साधारण सम्मेलन
अनन्त सत्य
अक्टोबर २०२३ को साधारण सम्मेलन


अनन्त सत्य

सत्यलाई पहिचान गर्न हाम्रो आवश्यकता यति महत्त्वपूर्ण कहिल्यै भएको छैन!

दाजुभाइ तथा दिदीबहिनीहरू, परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टप्रतिको भक्तिका र एकअर्काप्रतिको प्रेम र सेवाका लागि धन्यवाद । तपाईंहरू वास्तावमा नै उल्लेखनीय हुनुहुन्छ!

परिचय

मेरी श्रीमती एनी र मैले पूर्णकालिन सुसमाचार प्रचार अगुवाका रूपमा सेवा गर्न बोलावट प्राप्त गरेपछि, क्षेत्रमा आउनुपूर्व हाम्रो परिवारले प्रत्येक सुसमाचार प्रचारकको नाम सिक्ने दृढ सङ्कल्प गर्यौं । हामीले तस्बिरहरू प्राप्त गर्यौं, फ्ल्यास कार्डहरू सिर्जना गर्यौं र अनुहारहरू अध्ययन गर्न र नामहरू याद गर्न सुरू गर्यौं ।

हामी आइपुगेपछि, हामीले सुसमाचार प्रचारकहरूसँग परिचयात्मक सम्मेलनहरू आयोजना गर्यौं । जब हामी घुलमेल हुँदा मैले हाम्रो नौ वर्षको छोराका कुरा सुनेँ:

“तपाईंलाई भेटेर खुशी लाग्यो, साम!”

“रचेल, तपाईं कहाँको हुनुहुन्छ?”

“आहा, डेभिड, तपाईं अग्लो हुनुहुन्छ!”

चिन्तित हुँदै म हाम्रो छोराकहाँ गएँ र बिस्तारै भनेँ, “हे, सुसमाचार प्रचारकहरूलाई एल्डर वा सिस्टर भनेर सम्बोधन गर्न नबिर्सिनू ।”

उसले मलाई आश्चर्यचकित नजरले हेर्यो र भन्यो, “बुबा, मलाई लाग्यो कि हामीलेउहाँहरूको नामकण्ठ गर्नुपर्छ ।” हाम्रो छोराले आफ्नो बुझाइका आधारमा उसलाई जे सही लाग्यो त्यही गर्यो ।

त्यसोभए, आजको संसारमा सत्यको हाम्रो बुझाइ के हो? हामीलाई निरन्तर तीव्र विचार, पक्षपाती समाचार सम्प्रेषण र अपूर्ण तथ्याङ्कहरू रूपी गोलीवर्षा गरिरहिन्छ । एकै समयमा, यो जानकारीको मात्रा र स्रोतहरू फैलिरहेका छन् । सत्यलाई पहिचान गर्न हाम्रो आवश्यकता यति महत्त्वपूर्ण कहिल्यै भएको छैन!

परमेश्वरसँगको सम्बन्ध स्थापित् गर्न र मजबुत बनाउन, शान्ति र प्रसन्नता प्राप्त गर्न र हाम्रो दैवी सम्भाव्यतामा पुग्नका लागि सत्य महत्त्वपूर्ण छ । आज निम्न प्रश्नहरू विचार गरौँ:

  • सत्य के हो र यो किन महत्त्वपूर्ण छ?

  • हामी कसरी सत्य पत्ता लगाउन सक्छौँ?

  • जब हामीले सत्य प्राप्त गर्छौँ, हामी यसलाई कसरी बाँढ्न सक्छौँ?

