साधारण सम्मेलन
हामी उहाँका सन्तान हौँ
अक्टोबर २०२३ को साधारण सम्मेलन


हामी उहाँका सन्तान हौँ

हामीसँग उही दैवी उत्पत्ति र येशू ख्रीष्टको अनुग्रह मार्फत् उही असीम क्षमता छ ।

परमप्रभुले इस्राएलको नयाँ राजालाई अभिषेक गर्न यिशैको घरमा अगमवक्ता शमूएललाई पठाउनुहुँदा उनले गरेको अनुभवका सम्बन्धमा के तपाईंलाई स्मरण छ? शमूएलले यिशैका जेठा पुत्र एलीआबलाई देखे । लाग्छ एलियाब अग्लो थियो र एक अगुवा जस्तो देखिन्थ्यो । शमूएलले त्यो देखे र एक निष्कर्षमा पुगे । यो गलत निष्कर्षमा परिणत भयो र परमप्रभुले शमूएललाई सिकाउनुभयो: “उसको अनुहार वा उसको कदको उचाइलाई नहेर; …किनकि मानिसले बाहिरी रूप हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”

परमप्रभुले शाऊललाई आशीर्वाद दिन चेला हननियालाई पठाउनुहुँदा उनले गरेको अनुभवका सम्बन्धमा के तपाईंलाई स्मरण छ? शाऊलका सम्बन्धमा पहिले नै सबैलाई जानकारी थियो र हननियाले शाऊल र सन्तहरूको क्रूर, अथक सतावटको बारेमा सुनेका थिए । हननियाले सुनेपछि सायद उनले शाऊलको सेवा गर्नु हुँदैन भन्ने निष्कर्षमा पुगे । यो गलत निष्कर्षमा परिणत भयो र परमप्रभुले हननियालाई सिकाउनुभयो: “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन् ।”

यी दुई अवस्थाहरूमा शमूएल र हननियालाई के समस्या थियो? तिनीहरूले आफ्ना आँखाले देखे र कानले सुने र परिणाम स्वरूप, तिनीहरूले बाहिरी स्वरूप र सुनुवाइको आधारमा अरूको मूल्याङ्कन गरे ।

जब शास्त्रीहरू र फरिसीहरूले ती स्त्रीलाई व्यभिचारमा लगिएको देखे, तिनीहरूले के देखे? एक अनैतिक महिला, मृत्युको योग्य पापी । जब येशूले तिनलाई देख्नुभयो, उहाँले के देख्नुभयो? एउटी महिला जो अस्थायी रूपमा शरीरको कमजोरीमा फसेकी थिइन् तर पश्चात्ताप र उहाँको प्रायश्चितद्वारा सुधार गर्न सकिन्छ । जब मानिसहरूले ती कप्तानलाई देखे, जसको नोकर पक्षाघातले बिरामी थियो, तिनीहरूले के देखे? संभवतः तिनीहरूले बिना निम्तो आएको, एक अपरिचित, तिरस्कृत गरिनु पर्ने देखे । जब येशूले तिनलाई देख्नुभयो, उहाँले के देख्नुभयो? आफ्नो घरगृहस्थीको सदस्यको कल्याणका लागि चिन्तित एक व्यक्ति, जसले निष्कपट र विश्वासमा परमप्रभुलाई खोज्यो । जब मानिसहरूले ती रगत बग्ने रोग भएकी स्त्रीलाई देखे, तिनीहरूले के देखे? संभवतः एक अशुद्ध महिला, परित्याग गरिनु पर्ने एक बहिष्कृत । जब येशूले तिनलाई देख्नुभयो, उहाँले के देख्नुभयो? परिस्थितिको कारण आफूले आमन्त्रण गर्न नसकेकी एउटी बिरामी, एक्लो र अलग्गिएको महिला, जसलाई निको हुने र पुन: स्वीकारयोग्य हुने आशा थियो ।

