साधारण सम्मेलन
ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू बन्नुहोस्
अक्टोबर २०२३ को साधारण सम्मेलन


ख्रीष्टका शान्तिपूर्ण अनुयायीहरू बन्नुहोस्

म गवाही दिन्छु कि “ख्रीष्टका शान्तिप्रिय अनुयायीहरूले” यस जीवनमा व्यक्तिगत शान्ति र गौरवमय स्वर्गको पुनर्मिलन प्राप्त गर्ने छन् ।

हामी यस्तो समयमा जिइरहेका छौँ जब “ख्रीष्टका शान्तिप्रिय अनुयायीहरूले” अनौठा चुनौतीहरू अनुभव गर्नुहुन्छ । येशू ख्रीष्टमा विश्वास गर्ने, विनम्र भई आराधना गर्ने र प्रमाणित गर्नेहरूले सदैव परीक्षाहरू, महासङ्कष्ट र कठिनाइहरूको सामना गर्नुभएको छ । मेरी श्रीमती मेरी र म यस विषयमा अलग छैनौँ । पछिल्ला केही वर्षहरूमा हामीले हाम्रा नजिकका माध्यमिक विद्यालयका धेरै मित्रहरू र सुसमाचार प्रचारक मित्रहरू, उहाँहरू मध्येका केही अमूल्य पत्नीहरू र पूर्व कामका सहयोगीहरूको मृत्यु भएको वा अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभएको जस्तै, पर्दाको अर्को तर्फ गई प्रगति भएको देखेका छौँ । हामीले आस्था र विश्वासमा हुर्केका केहीलाई करारको मार्गबाट टाढा भएको देख्यौँ ।

दुःखको कुरा, हामीले २३ वर्षका एक नाति गुमायौँ जसको एक दुःखद मोटरगाडी दुर्घटनामा मृत्यु भयो । केही प्रिय मित्रहरू, परिवारका सदस्यहरू र सहकर्मीहरूले पनि महत्त्वपूर्ण स्वास्थ्य चुनौतीहरू सहनु भएको छ ।

जहिले पनि परीक्षाहरू आउँदा, हामी शोक गर्छौं र एकअर्काको बोझ बोक्ने प्रयास गर्छौं । हामी पूरा नहुने चीजहरू र नगाइने गीतहरूको विलाप गर्छौं । यो मरणशील यात्रामा असल मानिसहरूलाई नराम्रा चीजहरू हुन्छन् । मावी, हवाई, दक्षिणी चिले र पूर्वी क्यानडामा विनाशकारी आगोहरू भयानक घटनाहरूका उदाहरण हुन् जुन असल मानिसहरूले कहिलेकाहीँ सामना गर्छन् ।

हामी बहुमूल्य मोतिमा पढ्छौँ कि परमप्रभुले अब्राहमलाई आत्माहरूको अनन्त प्रकृतिका बारेमा प्रकट गर्नुभयो । अब्राहामले हाम्रो पूर्व-नश्वर जीवन, पूर्व नियुक्ति, सृष्टि, उद्धारकर्ताको छनोट र यो मरणशील जीवन, जुन मानिसको दोस्रो स्थिति हो भनेर सिके । उद्धारकर्ताले घोषणा गर्नुभयो:

उहाँहरूले एउटा पृथ्वीको निर्माण गर्नुहुने छ जसमा तिनीहरू बस्न सक्ने छन्;

“अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरले आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूले गर्छन् कि गर्दैनन् भनी तिनीहरूले यसो गरेर प्रमाणित गर्ने छन्।”

अब यहाँ हामी सबै परमेश्वरको उत्कर्षको महान् योजनाको अंशका रूपमा महिमाको अधिराज्यतर्फको हाम्रो प्रगतिको यात्राको दोस्रो स्थितिमा छौँ । हामीलाई छनोटको स्वतन्त्रको आशीष् छ र मरणशीलताको परीक्षाहरू पार गर्नु पर्छ । यो परमेश्वरलाई भेट्नका लागि हाम्रा लागि निर्धारित गरिएको समय हो । हामी येशू ख्रीष्ट र यो योजनामा उहाँको भूमिकाका सम्बन्धमा बुझ्न पाउँदा धन्य छौँ । हामीले उहाँको पुनर्स्थापित चर्च—पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्य बन्ने सुअवसर प्राप्त गरेका छौँ । ख्रीष्टका शान्तिप्रिय अनुयायीहरूका रूपमा, हामी उहाँका आज्ञाहरूअनुरुप जिउने प्रयास गर्छौं । उहाँका अनुयायीहरूका लागि यो कहिल्यै सजिलो भएको छैन । न त मुक्तिदाताका लागि आफ्नो मरणशील उद्देश्यलाई आस्थापूर्वक पूरा गर्न सजिलो थियो ।