अनन्त सत्य

परमप्रभुले हामीलाई धर्मशास्त्रमा सिकाउनुभएको छ कि “सत्य भनेको बिषयवस्तुहरूका ज्ञान जस्ता छन्,जस्तै थिए, र जस्तै हुने छन्” (सिद्धान्त र करार ९३:२४) । यो “सृष्टि गारिएको वा निर्माण गरिएको होइन” (सिद्धान्त र करार ९३:२९) र यसको कुनै अन्त छैन (सिद्धान्त र करार ८८:६६) । सत्य निरपेक्ष, स्थिर र अपरिवर्तनीय छ। अर्को शब्दमा, सत्य अनन्त छ ।

सत्यले हामीलाई धोकालाई परित्याग गर्न सहयोग गर्छ, दुष्टबाट असल छुट्याउन, सुरक्षा प्राप्त गर्न, र सान्त्वना र चंगाई प्राप्त गर्न सहयोग गर्छ । सत्यले हाम्रा कार्यहरूलाई पनि मार्गदर्शन गर्न सक्छ, हामीलाई स्वतन्त्र बनाउन सक्छ, हामीलाई पवित्र पार्न सक्छ, र हामीलाई अनन्त जीवनतर्फ अगुवाइ गर्न सक्छ ।१०

परमेश्वरले अनन्त सत्य प्रकट गर्नुहुन्छ

परमेश्वरले हामीलाई उहाँ स्वयम्, येशू ख्रीष्ट, पवित्र आत्मा, अगमवक्ताहरू र हामी समावेश भएका प्रकटका सम्बन्धहरूको सञ्जालका माध्यमद्वारा अनन्त सत्य प्रकट गर्नुहुन्छ । मलाई यस प्रक्रियामा प्रत्येक सहभागीले निर्वाह गर्ने भिन्न तर अन्तरसम्बन्धित भूमिकाहरू छलफल गरौँ ।

पहिलो, परमेश्वर नैअनन्त सत्यको स्रोत हुनुहुन्छ ।११ उहाँ र उहाँका पुत्र, येशू ख्रीष्ट, सँग सत्यको पूर्ण बुझाइ छ १२ र सदैव सत्य सिद्धान्तहरू र नियमहरू अनुरूप कार्य गर्नुहुन्छ ।१३ यो शक्तिले उनीहरूलाई संसारको सृष्टि गर्न र प्रशासन गर्नुका साथै हामी प्रत्येकलाई पूर्ण रूपमा प्रेम गर्न, मार्गदर्शन गर्न र पालनपोषण गर्न अनुमति दिन्छ ।१५ उहाँहरू चाहनुहुन्छ कि हामीले सत्यलाई बुझौं र लागू गरौँ ताकि हामीले उहाँहरूले प्रदान गर्ने आशीर्वादहरूको आनन्द लिन सकौं ।१६ उहाँहरूले व्यक्तिगत रूपमा वा अति नै साधारण रूपमा, पवित्र आत्मा, स्वर्गदूतहरू वा जीवित अगमवक्ताहरू जस्ता सन्देशवाहकहरूद्वारा सत्य प्रदान गर्न सक्नुहुन्छ ।

दोस्रो, पवित्र आत्माले सबै सत्यको गवाही दिन्छ ।१७ उहाँले हामीलाई प्रत्यक्ष रूपमा सत्य प्रकट गर्नुहुन्छ र अरूहरूले सिकाएको सत्यको गवाही दिनुहुन्छ । आत्माबाट प्रभावहरू सामान्यतया हाम्रा मस्तिष्कहरूमा विचारहरू र हाम्रा हृदयहरूमा भावनाहरूका रूपमा आउँछन् ।१८

चौथो, अगमवक्ताहरूले परमेश्वरबाट सत्य प्राप्त गर्नुहुन्छ र त्यो सत्य हामीसँग बाँढ्नुहुन्छ ।१९ हामीले धर्मशास्त्रमा विगतका अगमवक्ताहरूबाट२० र साधारण सम्मेलनमा र सञ्चारका अन्य आधिकारिक तरिकाहरूद्वारा जीवित अगमवक्ताहरूबाट सत्य प्राप्त गर्छौँ ।