प्रत्येक अवस्थामा, परमप्रभुले यी व्यक्तिहरूलाई तिनीहरू को हुन् भनी देख्नुभयो र तदनुसार प्रत्येकलाई सेवा गर्नुभयो । नफी र तिनका भाइ याकूबले घोषणा गरेजस्तै:

अनि उहाँले ती सबैलाई उहाँकहाँ आउन आमन्त्रण गर्नुहुन्छ … , चाहे कालो होस् वा गोरो, बन्धी होस् वा स्वतन्त्र, पुरुष वा महिला;अनि उहाँले बेधर्मीलाई सम्झनुहुन्छ; परमेश्वरसामु सबै मानिसहरू बराबर हुन्छन् ।”

“अनि उहाँको नजरमा एक प्राणी अर्को जत्तिकै बहुमूल्य छ ।”

त्यसै गरी हामीले हाम्रा आँखा, कान वा हाम्रो डरले हामीलाई बहकाउन नदिऔँ तर हाम्रो हृदय र दिमाग खोलौं र उहाँले जस्तै हाम्रो वरपरका मानिसहरूलाई स्वतन्त्र रूपमा परोपकारी सेवा गरौँ ।

केही वर्षअघि मेरी श्रीमती इसाबेलले एक असाधारण सेवाको कार्यभार प्राप्त गर्नुभएको थियो । उहाँलाई हाम्रो वार्डमा एउटी वृद्ध विधवालाई भेट्न भनियो, स्वास्थ्यमा समस्या भएकी एक दिदी र जसको एक्लोपनले उहाँको जीवनमा तीतोपन ल्याएको थियो । उहाँका पर्दाहरू बन्द थिए; उहाँको घर पूरै ढाकिएको थियो; उहाँ कसैलाई भेट्न चाहनुहुँदैनथ्यो र “म कसैका लागि केही गर्न सक्दिन” भनेर स्पष्ट पार्नुभएको थियो । निरुत्साहित, इसाबेलले जवाफ दिइन्, “छ, त्यहाँ छ! हामीलाई आउन दिएर र तपाईंलाई भेट्न अनुमति दिएर तपाईं हाम्रा लागि केही गर्न सक्नुहुन्छ ।” अनि त्यसैले इसाबेल गईन्, विश्वासपूर्वक ।

केही समय पछि, यो असल दिदीको खुट्टाको शल्यक्रिया भएको थियो, जसका लागि उहाँको पट्टी हरेक दिन परिवर्तन गर्न आवश्यक थियो, जुन चीज उहाँ आफैले गर्न सक्नुहुँदैनथ्यो । धेरै दिनसम्म, इसाबेल उहाँको घर गजानुभयो, उहाँको खुट्टा धोइदिनुभयो र उहाँको पट्टी परिवर्तन गरिदिनुभयो । उहाँले कहिल्यै कुरूपता देख्नुभएन; उहाँनले कहिल्यै दुर्गन्ध मान्नुभएन । उहाँले प्रेम र कोमल हेरचाहको आवश्यकतामा रहेकी परमेश्वरकी एक सुन्दर छोरी मात्र देख्नुभयो ।

