साधारण सम्मेलन
मानिसको प्रशंसा
अक्टोबर २०२३ को साधारण सम्मेलन


मानिसको प्रशंसा

हामीले जानकारी प्राप्त गरेका सबै बिषय जान्न पाउँदा हामी कत्ति धेरै धन्य छौँ किनभने हामीसँग समयको यो अन्तिम युगको अगमवक्ता जोसेफ स्मिथ हुनुहुन्छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज बिहान तपाईंहरूसँग हुन पाउँदा म सम्मानित भएको छु । म प्रार्थना गर्छु कि परमप्रभुले मलाई आशीर्वाद दिनुहुन्छ ।

मेरा आँखा त्यस्ता छैनन् जस्ता तिनीहरू हुने गर्थे । मैले गएर आँखाको डाक्टरलाई देखाएँ र मैले भने, “म टेलिप्रम्प्टर देख्न सक्दिन ।”

अनि उहाँले भन्नुभयो, “तपाईंका आँखा कमजोर भइसके । तिनीहरूमा सुधार हुने छैन ।”

त्यसैले म मैले सक्ने उत्तम गर्ने छु ।

मेरो मनमा रहेका केही बिषयहरू म तपाईंहरू सँग बाँढ्न चाहन्छु । मैले मेरो दिमागमा अगमवक्ता जोसेफलाई पछिल्ला केही महिनाहरू देखेको छु। पछिल्ला केही महिनाहरूमा अगमवक्ता जोसेफ मेरो मस्तिष्कमा रहिरहनु भएको मैले महसुस गरेको छु । म बसेर यसको अगमवक्ता बन्नको लागि उहाँको गौरवपूर्ण जिम्मेवारी, समयको पूर्णताको समयावधिमा अगमव्यक्त बन्नका लागि उहाँको गौरवपूर्ण जिम्मेवारीलाई मैले चिन्तन गरेको छु

म महसुस गर्छु कि एक बालक जसले आफ्ना पापहरू क्षमा प्राप्त गर्न के गर्नु पर्छ भनेर बुझ्न चाहना राख्नु भयो, पाल्माइरा, न्यूयोर्कमा उहाँको घर नजिकै, रूखहरूको बगैँचामा जाने साहस प्राप्त गर्नु भयो र त्यहाँ प्रार्थनामा घुँडा टेक्नुभयो र—उहाँकै कथनमा—प्रथम पटक ठूलो स्वरमा प्रार्थना गर्नुहुने जोसेफ स्मिथ प्रति पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्यहरूका रूपमा हामी धेरै कृतज्ञ छौँ (हेर्नुहोस् जोसेफ स्मिथ - इतिहास १:१४) ।

त्यस अवसरमा, हामीले पवित्र उपवन भन्ने स्थानमा जोसेफले आफ्ना घुँडाहरू टेक्दा स्वर्ग खुल्यो । मध्यान्हको सूर्यभन्दा पनि चम्किलो दुई व्यक्ति उहाँसामु प्रकट हुनु भयो । एकजनाले उहाँसँग बोल्नुभयो र भन्नुभयो, “[जोसेफ,] यी मेरो प्रिय पुत्र हुन् । उहाँलाई सुन!” (जोसेफ स्मिथको—इतिहास १:१७) । यसरी येशू ख्रीष्टको अनन्त सुसमाचारको पूर्णताको पुनर्स्थापना आरम्भ भयो ।

हाम्रा मुक्तिदाता र उद्धारकर्ता येशूले बालक जोसेफसँग बोल्नुभयो र हामी अहिले जिइरहेको युगको समय खुल्ला गरिदिनुभयो, हामी गाउँछौँ, “यहोवासँग वार्तालाप गर्ने मानिसको प्रशंसा गरौँ!” (“Praise to the Man,” भजन, नं. २७) । हामी जोसेफ स्मिथका लागि र १८२० मा पाल्माइरा, न्यूयोर्कमा उहाँको घर नजिकैको रूखहरूको बगैँचामा जाने उहाँको साहसका लागि परमप्रभुलाई धन्यवाद दिन्छौँ ।