अन्तमा, तपाईंहरू र मैले यो प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छौँ । उहाँले हामीले अन्वेषण गरेको, सत्यलाई पहिचान गर्न र सत्यलाई प्राप्त गरेपछि त्यसलाई उपयोग गर्ने अपेक्षा गर्नुहुन्छ ।परमेश्‍वरले हामीले सत्य खोजेको, चिन्ने र कार्य गरेको आशा गर्नुहुन्छ । सत्यलाई ग्रहण गर्ने र लागू गर्ने हाम्रो क्षमता पिता र पुत्रसँगको हाम्रो सम्बन्धको समार्थ्य, पवित्र आत्माको प्रभावप्रति हाम्रो प्रतिक्रिया र पछिल्ला दिनका अगमवक्ताहरूसँगको हाम्रो मार्गरेखामा निर्भर छ ।

शैतानले हामीलाई सत्यबाट टाढा राख्न प्रयास गर्छ भनेर हामीले बुझ्नु पर्छ । उसलाई थाहा छ कि सत्य बिना, हामीले अनन्त जीवन प्राप्त गर्न सक्दैनौँ । परमेश्वरद्वारा बताइएका बिषयहरूबाट हामीलाई भ्रमित पार्न र विचलित बनाउन उसले सांसारिक दर्शनलाई सत्यका धागाहरूसँग बुनिदिन्छ ।२१

अनन्त सत्यको अन्वेषण, पहिचान र उपयोग

जब हामी सत्यको अन्वेषण गर्छौँ,२२ निम्न दुई प्रश्नहरूले हामीलाई कुनै अवधारणा परमेश्वर वा अर्कै कुनै स्रोतबाट आएको हो भनेर पहिचान गर्न सहयोग गर्न सक्छ:

  • के यो अवधारणा धर्मशास्त्रहरू वा जीवित अगमवक्ताहरूका वचनहरूमा निरन्तर सिकाइन्छ?

  • के यो अवधारणा पवित्र आत्माको गवाहीद्वारा प्रमाणित हुन्छ?

परमेश्वरले अगमवक्ताहरूद्वारा सैद्धान्तिक सत्यहरू प्रकट गर्नुहुन्छ र पवित्र आत्माले ती सत्यहरूलाई हामीमा पुष्टि गर्न र तिनीहरूली लागू गर्न सहयोग गर्छ । ।२३ आध्यात्मिक प्रभावहरू आउँदा हामीले यी प्रभावहरू प्राप्त गर्न खोज्नु पर्छ र तयार हुनुपर्छ ।२४ हामी सबैभन्दा अधिक आत्माको गवाहीलाई ग्रहणशील गर्न सक्षम हुन्छौँ तब हामी विनम्र हुन्छौँ,२५ इमान्दारितापूर्वक प्रार्थना गर्छौँ र परमेश्वरका वचनहरू अध्ययन गर्छौँ,२६ र उहाँका आज्ञाहरू पालना गर्छौँ ।२७

एकपटक पवित्र आत्माबाट कुनै विशेष सत्यका सम्बन्धमा प्रमाणीकरण प्राप्त गरिसके पछि, हामीले त्यो सिद्धान्तलाई व्यवहारमा उतार्दा हाम्रो बुझाइ अझै गहन हुन्छ । जब हामी निरन्तर त्यो सिद्धान्तमा जिउँछौँ, हामीले त्यस सत्यको निश्चित ज्ञान प्राप्त गर्छौं ।28समयको साथ, हामी निरन्तर सिद्धान्तमा बाँचिरहेका छौं, हामी त्यो सत्यको निश्चित ज्ञान प्राप्त गर्छौं।28

उदाहरणका लागि, मैले गल्तीहरू गरेको छु र खराब छनोटहरूका लागि पश्चाताप महसुस गरेको छु । परन्तु प्रार्थना, अध्ययन र येशू ख्रीष्टमा विश्वास गरेर, मैले पश्चात्तापको सिद्धान्तको गवाही प्राप्त गरेको छु ।२९ मैले पश्चात्ताप गरिरहँदा, पश्चात्तापको मेरो बुझाइ मजबुत हुँदै गयो । मैले परमेश्वर र उहाँका पुत्रको नजिक भएको महसुस गरेँ । अब मलाई थाहा छ कि येशू ख्रीष्टद्वारा पापको क्षमापन हुन सक्छ, किनकि म हरेक दिन पश्चात्तापको आशीर्वाद अनुभव गर्छु ।३०