पाछिल्ला केही वर्षहरूमा, म र अन्य अनगिन्तीहरूले इसाबेलको उपहारले परमप्रभुले हेर्नुहुने जस्तै हेर्न आशीर्वाद प्राप्त गरेका छौँ । चाहे तपाईंहरू किला अध्यक्ष हुनुहोस् वा वार्डको द्वारमा उभिएर अभिवादन गर्ने हुनुहोस्, चाहे तपाईं बेलायतको राजा हुनुहोस् वा झुपडीमा बस्नुहुने हुनुहोस्, चाहे तपाईं उनको भाषा बोल्नुहुने हुनुहोस् वा फरक, चाहे तपाईं सबै आज्ञाहरू पालना गर्नुहुने हुनुहोस् वा कुनै कुनैमा संघर्ष गर्नुहुने हुनुहोस्, उहाँले आफ्नो सबैभन्दा राम्रो थालमा सबैभन्दा राम्रो खाना तपाईंहरूलाई दिएर तपाईंहरूको सेवा गर्नुहुने छ । आर्थिक स्थिति, छालाको रङ्ग, सांस्कृतिक पृष्ठभूमि, राष्ट्रियता, धार्मिकताको मापन, सामाजिक स्थिति वा अन्य कुनै पहिचान वा श्रेणी उहाँका लागि कुनै मूल्यका गनिंदैन । उहाँ आफ्नो हृदयले अवलोकन गर्नुहुन्छ; उहाँले सबैमा परमेश्वरको सन्ततिका रूपमा अवलोनक गर्नुहुन्छ ।

अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ:

“विरोधीहरू श्रेणीमा रमाउँछन् किनभने त्यसले हामीलाई विभाजित गर्छ र हामीले आफ्नो र एकअर्काका सम्बन्धमा सोच्ने तरिकालाई सीमित पार्छ । कत्ति दुखको कुरा हुन्छ जब हामी एकअर्कालाई सम्मान गर्नु भन्दा श्रेणीलाई सम्मान गर्छौं ।

“श्रेणीले न्याय र दुश्मनीतिर लैजान सक्छ । राष्ट्रियता, जाति, यौन झुकाव, लिङ्ग, शैक्षिक योग्यता, संस्कृति वा अन्य महत्त्वपूर्ण पहिचानकर्ताहरूको कारणले अर्कोलाई कुनै दुर्व्यवहार वा पूर्वाग्रह गर्नु हाम्रा निर्माताका लागि अपमानजनक हुन्छ!”

म जो हुँ त्यो फ्रान्सेली होइन; यो त म जन्मेको ठाउँ हो । म को हुँ त्यो सेतो होइन; यो त मेरो छालाको रङ्ग हो वा यसको अभाव हो । म जो हुँ त्यो प्रोफेसर होइन; यो त मैले मेरो परिवारलाई सहयोग गर्न गरेको काrर्य हो । म जो हुँ त्यो सामान्य अधिकारी सत्तरी होइन; यो त म यस समयमा यो राज्यमा सेवा गर्ने स्थान हो ।

“पहिलो र प्रमुख,” अध्यक्ष नेल्सनले हामीलाई सम्झाउनु भए जस्तै, म “परमेश्वरको सन्तति” हुँ ।” तपाईंहरू पनि त्यस्तै हुनुहुन्छ; र हाम्रो वरपरका अन्य मानिसहरू पनि त्यस्तै छन् । म प्रार्थना गrछु कि हामी यस अद्भुत सत्यको अधिक प्रशंसा गर्न सकौँ । यसले सबै विषयलाई परिवर्तन गर्छ !

हामी विभिन्न संस्कृतिमा हुर्केका हुन सक्छौँ; हामी विभिन्न सामाजिक आर्थिक परिस्थितिबाट आउन सक्छौं; हाम्रो राष्ट्रियता, छालाको रङ्ग, खानामा प्राथमिकता, राजनीतिक अभिमुखीकरण, आदि सहित हाम्रो नश्वर सम्पदा धेरै फरक हुन सक्छ । परन्तु हामी सबै, कुनै अपवाद बिना उहाँका सन्तति हौँ । हामीसँग उही दैवी उत्पत्ति र येशू ख्रीष्टको अनुग्रहद्वारा उही असीम क्षमता छ ।

