साधारण सम्मेलन
एक वीर पुरुष भन्दा पनि अधिक
अक्टोबर २०२३ को साधारण सम्मेलन


एक वीर पुरुष भन्दा पनि अधिक

येशू ख्रीष्ट हाम्रो वीर पुरुष मात्र हुनुहुन्न; उहाँ हाम्रा परमप्रभु र राजा, मानव जातिका मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ ।

सन् १८५६ देखि १८६० सम्म, हजारौँ अग्रगामी पछिल्ला दिनका सन्तहरूले सल्ट लेक उपत्यकातर्फ यात्रा गर्दा १,००० माइल (१,५०० किलोमिटर) भन्दा बढीको दूरी ठेलागाडामा आफ्नो सामानहरू राखेर ताने । यस हप्ता १६७ वर्ष पहिले, अक्टोबर ४, १८५६ मा, अध्यक्ष ब्रिघम यङ्गले यो जानकारी प्राप्त गर्दा आश्चर्य मान्नुभयो कि एडवर्ड मार्टिन र जेम्स विलीको नेतृत्वमा रहेका दुई ठेलागाडाका समूहहरू अझै पनि सल्ट लेकबाट सयौँ किलोमिटर टाढा थिए, अनि जाडो नजिकिँदै थियो । भोलिपल्ट, हामीले आज भेटेको स्थानबाट त्यति धेरै टाढा नरहेको स्थानबाट अध्यक्ष यङ्गले सन्तहरूका अगाडि उभिएर घोषणा गर्नुभयो: “हाम्रा धेरै दाजुभाइ तथा दिदीबहिनीहरू ठेलागाडा लिएर ती मैदानहरूमा हुनुहुन्छ र उहाँहरूलाई यहाँ ल्याइनु पर्छ ।… जानुहोस् र ती मानिसहरूलाई अहिले नै यस मैदानहरूमा ल्याउनुहोस् ।”

दुई दिन पछि, पहिलो उद्धार टोली अग्रगामीहरूको ठेलागाडा समूहको खोजीमा प्रस्थान गर्यो ।

विली समूहका एक सदस्यले मुख्य उद्धार टोलीको आगमनपूर्व भएको निराशाजनक अवस्थाको वर्णन गर्नुभयो । उहाँले भन्नुभयो: “जब सबै समाप्त हुन लागेको छ जस्तो देखिन्थ्यो, … अनि जिउने कुनै कारण नभएको जस्तो महसुस भएको थियो, सफा आकाशबाट एक गर्जन जस्तै, परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो । एक उद्धार टोली, खाना र आपूर्तिहरू लिएर…, प्रकट भयो । … हामीले हाम्रो उद्धारका लागि परमेश्वरलाई कसरी धन्यवाद दियौँ ।”

अति नै चिसो मौसममा आफ्नो ज्यान जोखिममा राखेर सकेसम्म धेरैलाई सुरक्षित रूपमा घर ल्याउन यी उद्धारकर्ताहरू अग्रगामीहरूका लागि वीर पुरुषहरू थिए । यस्तै एक वीर पुरुष इफ्राइम ह्यान्क्स थिए ।

मध्य अक्टोबरमा अनि ठेलागाडा समूहहरूको दुर्दशाका सम्बन्धमा थाहा नभएको, ह्यान्क्स एक यात्रा पछि सल्ट लेकमा आफ्नो घर फर्कदै हुनुहुन्थ्यो, जब रातको समयमा, उहाँ एक आवाजद्वारा ब्यूँझिनुभयो, यसो भन्दै, “ठेलागाडा समूहका मानिसहरू समस्यामाहुनुहुन्छ र तपाईंहरूको आवश्यकता छ; के तपाईंहरू गएर उहाँहरूलाई सहयोग गर्नुहुन्छ?”