सत्य अझै प्रकट नभएको समयमा परमेश्वरमा भरोसा गर्ने

त्यसोभए, इमानदारितापूर्वक हामीले अन्वेषण गर्दा पनि सत्य प्रकट नगरि सकिएको समयमा हामीले के गर्नु पर्छ? प्राप्त नहुने जस्ता देखिने उत्तरहरू अन्वेषण गर्नेहरूप्रति मेरो अधिक करुणा छ ।

जोसेफ स्मिथलाई, परमप्रभुले सल्लाह दिनुभयो, “यस बिषय … का सम्बन्धमा सबै बिषयवस्तुहरू बताउनका लागि मैले उपयुक्त नदेखेसम्म तिम्रो शान्ति कायम राख” (सिद्धान्त र करार १०:३७) ।

अनि एमा स्मिथलाई, उहाँले बताउनुभयो, “तिमीले नदेखेका बिषयहरूका कारण गनगन नगर, किनकि ती तिमीबाट र संसारबाट रोकिएका छन्, जुन आगामी समयको मेरो ज्ञान हो” (सिद्धान्त र करार२५:४) ।

मैले पनि अन्तरहृदयका प्रश्नहरूको जवाफ खोजेको छु । धेरैको जवाफ आएका छन्, कतिपय आएका छैनन् । धेरै जवाफ आएका छन्; कसैलाई छैनन् ।31 परमेश्वरको ज्ञान र प्रेममा भरोसा राख्दै, उहाँका आज्ञाहरू पालना गर्दै र हामीलाई जानकारी भएका बिषयहरूमा निर्भर रहँदै — उहाँले सबै बिषयहरूको सत्यता प्रकट नगरेसम्म—हामी त्यसमा रहिरहन्छौँ भने उहाँले हामीलाई शान्ति प्राप्त गर्न सहयोग गर्नुहुन्छ ।३२

सिद्धान्त र नीतिहरू बुझ्ने

सत्य अन्वेषण गर्दा, यसले सिद्धान्त र नीति बीचको भिन्नता बुझ्न सहयोग गर्छ । सिद्धान्तले अनन्त सत्यहरूलाई बुझाउँछ, जस्तै देवप्रमुखको प्रकृति, मुक्तिको योजना र येशू ख्रीष्टको प्रायश्चितको बलिदान । नीति भनेको वर्तमान परिस्थितिमा आधारित सिद्धान्तको प्रयोग हो । नीतिले हामीलाई चर्चलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ ।

जबकि सिद्धान्त कहिल्यै परिवर्तन हुँदैन, नीति समय समयमा समायोजन हुन्छ । परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा आफ्नो सिद्धान्तलाई समर्थन गर्न आफ्ना सन्ततिहरूका आवश्यकता अनुसार चर्च नीतिहरू परिमार्जन गर्नका लागि कार्य गर्नुहुन्छ ।

दुर्भाग्यवश, हामी कहिलेकाहीँ नीतिलाई सिद्धान्तका रुपमा लिन्छौँ । यदि हामीले भिन्नता बुझेनौँ भने, नीतिहरू परिवर्तन हुँदा हामी भ्रममा पर्न सक्छौँ, र परमेश्वरको ज्ञान वा आगमवक्ताहरूको प्रकाशकको भूमिकामाथि नै प्रश्न उठाउन सुरू गर्छौँ ।३३

अनन्त सत्य सिकाउने

जब हामीले परमेश्वरबाट सत्य प्राप्त गर्छौं, उहाँले हामीलाई त्यो ज्ञान अरूहरूलाई बाँढ्न प्रोत्साहन गर्नुहुन्छ ।३४ हामीले कक्षामा सिकाउँदा, बालबालिकालाई मार्गदर्शन गर्दा वा मित्रसँग सुसमाचारको सत्यताका सम्बन्धमा छलफल गर्दा हामी यसो गर्छौं ।