धर्मशास्त्रहरू स्पष्ट छन्: धेरै “खाओ, पिओ र रमाओ, भोलि हामी मर्ने छौँ” भन्ने दृष्टिकोणका शिकार हुने छन् । अन्य अविश्वासीहरू अलग्गिएका समूहहरूतर्फ हट्छन् जो “अर्को नयाँ आविष्कार” र मानिसहरूको दर्शनको वकालत गर्ने समान विचारधाराका सहभागीहरू हुन् ।१० सत्य कहाँ पत्ता लगाउने भनेर उनीहरूलाई जानकारी छैन ।११

ख्रीष्टका शान्तिप्रिय अनुयायीहरूले यी कुनै पनि तरिकाहरूको अनुशरण गर्दैनन् । हामी आफू बस्ने समुदायका मैत्रीपूर्ण, सक्रिय सदस्यहरू हौँ । हामी परमेश्वरका सबै सन्ततिहरूलाई प्रेम गर्छौं, ख्रीष्टका शिक्षाहरू बाँढ्छौँ र पालना गर्न आमन्त्रण गर्छौं ।१२ हामी हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष नेल्सनको सल्लाह पालना गर्छौं; हामी अहिले र सदैव शान्ति स्थापना गर्नेको भूमिका रोज्छौँ ।१३ यो प्रेरित दृष्टिकोण दुबै धर्मशास्त्र र अगमवक्ताले गर्ने निर्देशन अनुरूप निरन्तर रहन्छ ।

सन् १८२९ मा पुनर्स्थापित् चर्च अझै सङ्गठित भएको थिएन, न त मोर्मोनको पुस्तक नै प्रकाशित भएको थियो । सङ्घर्षरत मानिसहरूको एउटा सानो समूहले, परमेश्वरको आत्माद्वारा प्रेरित भएर अगमवक्ता जोसेफ स्मिथलाई अनुशरण गरे । कठिन समयका लागि परमप्रभुले जोसेफलाई सल्लाह दिनुभयो: “नडराऊ, सानो बगाल; राम्रो गर; पृथ्वी र नरक तिमीहरूका विरुद्धमा एकजुट हुन देऊ, किनकि यदि तिमीहरू मेरो चट्टानमा बनेका छौ भने तिनीहरू विजयी हुन सक्दैनन् ।”१४ उहाँले तिनीहरूलाई पनि सल्लाह दिनुभयो:

“हरेक विचारमा मतर्फ हेर; शङ्का नगर, नडराऊ

“आस्थावान् बन, मेरा आज्ञाहरू पालना गर र तिमीहरूले स्वर्गको राज्य उत्तराधिकारका रुपमा प्राप्त गर्ने छौ ।”१५

स्पष्ट छ, हामीहरूले विपत्तिको सामना गर्दा हाम्रो स्वर्गको भाग्यमा परिवर्तन हुँदैन । हिब्रूहरूमा, हामीलाई सल्लाह दिइएको छ “अनुग्रहको सिंहासनमा साहसी भई आउनुहोस्, ताकि हामीले कृपा प्राप्त गर्न र आवश्यकताको समयमा सहयोग गर्नका लागि अनुग्रह प्राप्त गर्न सक्छौँ ।”१६ येशू ख्रीष्ट “अनन्त मुक्तिका लेखक” हुनुहुन्छ ।१७

मोर्मोनका छोरा मोरोनीले प्रशंसा गर्दै उद्धृत गरेका, “ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू … मानिसका छोराछोरीहरूसँगको तिमीहरूको शान्तप्रिय हिँडाइका कारण ।” भन्ने शब्दहरू मलाई मनपर्छ १८

ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू, बन्न प्रयास गर्ने चर्चमा हामीहरूका लागि, हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टमा ध्यान केन्द्रित गर्दा उज्जवल दिनले हामीलाई प्रतिक्षा गरिरहेको हुन्छ । परीक्षणहरू मरणशीलताका एक अंश हुन् र संसारभरि सबैको जीवनमा आउँछ । यसले देश र व्यक्तिहरू बीचका प्रमुख द्वन्द्वहरू समावेश गर्छ ।

चर्चका अगुवाहरूलाई बारम्बार सोधिन्छ, “एक न्यायी परमेश्वरले विशेष गरी असल मानिसहरूलाई खराब चीजहरू हुन किन अनुमति दिनुहुन्छ?” र “धर्मी र परमप्रभुको सेवामा समर्पित भएकाहरू किन त्यस्ता विपत्तिहरूबाट मुक्त छैनन्?”