त्यो प्रश्न उहाँको मस्तिष्कमा खेलाउँदै, उहाँ हतार हतार सल्ट लेक सिटी फर्किनुभयो । अनि अध्यक्ष हिबर सी. किम्बलले थप स्वयम् सेवकहरूका लागि आह्वान गर्नुभएको सुनेपछि, ह्यान्क्स अर्को दिन आफ्नै क्षमतामा उद्धारका लागि निस्कनुभयो । द्रुत गतिमा अघि बढ्दै, उहाँले अन्य उद्धारकर्ताहरूलाई बाटोमा उछिनेर मार्टिनको समूहकहाँ पुगेपछि, ह्यान्क्सले स्मरण गर्नुभयो: “उहाँहरूका शिविरमा प्रवेश गर्दा मेरा आँखाले देखेको दृश्य मेरो सम्झनाबाट कहिल्यै मेटिन सकिँदैन … [र] सबैभन्दा मजबुत व्यक्तिलाई पनि भावनात्मक बनाउन पर्याप्त थियो ।”

इफ्राइम ह्यान्क्सले एक पालदेखि अर्को पालमा बिरामीहरूलाई आशीर्वाद दिँदै कैयौँ दिन बिताउनुभयो । उहाँले भन्नुभयो, “धेरै अवस्थाहरूमा, जब हामीले बिरामीहरूलाई आशीर्वाद दिन्थ्यौँ र परमप्रभु येशू ख्रीष्टको नाममा रोगहरूको निन्दा गर्थ्यौं, पीडितहरू एकैपटकमा ठीक हुनुहुन्थ्यो; उहाँहरूले प्रायश: तत्कालै चङ्गाइ प्राप्त गर्नुभयो । ।” इफ्राइम ह्यान्क्स ती अग्रगामीहरूका ठेलागाडा समूहका लागि सदैव वीर पुरुष रहनुहुने छ ।

त्यो उल्लेखनीय उद्धार जस्तै, घटनाहरू जसले हाम्रो जीवनलाई प्रभाव पार्छ र इतिहासको श्रृंखला पनि प्रायः महान् कलाकारहरू, वैज्ञानिकहरू, व्यापारमा अगुवाहरू र राजनीतिज्ञहरू जस्ता—व्यक्तिगत पुरुष र महिलाहरूको निर्णय र उपलब्धिहरूको परिणाम हो । यी असाधारण व्यक्तिहरूलाई प्रायः तिनीहरूको उपलब्धिको सम्झनामा स्मारक र मूर्तिहरूका साथ वीर पुरुषहरूको रूपमा सम्मान गरिन्छ ।

जब म एक युवक थिएँ, मेरा पहिला वीर पुरुषहरू खेलाडीहरू थिए । प्रमुख लीग बेसबल खेलाडीहरूको चित्र र तथ्याङ्कहरू सहित बेसबल कार्डहरू सङ्कलन गर्ने मेरा प्रारम्भिक सम्झनाहरू थियो । एक बालकका रूपमा “वीर पुरुषको पूजा” रमाइलो र निर्दोष कार्य हुन सक्छ, जस्तै बालबालिकाहरूले हेलोवीनको अवसरमा आफ्नो मनपर्ने वीर पुरुषको रूपमा पहिरन लगाउँछन् । यद्यपि हामी धेरै प्रतिभाशाली र उल्लेखनीय पुरुष र महिलाहरूलाई तिनीहरूको क्षमता र योगदानका लागि प्रशंसा र सम्मान गर्छौं, उनीहरूलाई श्रद्धेय भएको श्रेणीसम्म, यदि धेरैमा लिइयो भने, सिनैको मरुभूमिमा सुनको बाच्छोको आराधना गर्ने इस्राएलका सन्ततिहरू बराबर हुन सक्छ ।

वयस्क भए पछि, जसलाई निर्दोष बाल्यकालको बेला रमाइलोपन ठानिन्थ्यो एक ठेस लाग्ने अवरोध हुन सक्छ जब राजनीतिज्ञहरू, ब्लगरहरू, अनलाइन प्रभावकारहरू, खेलाडीहरू वा संगीतकारहरूको “वीर पुरुषको पूजा” ले हामीलाई “अनावश्यक विषयहरू” हेर्न र वास्तवमा नै आवश्यक विषयबाट दृष्टि गुमाउन सहयोग गर्छ ।