हाम्रो उद्देश्य भनेको पवित्र आत्माको परिवर्तन गर्ने शक्तिलाई आमन्त्रण गर्ने तरिकामा सत्य सिकाउनु हो३५ मलाई परमप्रभु र उहाँका अगमवक्ताहरूबाट सहयोग गर्न सक्ने सरल, आमन्त्रणहरू बाँढ्न दिनुहोस् ।३६

  1. स्वर्गका पिता, येशू ख्रीष्ट र उहाँहरूका आधारभूत सिद्धान्तमा केन्द्रित ।३७

  2. धर्मशास्त्र र पछिल्ला दिनका अगमवक्ताहरूको शिक्षामा निर्भर रहनुहोस् ।३८

  3. धेरै आधिकारिक साक्षीहरूद्वारा स्थापित् सिद्धान्तमा निर्भर रहनुहोस् ।३९

  4. अनुमान, व्यक्तिगत अभिमत वा सांसारिक अबधारणाहरूलाई परित्याग गर्नुहोस् ।४०

  5. सन्तुलित बुझाइलाई प्रोत्साहन गर्न सुसमाचारका सत्यहरूसँग सम्बन्धित सन्दर्भमा रहेर कुनै एक सिद्धान्त सिकाउनुहोस् ।४१

  6. आत्माको प्रभावलाई आमन्त्रण गर्ने शिक्षण विधिहरू प्रयोग गर्नुहोस् ।४२

  7. मिथ्याबोध परित्याग गर्न स्पष्ट रूपमा वार्तालाप गर्नुहोस् ।४३

प्रेममा सत्य बोल्ने

हामीले सत्यलाई कसरी सिकाउँछौँ भन्ने बिषय वास्तवमा नै महत्त्वपूर्ण हुन्छ । पावलले हामीलाई “प्रेममा सत्य” बोल्न प्रोत्साहन गर्नुभयो (हेर्नुहोस् एफिसी ४:१४-१५) । ख्रीष्टीय प्रेम सहित व्यक्त गर्दा सत्यले अरूहरूलाई आशीषित गर्ने उत्तम अवसर हुन्छ ।४४

प्रेम बिना सिकाइएको सत्यले मूल्याङ्कन, निराशा र एकाकीपनको भावना सिर्जना गर्न सक्छ । यसले प्रायश: असन्तुष्टि, विभाजन र द्वन्द्व—समेत निम्त्याउँछ । अर्कोतर्फ, सत्य बिनाको प्रेममा खोक्रोपना र उन्नतिको प्रतिज्ञाको अभाव छ ।

सत्य र प्रेम दुबै हाम्रो आध्यात्मिक विकासका लागि आवश्यक छन् ।४५ सत्यले अनन्त जीवन प्राप्त गर्नका लागि आवश्यक सिद्धान्त, आचरणहरू र नियमहरू प्रदान गर्छ भने, प्रेमले सत्यलाई अँगाल्न र त्यसमा कार्य गर्न आवश्यक प्रेरणा प्रदान गर्छ ।

म अरूहरूका लागि सदैव आभारी छु जसले मलाई धीरतापूर्वक प्रेम सहित अनन्त सत्य सिकाउनुभयो ।

निष्कर्ष

अन्तमा, मलाई अनन्त सत्यहरू बाँढ्न दिनुहोस् जुन मेरो आत्माका लागि सहारा बनेको छ । आज चर्चा गरिएका सिद्धान्तहरूको पालना गरेर मैले यी सत्यहरूका सम्बन्धमा बुझेको छु ।

मलाई थाहा छ कि परमेश्वर हाम्रा स्वर्गका पिता हुनुहुन्छ ।४६ उहाँले सबै बुझ्नुहुन्छ,४७ सबै शक्तिशाली,४८ र पूर्ण रूपमा प्रेमपूर्ण हुनुहुन्छ ।४९ उहाँले एउटा योजना निर्माण गर्नुभयो जसले हामीलाई अनन्त जीवन प्राप्त गर्न र उहाँ जस्तै बन्न सक्षम बनाउँछ ।५०