हामीलाई सबै उत्तरहरूको जानकारी छैन; यद्यपि, हामीलाई महत्त्वपूर्ण सिद्धान्तहरू थाहा छ जसले हामीलाई परीक्षाहरू, महासङ्कष्टहरू र विपत्तिहरूलाई आस्था र विश्वासका साथ सामना गर्न अनुमति दिन्छन् जुन उज्ज्वल भविष्यमा हामी प्रत्येकका लागि प्रतिक्षारत छन् । अगमवक्ता जोसेफ स्मिथ लिबर्टी जेलमा कैदी हुनुहुँदा उहाँलाई परमप्रभुको वचन भन्दा महासङ्कष्ट पार गर्ने सन्दर्भमा धर्मशास्त्रमा कुनैपनि उत्तम उदाहरण छैन ।

परमप्रभुले आंशिक रूपमा घोषणा गर्नुभयो:

“यदि नरकले तिम्रा विरुद्ध मुख फराकिलो खोल्छ भने, तिमीले बुझ्नु, मेरा छोरा, कि यी सबै विषयहरूले तिमीलाई अनुभव दिने छन् र तिम्रा लाभका लागि हुने छन् ।

“मानिसका पुत्रले ती सबै भन्दा तल अवतरण गरिसक्नु भएको छ । के तिमी उहाँ भन्दा अझ महान् छौ र?

“… नडराऊ मानिसले के गर्न सक्छ, किनकि परमेश्वर सदा र सदासर्वदा तिमीसँग हुनुहुने छ ।१९

यो स्पष्ट छ, हाम्रो साथमा स्वर्गका पिता हुनुहुन्छ जसले हामीलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ र हाम्रो पीडालाई पूर्ण रूपमा बुझ्नुहुन्छ । उहाँका पुत्र, येशू ख्रीष्ट, हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ ।

अध्यक्ष रसल एम्. नेल्सन र अध्यक्ष एम्. रसेल बलार्ड दुबैले मेरो सुसमाचार सिकाउनुहोस्को नयाँ दोस्रो संस्करणको यसको महत्त्वलाई जोड दिनुभयो ।.२० म उनीहरुको उत्साहलाई बाँढ्छु । यो नयाँ संस्करणले पवित्र धर्मशास्त्रलाई प्रवर्द्धन गर्दै, शक्तिशाली रूपमा घोषणा गर्छ:

“उहाँको प्रायश्चितको बलिदानमा, येशू ख्रीष्टले हाम्रा पीडाहरू, कष्टहरू र दुर्बलताहरू आफूमा लिनुभयो । यस कारणले, उहाँले ‘मांशशरीरअनुसार बुझ्न सक्नुहुने छ कि उनीहरूका कमजोरीअनुसार उहाँका जनको कसरी सहायता गर्ने’ (अल्मा ७:१२; पद ११ पनि हेर्नुहोस्) । उहाँले आमन्त्रण गर्नुहुन्छ, मकहाँ आओ र जब हामी सो गर्छौँ उहाँले हामीलाई विश्राम, आशा, सामर्थ्य, दृष्टिकोण र चङ्गाइ दिनुहुन्छ । (मत्ती ११:२८; पद २९-३० पनि हेर्नुहोस्) ।

“जब हामी येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा निर्भर हुन्छौँ, उहाँले हामीलाई हाम्रा परीक्षाहरू, रोगहरू र पीडाहरू सहन सहयोग गर्न सक्नुहुन्छ । हामी प्रसन्नता, शान्ति र सान्त्वनाले भरीपूर्ण हुन सक्छौँ । “जीवनका सम्बन्धमा ती सबै जुन अनुचित छन्, तिनीहरू येशू ख्रीष्टको प्रायश्चित्तद्वारा उचित बनाउन सकिन्छ ।”२१