इस्राएलका सन्ततिहरूका लागि, चुनौती भनेको उनीहरूले प्रतिज्ञा गरिएको भूमिको यात्रामा उनीहरूसँग ल्याएका सुन थिएन तर उनीहरूले सुनलाई के बन्न दिएका थिए: एउटा मूर्ति, जुन पछि गएर तिनीहरूको आराधना गर्ने वस्तु बन्यो, जसले गर्दा तिनीहरूको ध्यान यहोवाबाट हट्यो, जसले लाल समुद्रलाई विभाजन गर्नुभएको थियो र तिनीहरूलाई दासत्वबाट छुटकारा दिनुभएको थियो । त्यो बाच्छोमा ध्यान केन्द्रित गर्दा सत्य परमेश्वरको आराधना गर्ने तिनीहरूको क्षमतामा प्रभाव परेको थियो ।

ती वीर पुरुष—हाम्रा वीर पुरुष अहिले र सदैव—येशू ख्रीष्ट हुनुहुन्छ र कुनै पनि विषय वा जो कोही, जसले हामीलाई धर्मशास्त्र र जीवित अगमवक्ताहरूका शब्दहरूद्वारा प्राप्त गरिने उहाँका शिक्षाहरूबाट विचलित गर्छ, करार मार्गमा हाम्रो प्रगतिलाई नकारात्मक रूपमा असर गर्न सक्छ । यस संसारको सृष्टि हुनुपूर्व, हामीले येशू ख्रीष्टलाई हेरेका थियौँ जब यो स्पष्ट भयो कि स्वर्गका पिताले प्रस्ताव गर्नुभएको योजना, जसमा हाम्रो प्रगति र उहाँ जस्तै बन्ने अवसर समावेश छ, एक चुनौती भइरहेको थियो ।

हाम्रो पिताको योजनाको रक्षा गर्ने अगुवा मात्र येशू ख्रीष्ट हुनुहुँदैनथ्यो तर यसको कार्यान्वयनमा पनि सबैभन्दा महत्त्वपूर्ण भूमिका उहाँले खेल्नुहुने छ । उहाँले पितालाई जवाफ दिनुभयो र आफैंलाई “सबैको छुटकाराको मूल्य,” हुन , हामी मध्ये प्रत्येकले पापका कारणले तिर्नु पर्ने ऋण स्वयम् ले तिर्न नसक्ने कारणलेस्वैच्छिक रूपमा प्रस्ताव राख्नुभयो ।

अध्यक्ष ड्यालिन एच्. ओक्सले सिकाउनुभएको छ, “[येशू ख्रीष्ट]ले स्वर्गका हाम्रा पिताको योजनामा ​​उल्लिखित नश्वर जीवनद्वारा त्यो गन्तव्यतर्फ हाम्रो यात्राको लागि आवश्यक सबै कार्य गर्नुभएको छ ।”

गेथसेमनीको बगैँचामा, जब यस्तो भारी कार्यको सामना गर्नुपर्दा, मुक्तिदाताले साहसपूर्वक भन्नुभयो, “मेरो इच्छा होइन, तर तपाईंकै चाहना पूरा होस्,”१० र जीवन जिउने सबैका पापहरूका लागि संयुक्त दुखाइहरू, रोगहरू र पीडाहरू स्वयम्मा लिन अघि बढ्नुभयो । आज्ञाकारिता र प्रतिबद्धताको एक सिद्ध कार्यमा, येशू ख्रीष्टले उहाँको महिमित पुनरुत्थानमा परिणत भएर सबै सृष्टिमा त्यो सर्वोच्च, वीर कार्य पूरा गर्नुभयो ।

हालैको हाम्रो साधारण सम्मेलनमा, अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई स्मरण गराउनु भयो: “तपाईंसँग जस्तोसुकै प्रश्न वा समस्याहरू भए तापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ । उहाँको प्रायश्चित, उहाँको प्रेम, उहाँको करूणा, उहाँको सिद्धान्त र उहाँको चङ्गाइ र प्रगतिको पुनर्स्थापित सुसमाचारका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् । उहाँतर्फ फर्कनुहोस्! उहाँलाई अनुशरण गर्नुहोस् !”११ अनि म थप्छु, “उहाँलाई रोज ।”