त्यो योजनाको एक अंशका रूपमा, उहाँले आफ्ना पुत्र, येशू ख्रीष्टलाई हामीहरूलाई सहयोग गर्न पठाउनुभयो ।५१ येशूले हामीलाई पिताको चाहना पूरा गर्न५२ र एकअर्कालाई प्रेम गर्न सिकाउनुभयो ।५३ उहाँले हाम्रा पापहरूका लागि प्रायश्चित गर्नुभयो५४ र क्रूसमा आफ्नो जीवन परित्याग गर्नुभयो ।५५ उहाँ तीन दिनपछि मृत्युबाट बौरी उठ्नुभयो ।५६ ख्रीष्ट र उहाँको अनुग्रहद्वारा, हामी पुनरुत्थान हुने छौँ,५७ हामीलाई क्षमा गर्न सकिन्छ,५८ र हामीले दुःखमा सामर्थ्य प्राप्त गर्न सक्छौँ ।५९

आफ्नो भौतिक सेवाका क्रममा, येशूले आफ्नो चर्च स्थापना गर्नुभयो ।६० समय सँगै, त्यो चर्च परिवर्तन भयो र सत्यहरू हराए ।६१ येशू ख्रीष्टले आफ्नो चर्च र सुसमाचारका सरल र बहुमूल्य सत्यहरूलाई अगमवक्ता जोसेफ स्मिथद्वारा पुनर्स्थापित् गर्नुभयो ।६२ अनि आज, ख्रीष्टले जीवित अगमवक्ताहरू र प्रेरितहरूद्वारा आफ्नो चर्चको नेतृत्व गर्न निरन्तरता दिइरहनुभएको छ ।६३

मलाई थाहा छ कि हामी ख्रीष्टमा आउँदा, हामी अन्ततः “उहाँमा पूर्ण” हुन सक्छौँ (मोरोनी १०:३२), “प्रसन्नताको पूर्णता” (सिद्धान्त र करार ९३:३३) प्राप्त गर्न सक्छौँ र “[पितासँग] भएका सबै बिषयहरू प्राप्त गर्न सक्छौँ” (सिद्धान्त र करार ८४:३८) । यी अनन्त सत्यहरूलाई म येशू ख्रीष्टको पवित्र नाममा गवाही दिन्छु, आमीन ।

सूचीहरू:

  1. हेर्नुहोस् भजनसङ्ग्रह ११७:२; सिद्धान्त र करार १:३९

  2. “कतिपयको शङ्काका विपरित, त्यहाँ वास्तवमै सही र गलत जस्ता बिषयहरू छन् । त्यहाँ वास्तवमा नै परम सत्य शाश्वत सत्य । हाम्रा दिनका विपत्तिहरू मध्ये एक यो हो कि सत्यका लागि कहाँ जाने भनेर अति नै कम मानिसहरूलाई जानकारी छ” (रसेल एम्. नेल्सन, “Pure Truth, Pure Doctrine, and Pure Revelation,” लियाहोना, नोभेम्वर २०२१, ६) ।

  3. हेर्नुहोस् जोसेफ स्मिथको—मत्ती १:३७

  4. हेर्नुहोस् मोरोनी ७:१९

  5. हेर्नुहोस् २ नफी १:९; सिद्धान्त र करार १७:८

  6. हेर्नुहोस् याकूब २:८

  7. हेर्नुहोस् भजनसङ्ग्रह ११९:१०५; २ नफी ३२:३

  8. हेर्नुहोस यूहन्ना ११:३५; सिद्धान्त र कारार ९८:८

  9. हेर्नुहोस् यूहन्ना १७:१७

  10. २ नफी ३१:२०हेर्नुहोस् ।

  11. हेर्नुहोस् सिद्धान्त र करार ८८:११-१३; ९३:३६

  12. यूहन्ना ५:१९-२० हेर्नुहोस्; ७:१६; ८:२६; १८:३७; मोशा १:६

  13. हेर्नुहोस् अल्मा ४२:१२-२६; सिद्धान्त र करार ८८:४१

  14. हेर्नुहोस् १:३०–३९

  15. हेर्नुहोस् २ नफी २६:२४

  16. हेर्नुहोस् सिद्धान्त र करार ८२:८-९

  17. हेर्नुहोस् यूहन्ना १६:१३; याकूब ४:१३; मोरोनी १०:५; सिद्धान्त र करार ५०:१४; ७५:१०; ७६:१२; ९१:४; १२४:९७