सी.एस. लुईसले यसलाई यसरी राखे: “सम्भावित देवता र देवीहरूको समाजमा बस्नु गम्भीर विषय हो, यो सम्झनु कि तपाईंहरूले कुरा गर्न सक्नुहुने सबैभन्दा नीरस व्यक्ति एक दिन त्यस्तो प्राणी हुन सक्छ, यदि तपाईले अहिले देख्नु भयो भने, तपाईं दृढतापूर्वक आराधना गर्न प्रलोभित हुनुहुने छ । … त्यहाँ सामान्य मानिस छैनन् । तपाईंहरूले केवल मरणशीलसँग कहिल्यै कुरा गर्नुभएको छैन । राष्ट्रहरू, संस्कृतिहरू, कलाहरू, सभ्यता—यी नश्वर हुन् र तिनीहरूको जीवन हाम्रा लागि सुक्ष्म जीवन हो । परन्तु यी अमर हुन् जोसँग हामी ठट्टा गर्छौं, काम गर्छौं, विवाह गर्छौं, बेवास्ता गर्छौं र शोषण गर्छौं । ”

हाम्रो परिवारलाई विभिन्न देश र संस्कृतिहरूमा बस्ने सुअवसर मिलेको छ; हाम्रा छोराछोरीहरूले विभिन्न जातजातिहरूमा विवाह गर्ने आशीर्वाद प्राप्त गरेका छन् । मैले बुझेको छु कि येशू ख्रीष्टको सुसमाचारले असमानतालाई कम गर्छ । जब हामी वास्तवमा नै यसलाई अँगाल्छौँ, “आत्मा स्वयम् ले हाम्रो आत्मासँग साक्षी दिन्छ, कि हामी परमेश्वरका सन्तति हौँ ।” यो आश्चर्यजनक सत्यले हामीलाई मुक्त गर्छ र सबै श्रेणीहरू र भिन्नताहरू जसले भिन्न प्रकारले हामीलाई र एकअर्कासँगको हाम्रो सम्बन्धलाई सताउन सक्छ “.केवल … ख्रीष्टमा निलिएको छ ।” यो छिट्टै स्पष्ट हुन्छ कि हामी, साथै अरूहरू, “अब अपरिचित र परदेशी होइनौँ, तर सन्तहरूसँग सहनागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौँ ।”१०

मैले भर्खरै हाम्रो बहुसांस्कृतिक भाषा एकाइका शाखा अध्यक्षले एल्डर गेरिट डब्ल्यू गोङले करार सम्बद्धताका रूपमा गर्नुभएको जस्तै यसलाई उल्लेख गर्नुभएको सुने ।११ कस्तो सुन्दर अवधारणा! हामी मानिसहरूको त्यो समूहसँग सम्बन्धित छौँ जसले मुक्तिदाता र तिनीहरूका करारहरूलाई आफ्नो जीवनको केन्द्रमा राख्ने र सुसमाचारलाई प्रसन्नतामा जिउने प्रयास गर्छ । तसर्थ, मरणशीलताको विकृत नजरबाट एकअर्कालाई हेर्नुको सट्टामा, सुसमाचारले हाम्रो दृष्टिकोणलाई माथि उठाउँछ र हामीलाई हाम्रा पवित्र करारहरूको अनन्त अपरिवर्तनीय दृष्टिकोणबाट एकअर्कालाई हेर्न अनुमति दिन्छ । यसो गर्दा, हामी अरूहरू प्रति हाम्रा आफ्नै प्राकृतिक पूर्वाग्रह र प्रवृत्तिहरू हटाउन सुरू गर्छौँ, जसले गर्दा उहाँहरूलाई हामीहरू प्रतिको पूर्वाग्रह र प्रवृत्तिहरूलाई एक अद्भुत सद्गुण चक्रमा१२ कम गर्न सहयोग गर्छ । वास्तवमा, हामी हाम्रा प्रिय अगमवक्ताको आमन्त्रणलाई अनुशरण गर्छौँ: “मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले एकअर्कालाई कस्तो व्यवहार गर्छौं त्यो वास्तवमा नै महत्त्वपूर्ण हुन्छ! हामी घरमा, चर्चमा, काममा र अनलाइनमा अरूहरूसँग र अरूहरूका सम्बन्धमा कसरी बोल्छौँ भन्ने विषय वास्तवमा नै महत्त्वपूर्ण हुन्छ । आज, म हामीहरूलाई अरूहरूसँग उच्च, पवित्र तरिकामा अन्तरक्रिया गर्न आग्रह गर्दै छु ।”१३