हामीले जानकारी प्राप्त गरेका सबै अद्भुत विषयहरू र हामीसँग भएका सबै बिषयहरूका सम्बन्धमा मैले मनन गरिरहेको छु । मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज बिहान तपाईंहरूलाई मेरो गवाही यो छ कि समयको यो अन्तिम युगका अगमवक्ता जोसेफ स्मिथ भएका कारण हामीले जानकारी प्राप्त गरेका सबै बिषयहरू प्राप्त गर्दा हामी कत्ति धेरै धन्य छौँ ।

हामी को हौँ, जीवनको उद्देश्यका सम्बन्धमा हाम्रो बुझाइ छ ।

हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर थाहा छ; हामीलाई मुक्तिदाता को हो भनेर थाहा छ, किनभने हामीसँग जोसेफ हुनुहुन्छ, जो एक बालकका रूपमा वास्तवमा नै आफ्ना पापहरूको क्षमापन खोज्दै रूखहरूको बगैँचामा जानुभयो ।

म महसुस गर्छु कि यो सबैभन्दा महिमित र अद्भुत बिषयहरू मध्येको एक हो जुन यस संसारमा कुनै पनि व्यक्तिले बुझ्न सक्छ, कि स्वर्गका हाम्रा पिता र परमप्रभु येशू ख्रीष्टले यस पछिल्ला दिनमा आफूस्वयम् लाई प्रकट गर्नुभएको छ र येशू ख्रीष्टको अनन्त सुसमाचारको पूर्णतालाई पुनर्स्थापित गर्नका लागि जोसेफलाई प्रस्तुत गरिएको छ ।

हामी सँग मोर्मोनको पुस्तक छ । चर्चको सदस्यताका लागि मोर्मोनको पुस्तक कस्तो अद्भुत र आश्चर्यपूर्ण छ । यो अर्को गवाही हो, येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने अर्को करार हो । हामीसँग यो छ किनभने जोसेफ पाताहरू लिनका लागि योग्य हुनुहुन्थ्यो, परमेश्वरको उपहार र शक्तिद्वारा अनुवाद गर्न र संसारलाई पुस्तक दिन स्वर्गबाट प्रेरित हुनुहुन्थ्यो ।

यद्यपि आज बिहानको मेरो सन्देश सरल भएपनि, यो गहन छ र यो अगमवक्ता जोसेफ स्मिथ र उहाँहरू सबै, मेरा दाजुभाइ र दिदीबहिनीहरूका लागि प्रेमले भरिपूर्ण छ, जसले उहाँलाई समर्थन भएको छ र उहाँको युवावस्थामा उहाँलाई समर्थन गर्न इच्छुक हुनुहुन्थ्यो ।

म आज बिहान उहाँकी आमालाई सम्मान व्यक्त गर्न चाहन्छु । मैले सदैव मनन गरेको छु कि यो कति आश्चर्यजनक थियो कि जब जोसेफ पवित्र उपवनमा त्यो अनुभव प्राप्त गरेर आउनुभयो र आफ्नी आमालाई के भएको थियो भनेर बताउनुभयो, लुसी म्याक स्मिथले उहाँलाई विश्वास गर्नुभयो ।

म उहाँका बुबा र उहाँका दाजुभाइहरू र उहाँका दिदीबहिनीहरू र उहाँको परिवारका प्रति आभारी छु, जसले उहाँलाई पृथ्वीमा येशू ख्रीष्टको अनन्त सुसमाचारको पूर्णता पुनर्स्थापित् गर्नका लागि अगमवक्ता बन्न परमप्रभुले उहाँलाई दिनुभएको यो महान् उत्तरदायित्वलाई समर्थन गर्नुभयो ।