  18. हेर्नुहोस् सिद्धान्त र करार ६:२२–२३; ८:२-३

  19. हेर्नुहोस् यर्मिया १:५, ७; आमोस ३:७; मत्ती २८:१६-२०; मोरोनी ७:३१; सिद्धान्त र करार १:३८; २१:१-६; ४३:१-७। अगमवक्ता “परमेश्वरद्वारा बोलावट गरिनु भएका र परमेश्वरसँग वार्तालाप गर्ने व्यक्ति हुनुहुन्छ । परमेश्वरको सन्देशवाहकका रूपमा, एक अगमवक्ताले परमेश्वरबाट आज्ञाहरू, अगमवाणीहरू र प्रकाशहरू प्राप्त गर्नुहुन्छ । परमेश्वरको चाहना र मानव जातिका लागि वास्तविक चरित्र प्रकट गर्नु र तिनीहरूसँग उहाँको व्यवहारको अर्थ देखाउनु उहाँको उत्तरदायित्व हो । एक अगमवक्ताले पापको निन्दा गर्नुहुन्छ र यसका परिणामहरूको भविष्यवाणी गर्नुहुन्छ । उहाँ पवित्रताको सन्देश संप्रेसण गर्नुहुन्छ । कहिलेकाहीँ, अगमवक्ताहरू मानव जातिको हितका लागि भविष्यको भविष्यवाणी गर्न प्रेरित हुन सक्नुहुन्छ । तथापि, उहाँको प्रमुख उत्तरदायित्व ख्रीष्टको गवाही दिनु हो । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्ष आज पृथ्वीमा परमेश्वरका अगमवक्ता हुनुहुन्छ । प्रथम अध्यक्षताका सदस्यहरू र बाह्र प्रेरितहरू अगमवक्ताहरू, द्रष्टाहरू र प्रकाशकहरूका रूपमा समर्थन गरिएका हुनुहुन्छ” (Guide to the Scriptures, “अगमवक्ता,” सुसमाचारको पुस्तकालय) । यी सिद्धान्तहरूका उदाहरणहरू आदमको जीवनमा पाइन्छ (हेर्नुहोस् मोशा ६:५१-६२), हनोक (हेर्नुहोस् मोशा ६:२६-३६, नोआ (हेर्नुहोस् मोशा ८:१९, २३-२४), अब्राहाम (हेर्नुहोस् उत्पत्ति १२ :१-३; अब्राहाम २:८-९), मोशा (हेर्नुहोस् प्रस्थान ३:१-१५; मोशा १:१-६, २५-२६), पत्रुस (हेर्नुहोस् मत्ती १६:१३-१९), र जोसेफ स्मिथ ( सिद्धान्त र करार ५:६-१०; २०:२; २१:४-६हेर्नुहोस् ।

  20. हेर्नुहोस २ तिमोथी ३:१६

  21. हेर्नुहोस यूहन्ना ८:४४; २ नफी २:१८; सिद्धान्त र करार ९३:३९; मोशा ४:४.

  22. हेर्नुहोस् १ नफी १०:१९ । “हामीले [परमेश्वरको] सत्य अन्वेषण गर्दा र त्यस अन्वेषणका लगि स्रोतहरू छनोट गर्दा हामी सतर्क हुनु पर्छ । हामीले धर्मनिरपेक्ष विशिष्ठता वा अधिकारलाई योग्य स्रोतका रूपमा लिनु हुँदैन । … जब हामी धर्मका सम्बन्धमा सत्य अन्वेषण गर्छौँ, हामीले त्यो अन्वेषण गर्नका लागि उपयुक्त आध्यात्मिक विधिहरू प्रयोग गर्नु पर्छ: प्रार्थना, पवित्र आत्माको गवाही र धर्मशास्त्रको अध्ययन र आधुनिक अगमवक्ताहरूका वचनहरू” (“Truth and the Plan,” लियाहोना, नोभेम्वर २०१८, २५) ।