हामी प्रसन्नताका साथ ख्रीष्टको शान्तिप्रिय अनुयायी बन्न सक्छौँ ।

हाम्रा पिताको आफ्ना सन्ततिहरूका लागि खुशीको योजनामा यस जीवनपूर्वको जीवन र मरणशील जीवनलाई मात्र समावेश गर्दैन तर अनन्त जीवनका लागि सम्भाव्यता पनि समावेश गर्छ, जसमा हामीले गुमाएकाहरूसँग महान् र गौरवपूर्ण पुनर्मिलन पनि समावेश छ । सबै गल्तीहरूलाई सच्याइने छन् र हामी पूर्ण स्पष्टता र दोषरहित दृष्टिकोण र समझका साथ देख्ने छौँ ।

चर्चका अगुवाहरूले यस दृष्टिकोणलाई तीनजनाको अभिनय नाटकका बीचमा जाने व्यक्तिसँग तुलना गरेका छन् ।२२ पिताको योजनाको ज्ञान नभएकाहरूले प्रथम खण्डको नाटक वा यस जीवनपूर्वको जीवनमा के भयो र त्यहाँ स्थापित् उद्देश्यहरूका बारेमा बुझ्दैनन्; न त तिनीहरूले तेस्रो भागको नाटकमा आउने स्पष्टीकरण र सङकल्पलाई नै बुझ्छन्, जुन पिताको योजनाको महिमित परिपूर्ति हो ।

धेरैले कदर गर्दैनन् कि उहाँको प्रिय र विस्तृत योजना अन्तर्गत जो लाभ विहीन देखिन्छन्, तिनीहरू स्वयम् को कुनैपनि गल्ती बिना, अन्ततः प्रभावित हुँदैनन् ।२३

धर्मशास्त्रहरू स्पष्ट छन्: ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू आशीषित हुने छन् जो धर्मी छन्, मुक्तिदातालाई अनुशरण गर्छन् र उहाँका आज्ञाहरू पालना गर्छन् । धर्मीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण धर्मशास्त्रहरू मध्येको एक, जीवनमा तिनीहरूको अवस्थालाई ध्यान नदिई, राजा बेन्यामिनले आफ्ना जनहरूलाई गरेको सम्बोधनको अंश हो । उहाँ प्रतिज्ञा गर्नुहुन्छ कि आस्थापूर्वक आज्ञाहरू पालना गर्नेहरू यस जीवनमा सबै विषयहरूमा आशीषित हुन्छन् र “स्वर्गमा ग्रहण गरिन्छ … [र] कहिल्यै अन्त्य नहुने आनन्दको अवस्थामा परमेश्वरसँग बस्छन् ।” २४

हामी मध्ये अधिकांशले हाम्रो जीवनमा केही विनाशकारी भौतिक र आध्यात्मिक आँधीबेहरीहरू अनुभव गरेका छौँ । उहाँको पुनर्स्थापित चर्चका प्रमुख स्वर्गमा एक प्रिय पिता र उहाँका पुत्र, येशू ख्रीष्टले खतराहरूका सम्बन्धमा हामीलाई सचेत गराउन र हामीलाई तयार पार्न र सुरक्षाका लागि निर्देशन दिन हामीलाई धर्मशास्त्रहरू र अगमवक्ताहरू प्रदान गर्नुभएको छ । केही निर्देशनहरूका लागि तत्कालै कार्य गर्नुपर्ने हुन्छ र केहीले भविष्यमा धेरै वर्षसम्मका लागि सुरक्षा प्रदान गर्छन् । सिद्धान्त र करारका लागि परमप्रभुको प्रस्तावना, खण्ड १, ले हामीलाई “अगमवक्ताहरूका वचनहरूमा ध्यान दिन” सल्लाह दिन्छ ।२५

खण्ड १ ले पनि हामीलाई सचेत गराउँछ, “तिमीहरू आउने बिषयहरूका लागि तयार रहो, तयार रहो ।”२६ परमप्रभुले आफ्ना जनहरूलाई आउने चुनौतीहरूका लागि तयार रहन सुवसर दिनुहुन्छ ।