हाम्रो जटिल संसारमा, जीवनको अर्थ वा स्पष्टता प्रदान गर्ने प्रयासमा समाजका वीर पुरुषहरू तिर फर्कन प्रलोभित हुन सकिन्छ जब कि यो भ्रमित वा भारी देखिन सक्छ । हामी तिनीहरूले प्रायोजित गरेका लुगाहरू किन्छौँ , तिनीहरूले समर्थन गर्ने राजनीतिलाई अँगाल्छौँ र मिडियामा प्रचारप्रसार गरिएका तिनीहरूका सुझावहरूलाई अनुशारण गर्छौँ । यो एक अस्थायी विचलनका लागि सही हुन सक्छ तर वीर पुरुषको आराधनाको यो रूप हाम्रो सुनको बाच्छो नहोस् भन्नका लागि हामी सतर्क हुनु पर्छ । सही वीर पुरुष छनौट गर्नुको अनन्त परिणामहरू हुन्छ ।

जब हाम्रो परिवार सुसमाचार प्रचारका अगुवाहरूको रूपमा हाम्रो सेवा सुरु गर्न स्पेन आइपुग्यौं, हामीले एल्डर नील ए. म्याक्सवेलले बाँड्नुभएको एउटा फ्रेम गरिएको उद्धरण पायौं जुन हामीले अनुसरण गर्न छनोट गर्ने वीर पुरुषहरूसँग सान्दर्भिक छ । उहाँले भन्नुभयो, “यदि तपाईंले पहिले परमेश्वरको राज्य छनोट गर्नुभएको छैन भने, तपाईंले यसको सट्टामा के रोज्नुभएको छ अन्त्यमा केही फरक पर्दैन ।”१२ दाजुभाइ तथा दिदीबहिनीहरू, राजाहरूका राजा येशू ख्रीष्टलाई चुनेर हामीले परमेश्वरको अधिराज्यलाई छनोट गर्छौँ । कुनै पनि अन्य विकल्प शरीरको पाखुरा वा सुनको बाच्छो छनोट गरेको बराबर हो र अन्ततः हामीलाई असफल बनाउने छ ।

पुरानो नियमको दानिएलको पुस्तकमा, हामीले शद्रक, मेशक र अबेद्नगोको विवरण पढ्छौँ , जसलाई कुन वीर पुरुष छनोट गर्ने भनेर स्पष्ट रूपमा थाहा थियो—र यो राजा नबूकदनेसरका कुनै पनि देवदेवताहरू थिएनन् । तिनीहरूले निर्धक्क भई घोषणा गरे:

“हामीले सेवा गर्ने हाम्रा परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट छुटकारा दिन सक्षम हुनुहुन्छ । …

“परन्तु यदि नगर्नु भएमा, हे राजा, तपाईंलाई थाहा छ कि हामी तपाईंका देवताहरूको सेवा गर्ने छैनौँ, न त सुनको मूर्तिको पूजा गर्ने छौँ ।”१३

प्रेरित पावलले सिकाए जस्तै, “त्यहाँ धेरै देवदेवताहरू छन्,”१४ अनि म धेरै तथाकथित वीर पुरुषहरू थप्न सक्छु, जसका सामु हामीलाई झुक्न, उनीहरूको आराधना गर्न र उनीहरूलाई अँगालो हाल्न आमन्त्रित गरिन्छ । परन्तु दानिएलका तीन साथीहरूलाई थाहा भएजस्तै, त्यहाँ एक मात्र हुनु हुन्छ जसले मुक्ति दिलाउने आश्वासन दिनुभएको छ—किनकि उहाँले पहिले नै दिइसक्नुभएको छ र सदैव दिनुहुने छ ।

हाम्रो लागि, परमेश्वरको उपस्थितिमा, हाम्रो प्रतिज्ञा गरिएको भूमिमा फिर्तीको यात्रामा, ती राजनीतिज्ञ, सङ्गीतकार, खेलाडी वा ब्लगरहरू समस्या होइनन्, बरु, हाम्रो मुक्तिदाता र उद्धारकर्ताको स्थानमा तिनीहरूलाई हाम्रो ध्यान र दृष्टि दिएर मुख्य वस्तुहरू बन्न अनुमति दिने छनौट गर्नु हो ।