यस अपरान्हमा, त्यो आमन्त्रणको भावनामा, म प्राथमिकका हाम्रा उत्कृष्ट बालबालिकाहरूसँग मेरो प्रतिज्ञा थप्न चाहन्छु:

अधिकांश मानिसहरूले जस्तै यदि तिमीहरू हिँड्दैनौ भने,

कोही मानिस तिमीहरूबाट टाढा हुन्छन्,

परन्तु म जान्न! म जान्न!

अधिकांश मानिसहरूले जस्तै यदि तिमीहरू वार्तालाप गर्दैनौ भने,

केही मानिसले कुरा काट्छन् र हाँस्छन्,

परन्तु म गर्दिन! म गर्दिन!

म तिमीसँगै हिड्ने छु । म तिमीसँग वार्तालाप गर्ने छु ।

यसरी म तिमीलाई मेरो प्रेम देखाउने छु ।

येशू कसैबाट टाढा जानुभएन ।

उहाँले आफ्नो प्रेम सबैलाई दिनुभयो ।

त्यसैले म गर्छु! म गर्छु!१४

म गवाही दिन्छु कि जसलाई हामी हाम्रो स्वर्गका पिता भनेर सम्बोधन गर्छौं उहाँ वास्तवमा नै हाम्रा पिता हुनुहुन्छ, कि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ, कि उहाँ आफ्ना प्रत्येक सन्ततिलाई नजिकबाट पहिचान गर्नुहुन्छ, कि उहाँले गहन रूपमा प्रत्येकको हेरचाह गर्नुहुन्छ र हामी सबै वास्तवमा नै उहाँ समान छौँ । म गवाही दिन्छु कि हामीले एकअर्कालाई गर्ने व्यवहारको तरिका उहाँका पुत्र, हाम्रा मुक्तिदाता, येशू ख्रीष्टको अन्तिम बलिदान र प्रायश्चितका लागि हाम्रो बुझाइ र सम्मानको प्रत्यक्ष प्रतिफल हो । म प्रार्थना गर्छु कि, उहाँ जस्तै, हामी अरूहरूलाई प्रेम गर्न सकौं किनभने त्यो नै सही कार्य हो, तिनीहरूले सही कार्य गरिरहेका छन् वा “सही” आचारण देखाइरहेका छन् भनेर देखाउन होइन । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. १ शमुएल १६:७

  2. प्रेरित ९:१५

  3. २ नफी २६:३३

  4. याकूब २:२१

  5. रसल एम्. नेल्सन,“Choices for Eternity” (worldwide devotional for young adults, मे १५, २०२२), सुसमाचारको पुस्तकालय ।

  6. रसल एम्. नेल्सन, “Choices for Eternity ।”

  7. सि. एस्. लुईस, The Weight of Glory and Other Addresses (१९४९), १४-१५ ।

  8. रोमी ८:१६.

  9. अल्मा ३१:३८

  10. एफिसी २:१९

  11. हेर्नुहोस् गेरिट डबल्यू गङ्ग, “Covenant Belonging,“ Liahona, नोभे २०१९, ८०-८३ ।

  12. डेल जी. र रूथ एल्. रेनलण्ड, The Melchizedek Priesthood: Understanding the Doctrine, Living the Principles (२०१८), ११२.

  13. रसल एम्. नेल्सन, “Peacemakers Needed,“ Liahona, मे २०२३, ९९ ।

  14. I’ll Walk with You,” Children’s Songbook, १४०–४१ ।