परमप्रभुले अध्यक्ष ब्रिघम यङ्गलाई जनवरी १४, १८४७ मा विन्टर क्वार्टर्समा एक शक्तिशाली प्रकाश दिनुभयो ।२७ यो प्रकाश परमप्रभुले भविष्यमा आउने विषयहरूका लागि मानिसहरूलाई तयार गर्दै गर्नुभएको एक उत्कृष्ट उदाहरण हो । आस्थावान् सन्तहरूले सल्ट लेक उपत्यकाको पहाडी शरणस्थलतर्फको आफ्नो यात्रा सुरू गरेका थिए । उनीहरूले सफलतापूर्वक नाभू मन्दिर निर्माण गरेका थिए र रक्षा गर्ने पवित्र विधिहरू प्राप्त गरेका थिए । उनीहरूलाई मिजोरीबाट बाहिर निकालिएको थियो र उनीहरूका अत्याचारीहरूले तिनीहरूलाई भयानक जाडो मौसममा नाभूबाट बाहिर निकाला गरेका थिए । ब्रिघमलाई दिइएको प्रकाशले प्रस्थानका लागि कसरी तयारी गर्ने भन्ने सम्बन्धमा व्यावहारिक सल्लाह दियो । परमेश्वरले गरिबहरू, विधवाहरू, टुहुराहरू र मोर्मोन बटालियनमा सेवा गर्नेहरूका परिवारहरूको हेरचाह गर्नमा विशेष जोड दिनुभयो जब सन्तहरूका मुख्य समूह तिनीहरूका खतराजनक यात्रामा अघि बढेका थिए ।

धार्मिक रूपमा जिउनका लागि दिइएका अन्य सल्लाहका अतिरिक्त, परमप्रभुले आज पनि लागू हुने अन्य दुई आधारभूत सत्यहरूलाई जोड दिनुभयो ।

पहिलो, उहाँले तिनीहरूलाई “गायन सहित सङ्गीत, नृत्य, र प्रशंसा र धन्यवादका प्रार्थनाद्वारा परमप्रभुको प्रशंसा गर्न” प्रोत्साहन गर्नुभयो ।२८

दोस्रो, परमप्रभुले सल्लाह दिनुभयो यदि तिनीहरू “दुःखी छन् भने, परमप्रभु आफ्ना परमेश्वरलाई बिन्ती सहित पुकार, ताकि तिमीहरूका आत्माहरू प्रसन्न हुन सक्छन् ।”२९

यी दुई सल्लाहहरू हाम्रो समयका लागि उत्कृष्ट सल्लाह हुन् । प्रशंसा, सङ्गीत र धन्यवादले भरिपूर्ण जीवनलाई अद्वितीय आशीर्वाद दिइन्छ । प्रसन्न हुनु र प्रार्थनाका माध्यमबाट स्वर्गको सहयोगमा निर्भर रहनु ख्रीष्टको शान्तिप्रिय अनुयायी बन्नका लागि एक शक्तिशाली तरिका हो । सदैव खुशी रहनका लागि प्रयास गर्नाले आत्मामा पतन हुनबाट जोगिन सहयोग मिल्छ ।

बोधात्मक भजन का अन्तिम पङ्क्तिले सुन्दर ढङ्गले मौलिक जवाफ दिन्छ:“स्वर्गले चङ्गाइ दिन नसक्ने कुनै दु:ख पृथ्वीमा छैन ।”३०

परमप्रभु येशू ख्रीष्टको एक प्रेरितका रूपमा, म प्रमाणित गर्छु कि “ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू” ले यस जीवनमा व्यक्तिगत शान्ति र गौरवमय स्वर्गीय पुनर्मिलन प्राप्त गर्ने छन् । म मुक्तिदाताको देवत्व र उहाँको प्रायश्चितको वास्तविकताको सुनिश्चित गवाही व्यक्त गर्छु । उहाँ हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. मोरोनी ७:३

  2. हेर्नुहोस् यूहन्ना १६:३३

  3. हेर्नुहोस् मोसीयाह १८:८-९; २-नफी ३२:७पनि हेर्नुहोस् ।

  4. हेर्नुहोस् क्विन्टन एल कूक, “The Songs They Could Not Sing,” लियाहोना,नोभे. २०११, १०४–७ ।

  5. अब्राहाम ३ को अध्याय शीर्षखण्ड हेर्नुहोस् ।

  6. अब्राहाम ३:२४-२५

  7. हेर्नुहोस् अल्मा १२:२४

  8. हेर्नुहोस् २ नफी २८:७-९

  9. प्रेरित १७:२१

  10. हेर्नुहोस् रसल एम्. नेल्सन, “Overcome the World and Find Rest,” लियाहोना, नोभ. २०२२, ९६