त्यसैले येशू ख्रीष्ट संसारको मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर मलाई थाहा छ भन्ने आज बिहान मेरो गवाही हो । मलाई यो पनि थाहा छ कि स्वर्गका हाम्रा पिता र परमप्रभु येशू ख्रीष्ट प्रकट हुनुभयो र जोसेफसँग बोल्नुभयो र उहाँलाई अगमवक्ता बन्न तयार पार्नुभयो ।

म आश्चर्यचिकित छु र म निश्चित छु कि तपाईंहरू मध्ये अधिकांश पनि आश्चर्यचिकित हुनुहुन्छ जीवनमा हाम्रो उद्देश्य का सम्बन्धमा हामीलाई के थाहा छ, हामी किन यहाँ छौँ, हामीले हाम्रो दैनिक जीवनमा के गर्न र पूरा गर्न कोशिस गर्नु पर्छ भनेर बुझ्न पाउँदा हामी कत्ति धन्य छौँ । हामी आफूस्वयम्लाई तयार पार्ने प्रयासमा छौँ, एक दिनमा एक पटक, थोरै बढी असल बन्न, थोरै बढी दयालु बन्नु, त्यस दिनका लागि अझै बढी तयार हुनु, जुन निश्चय नै आउने छ, जब हामी पुन: स्वर्गका हाम्रा पिता र परमप्रभु येशू ख्रीष्टको उपस्थितिमा फर्कन्छौँ ।

त्यो मेरा लागि अझै नजिक हुँदैछ । म छिट्टै ९५ वर्षको हुने छु । मेरा छोराछोरीहरूलाई म यो भन्दा पनि अझै वृद्ध छु भनेर महसुस हुन्छ भनेर तिनीहरूले मलाई बताउँछन् । मैले सक्ने सबैभन्दा उत्तम मैले गरिरहेको छु ।

परन्तु दाजुभाइ दिदीबहिनीहरू, ५० वर्ष देखि मैले चर्चको सामान्य अधिकारीका रूपमा मेरो कार्यभारमा संसारभरी यात्रा गर्ने सुअवसर प्राप्त गरेको छु । यो एक अद्भुत आशीर्वाद भएको छ । म प्रायश: संसारका सबै भागहरूको धेरै नजिक पुगेको छु भनेर मलाई महसुस हुन्छ । मैले चर्चका संसारभरीका सदस्यहरूसँग भेट गरेको छु ।

ओह, म तपाईंहरूलाई कति प्रेम गर्छु । तपाईंहरूको मुहारमा हेर्नु, तपाईंहरूको उपस्थितिमा हुनु र परमप्रभुका लागि र येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनाका लागि तपाईंहरूको प्रेम महसुस गर्नु—कस्तो महिमित अनुभव भएको छ ।

हाम्रा स्वर्गका पिताले अब हामीलाई हेरचाह गर्नुहोस् र सम्मेलनका सबै कार्यभाहरूलाई आशीर्वाद दिनुहोस् । अनि साधारण सम्मेलनमा हाम्रो सहभागिताको परिणामका रूपमा येशू ख्रीष्टको सुसमाचारका लागि हाम्रो प्रेम—हाम्रा प्रिय मुक्तिदाता, परमप्रभु येशू ख्रीष्ट —उहाँको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्न र उहाँ जस्तै बन्न प्रयास गर्दा हामीहरूले हाम्रा हृदयहरूमा परमप्रभुको आत्मा अझै राम्रोसँग प्राप्त गर्न सकौँ । तपाईंहरू यस संसारमा जहाँ भए तापनि, परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिनुहोस् । परमप्रभुको आत्मा हाम्रो साथमा रहिरहोस् । सम्मेलनको यस सत्रमा सँगै आराधना गर्दा हामीले स्वर्गको शक्ति महसुस गरौँ ।

येशू ख्रीष्ट हुनुहुन्छ भनेर मलाई थाहा छ भनी म तपाईंहरूलाई मेरो प्रमाण र गवाही दिन्छु । उहाँ हाम्रा मुक्तिदाता र हाम्रा उद्धारकर्ता हुनुहुन्छ । उहाँ हाम्रा सबै भन्दा असल मित्र हुनुहुन्छ । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।