराउने प्रयास गर्नुहोस् ।

प्रत्यायोजनले तपाईंको सेवालाई पनि अझै प्रभावकारी बनाउने छ । के प्रत्यायोजन गर्ने भन्ने सम्बन्धमा आत्माको निर्देशन खोज्नुहोस् ताकि तपाईंले आफ्ना उच्च प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ ।

४.२.६

अरूहरूलाई अगुवा र शिक्षक बन्न तयार पार्नुहोस्

चर्चका बोलावट वा कार्यभारहरूमा कसले सेवा गर्न सक्छ भनेर मनन गर्दा, प्रार्थना गर्नुहोस् । स्मरण गर्नुहोस् कि परमप्रभुले बोलावट गर्नुहुनेहरूलाई योग्य बनाउनुहुने छ । सबैभन्दा महत्त्वपूर्ण विषय के हो भने तिनीहरू सेवा गर्न इच्छुक छन्, विनम्रतापूर्वक परमप्रभुको सहयोग खोज्नेछन् र योग्य हुन प्रयासरत छन् ।

४.२.७

स्पष्ट उद्देश्यहरूका साथ सभाहरू, पाठहरू र क्रियाकलापहरूको योजना बनाउनुहोस्

सभाहरू, पाठहरू र स्पष्ट उद्देश्यहरू भएका क्रियाकिलापहरूको योजना निर्माणमा आत्माको मार्गदर्शन खोज्नुहोस् । यी उद्देश्यहरूले व्यक्ति र परिवारलाई मजबुत बनाउनु पर्छ, तिनीहरूलाई ख्रीष्टको नजिक ल्याउनु पर्छ र परमेश्वरको मुक्ति र उत्कर्षको कार्य पूरा गर्न सहयोग गर्नुपर्छ (हेर्नुहोस् अध्याय १) ।

४.२.८

तपाईंका प्रयासहरूलाई मूल्याङ्कन गर्ने

एक अगुवाका रूपमा आफ्नो उत्तरदायित्व र आध्यात्मिक वृद्धिको नियमित रूपमा समीक्षा गर्नुहोस् । तपाईंले नेतृत्व गर्नेहरूको वृद्धिलाई पनि विचार गर्नुहोस् ।

एक अगुवाका रूपमा तपाईंको सफलता मुख्यतया परमेश्वरका छोराछोरीहरूलाई येशू ख्रीष्टको विश्वासी अनुयायी बन्न सहयोग गर्ने तपाईंको प्रतिवद्धताबाट मापन गरिन्छ । जब तपाईंले आत्माले तपाईंमार्फत कार्य गरिरहेको महसुस गर्नुहुन्छ तपाईं बुझ्न सक्नुहुन्छ कि परमप्रभु तपाईंका प्रयासहरूमा प्रसन्न हुनुहुन्छ ।

४.३

चर्चमा परिषदहरू

परमप्रभुले उहाँको चर्चका अगुवाहरूलाई उहाँको कार्य गर्न सँगै सल्लाह गर्न निर्देशन दिनुभएको छ (हेर्नुहोस् सिद्धान्त र करार ४१:२–३) । तिनीहरूले परमेश्वरका सन्ततिहरूका आवश्यकताहरू बुझ्न र तिनीहरूलाई कसरी पूरा गर्न सहयोग गर्ने भनेर योजना बनाउँदा परिषद्हरूले परिषद्का सदस्यहरूलाई प्रकाश प्राप्त गर्ने अवसरहरू प्रदान गर्छन् ।

४.४

प्रभावकारी परिषद्का सिद्धान्तहरू

४.४.१

परिषद्का उद्देश्यहरू

परिषद्हरूले सदस्यहरूलाई विधिहरू प्राप्त गर्न र सम्बन्धित करारहरू पालना गर्न सहयोग गर्न विशेष जोड दिन्छन् ।