  11. हेर्नुहोस् सिद्धान्त र करार १२३:१२

  12. “सुसमाचार प्रचारकहरूले आफूले सेवा गरेका र सिकाएका मानिसहरूका लागि प्रेम छाडेर घर फर्कन्छन् । तिनीहरू मानिसहरूका लागि सद्भावना फैलाउने असल दूतहरू हुन् जसका देशहरूमा तिनीहरू बसेका छन् र कार्य गरेका छन् । तिनीहरू आय स्तरसँग चिन्तित छैनन् र कुनै जातीय पूर्वाग्रह राख्दैनन् । तिनीहरू कुनै सांसारिक राज्यहरू निर्माण गर्न त्यहाँ गएका छैनन् । तिनीहरू हुन्, मोर्मोनका शब्दमा, ‘ख्रीष्टका शान्तिप्रिय अनुयायीहरू’ [मोरोनी ७:३]” (L. Tom Perry, “The Peaceable Followers of Christ,” Ensign, नोभे. १९८९, ७१) ।

  13. रसल एम्. नेल्सन, “Peacemakers Needed,” लियाहोना,, मे २०२३, १०० ।

  14. सिद्धान्त र करार ६:३४

  15. सिद्धान्त र करार ६:३६-३७

  16. हिब्रू ४:१६

  17. हिब्रू ५:९; अध्याय शीर्षक पनि हेर्नुहोस् ।

  18. मोरोनी ७:३-४

  19. सिद्धान्त र करार १२२:७-९

  20. स्कट टेलर हेर्नुहोस्, “अध्यक्ष नेल्सनले ‘प्रिच माइ सुसमाचार: ‘Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ,’” को नयाँ संस्करण परिचय गराउनुभएको छ । Church News, June 22, 2023, thechurchnews.com; see also Sarah Jane Weaver, “Video: 3 Apostles Talk about the Impact of ‘Preach My Gospel,’” Church News, अगष्ट. १०, २०२३, thechurchnews.com.

  21. Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ (२०२३), ५६ ।

  22. बोइड के प्याकर, “The Play and the Plan” (Church Educational System fireside for young adults, मे ७, १९९५), [मुद्रित १९९७]), २ हेर्नुहोस्: “मरणशीलतामा, हामी एक नाट्याशालामा प्रवेश गर्नेहरू जस्तै हौं जसरी दोस्रो प्रर्दशनमा पर्दा माथि जान्छ । हामीहरूले अभिनय १ छुटाएका छौँ ।… ‘अनि तिनीहरू सबै त्यस पछि खुशीसाथ जिए’ दोस्रो अभिनयमा कहिल्यै लेखिएको छैन । त्यो रेखा तेस्रो अभिनय सँग सम्बन्धित छ, जब रहस्यहरू समाधान हुन्छन् र सबै कुरा सही हुन्छ ।” पनि हेर्नुहोस्, निल ए. म्याक्सवेल पनि, All These Things Shall Give Thee Experience, (१९७९),३७: “[परमेश्वर]ले सुरूदेखि अन्त्य देख्नुहुन्छ । … अङ्कगणित … यस्तो चीज हो जुन हामी मरणशीलहरूले बुझ्न सक्दैनौँ । हामीसँग सबै सङ्ख्याहरू नभएकाले हामी योगफल गर्न सक्दैनौँ । हामी समयको सीमामा बन्द छौँ र यो दोस्रो स्थितिको असिद्ध समझमा सीमित छौँ । ”

  23. उत्तरदायित्वको उमेरमा पुग्नुपूर्व मृत्यु हुनेहरू सेलेस्टियल राज्यमा सुरक्षित हुन्छन् (सिद्धान्त र करार १३७:१० हेर्नुहोस्) । सुसमाचारको ज्ञान बिना नै मृत्यु वरण गरेका र सुअवसर प्रदान गरिएको खण्डमा यसलाई प्राप्त गर्नेहरू पनि स्वर्गको अधिराज्यका उत्तराधिकारी हुने छन् (सिद्धान्त र करार १३७:७ हेर्नुहोस्) ।

  24. मोसीयाह २:४१

  25. सिद्धान्त र करार १:१४

  26. सिद्धान्त र करार १:१२

  27. हेर्नुहोस् सिद्धान्त र करार १३६

  28. सिद्धान्त र करार १३६:२८

  29. सिद्धान्त र करार १३६:२९

  30. “Come, Ye Disconsolate,” भजन, नं. ११५.