हामी येशू ख्रीष्ट उहाँलाई रोज्छौँ जब हामी उहाँको दिनको सम्मान गर्ने छनौट गर्छौँ चाहे हामी घरमा होऔं वा छुट्टीमा । हामीले उहाँलाई रोज्छौँ जब हामी धर्मशास्त्र र जीवित अगमवक्ताहरूको शिक्षाद्वारा उहाँका शब्दहरूलाई रोज्छौँ । हामी उहाँलाई रोज्छौँ जब हामी मन्दिरको सिफारिस बहन गर्‍छौँ र यसको प्रयोगको योग्य जीवन बिताउन छनौट गर्छौँ । हामी उहाँलाई रोज्छौँ जब हामी शान्तिकर्ता हुन्छौँ र विवादास्पद हुन अस्वीकार गर्छौँ, “विशेष गरी जब हामीसँग फरक विचार हुन्छ ।”१५

कुनै अगुवाले यो भन्दा धेरै साहस देखाउनु भएको छैन, कुनै मानवतावादीले धेरै दया देखाउनु भएको छैन, कुनै चिकित्सकले धेरै रोग निको पार्नुभएको छैन र कुनै कलाकार बढी रचनात्मक हुनुभएको छैन जति येशू ख्रीष्टले गर्नुभएको छ ।

वीर पुरुषहरूको संसारमा, स्मारकहरू र सङ्ग्रहालयहरू नश्वर पुरुष र महिलाहरूको उपलब्धिमा समर्पित छन् भने, त्यहाँ एक हुनुहुन्छ जो अरू सबै भन्दा माथि उभिनुहुन्छ । म गवाही दिन्छु कि येशू ख्रीष्ट हाम्रो वीर पुरुष मात्र हुनुहुन्न; उहाँ हाम्रा परमप्रभु र राजा, मानव जातिको मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. विली र मार्टिन ठेलागाडा समूहहरूमा समर्पित अध्ययनहरूमा लेरोय आर. र एन डब्ल्यू. हाफेन, Handcarts to Zion: The Story of a Unique Western Migration, 1856–1860 (१९६०); रिबेका कर्नवाल र लियोनार्ड जे. एरिङ्गटन, Rescue of the 1856 Handcart Companies (१९८१); हावर्ड के. र कोरी डबल्यू. ब्याङ्गर्टर, Tragedy and Triumph: Your Guide to the Rescue of the 1856 Willie and Martin Companies, दोस्रो संस्करण (२००६); र एन्ड्रू डी. ओल्सन, The Price We Paid: The Extraordinary Story of the Willie Martin Handcart Pioneers (२००६) ।

  2. Brigham Young, “Remarks,” Deseret News, अक्टोबर १५, १८५६, २५२ ।

  3. जन ओबोर्न, “Brief History of the Life of John Oborn, Pioneer of 1856,” २, John Oborn reminiscences and diary, circa 1862–1901, Church History Library, Salt Lake City मा ।

  4. इफ्राइम के. ह्यान्क्सको कथा, एन्ड्रयू जेन्सनको, “Church Emigration,” The Contributorमा प्रकाशित, मार्च १८९३, २०२-३ ।

  5. ह्यान्क्स, जेन्सन, “Church Emigration,” मा २०४ ।

  6. याकूब ४:१४

  7. हेर्नुहोस् प्रस्थान ३२

  8. १ तिमोथी २:६; मत्ती २०:२८पनि हेर्नुहोस ।

  9. ड्यालिन एच्. ओक्स,“What Has Our Savior Done for Us?,” Liahona, मे २०२१, ७५ ।

  10. हेर्नुहोस् लूका २२:३९-४४

  11. रसल एम्. नेल्सन, “The Answer Is Always Jesus Christ,” Liahona, मे २०२३, १२७ ।

  12. १८औँ शताब्दीका अङ्ग्रेजी पादरी विलियम ललाई श्रेय दिइएको; निल ए. म्याक्सवेलद्वारा उद्धृत,, “Response to a Call,” Ensign, मे १९७४, ११२ ।

  13. हेर्नुहोस् दानिएल ३:१३-१८

  14. १ कोरिन्थी ८:५

  15. रसल एम्. नेल्सन, “Peacemakers Needed,” Liahona, मे २०२३, ९८ ।