४.४.२

परिषद् सभाका लागि तयारी

अध्यक्ष र परिषद्हरूलाई नियमित रूपमा भेट गर्न अपेक्षा गरिएको छ । यी अगुवाहरूले परिषद् सभाहरूको योजना बनाउने सन्दर्भमा परमप्रभुको निर्देशन खोज्छन् । तिनीहरूले के छलफल गर्ने भनेर निर्णय लिने सन्दर्भमा परिषद्का सदस्यहरूबाट पनि सल्लाहसुझाव खोज्छन् ।

अगुवाहरूले परिषद्का सदस्यहरूलाई छलफलका लागि अग्रिम जानकारी गराउँछन् । परिषद्का सदस्यहरूले यी विषयहरूका सम्बन्धमा अन्तर्दृष्टि बाँढ्न तयारी गर्छन् ।

४.४.३

छलफल र निर्णयहरू

परिषद्का सभाको समयमा अगुवाले (वा अगुवाले नियुक्त गरेको व्यक्ति) ले विचाराधीन विषयको व्याख्या गर्छन् । अगुवाले त्यसपछि परिषद्का सबै सदस्यहरू बीच छलफल गर्न, प्रश्नहरू सोध्न र विचारहरू खोज्न प्रोत्साहित गर्छन् ।

सदस्यहरूले सुझावहरू बाँढ्छन् र एक अर्कालाई सम्मानपूर्वक सुन्छन् । जब तिनीहरूले परमप्रभुको चाहना बुझ्न खोज्छन्, प्रेरणा र एकताको भावना प्रबल हुन सक्छ ।

महिला र पुरुष सम्मिलित परिषदमा अगुवाले दुबैबाट अन्तर्दृष्टि र विचार खोज्छन् । महिला र पुरुषहरूसँग प्रायः फरक दृष्टिकोण हुन्छन् जसले आवश्यक सन्तुलन प्रदान गर्छन् ।

कुनै एक अगुवाले परिषद्को छलफललाई मार्गदर्शन गर्छन् । यद्यपि, ऊ वा उनले कुरा गर्नु भन्दा बढी सुन्नु पर्छ ।

छलफल पछि, अगुवाले या त कार्यका क्रममा निर्णय गर्न सक्छन् वा थप जानकारी र मार्गदर्शन खोज्दा निर्णय स्थगित गर्न सक्छन् ।

४.४.४

एकता

परिषद्का सदस्यहरू स्वर्गका पिता र येशू ख्रीष्टसँग चाहना र उद्देश्यमा एक हुन खोज्छन् । तिनीहरू आफ्ना छलफल र निर्णयमा एकताका लागि प्रयास गर्छन् ।

४.४.५

कार्य र जवाफदेहिता

परिषद्का सदस्यहरूले सभापूर्व र पश्चात्ताप आफ्नो अधिकांश कार्य गर्छन् । सभाहरूमा, तिनीहरूले निर्णयहरू कार्यान्वयन गर्न योजनाहरूको विकास गर्न प्रेरणा खोज्छन् । परिषद्का अगुवाले सदस्यहरूलाई यी योजनाहरूसँग सम्बन्धित कार्यहरू पूरा गर्न आमन्त्रण गर्छन् ।

परिषद्का सदस्यहरूले आफ्ना कार्यभारमा प्रतिवेदन दिन्छन् । प्रगतिका लागि सामान्यतया निरन्तर ध्यान र अनुगमनका कार्यहरू आवश्यक हुन्छ ।

४.४.६

गोप्यता

परिषद्सँग व्यक्तिगत जानकारी बाँढ्दा अगुवाहरूले विवेक प्रयोग गर्छन् । सामान्यतया तिनीहरूले यो जानकारी बाँढ्न सदस्यको अनुमति खोज्छन् ।

परिषद्का सदस्यहरूले परिषदबाट कार्य पूरा गर्न आवश्यक नभएसम्म परिषद बाहिर व्यक्तिगत जानकारी बाँढ्नु हुँदैन ।

कतिपय विषयहरू पूरै परिषदमा ल्याउन नसकिने गरी अति नै संवेदनशील हुन्छन् ।