  23. एल्डर डी. टड क्रिस्टोफरसनले सिकाउनुभयो: “प्रेरितहरू र अगमवक्ताहरूले … परमेश्वरका वचन घोषणा गर्नुहुन्छ तर यसका अतिरिक्त, हामी विश्वास गर्छौं कि पुरुष र महिलाहरू सामान्यतया र बालबालिकाहरूले समेत प्रार्थना र धर्मशास्त्रहरूको अध्ययनको प्रतिक्रियामा दैवी प्रेरणाबाट सिक्न र निर्देशित हुन सक्नुहुन्छ । … येशू ख्रीष्टको चर्चका सदस्यहरूलाई पवित्र आत्माको उपहार दिइएको छ, जसले उहाँहरूका स्वर्गका पितासँग निरन्तर वार्तालापको सुविधा दिन्छ । … यसको अर्थ यो होइन कि प्रत्येक सदस्यले चर्चका लागि बोल्नुहुन्छ वा यसका सिद्धान्तहरूलाई परिभाषित गर्न सक्नुहुन्छ तर प्रत्येकले आफ्नो जीवनका चुनौतीहरू र अवसरहरूको व्यवहारमा दैवी निर्देशन प्राप्त गर्न सक्नुहुन्छ” (“The Doctrine of Christ,” लिआहोना, मे २०१२, ८९-९०, नोट २) ।

  24. हेर्नुहोस् २ नफी ३३:१-२

  25. हेर्नुहोस् सिद्धान्त र करार १:२८

  26. हेर्नुहोस मोरोनी १०:३-५; सिद्धान्त र करार ९:७-९; ८४:८५

  27. हेर्नुहोस् सिद्धान्त र करार ५:३५; ६३:२३; ९३:२७-२८। हाम्रो इमान्दार् प्रयासहरूका बावजुद, हामी मध्ये केही अझै पनि मानसिक स्वास्थ्यका चुनौतीहरूका कारण आत्मा महसुस गर्न सङ्घर्ष गर्न सक्छौँ । डिप्रेसन, चिन्ता र अन्य न्यूरोलोजिकल अवस्थाहरूले पवित्र आत्मालाई पहिचान गर्नमा जटिलता थप्न सक्छन् । यस्तो अवस्थामा, परमप्रभुले हामीलाई सुसमाचारमा जिउन निरन्तरता दिन आमन्त्रण गर्नुहुन्छ, र उहाँले हामीलाई आशीर्वाद दिनुहुने छ (हेर्नुहोस् मोसीयाह २:४१) । हामीले पवित्र सङ्गीत सुन्ने, सेवामा संलग्न हुने वा प्रकृतिमा समय बिताउने जस्ता थप क्रियाकलापहरू खोज्न सक्छौँ जसले हामीलाई आत्माको फल महसुस गर्न सहयोग गर्छ (हेर्नुहोस् गलाती ५:२२-२३) र परमेश्वरसँगको हाम्रो सम्बन्धलाई मजबुत बनाउँछ ।

    एल्डर जेफ्री आर. हल्यान्डले यसो भन्नुभयो: “त्यसोभए तपाईंहरू वा तपाईंहरूले प्रेम गर्नेहरूले मानसिक वा संवेगात्मक चुनौतीहरूले सामना गर्नुपर्दा तपाईंहरू कसरी सर्वोत्तम प्रतिक्रिया दिनुहुन्छ? सबै भन्दा माथि, स्वर्गमा रहनुहुने तपाईंहरूका पितामा आस्था कहिल्यै नगुमाउनुहोस्, जसले तपाईंलाई तपाईंले बुझ्न सक्ने भन्दा बढी प्रेम गर्नुहुन्छ । … आस्थापूर्वक तपाईंको जीवनमा परमप्रभुको आत्मा ल्याउने समय-परीक्षित भक्तिका अभ्यासहरूलाई अनुसरण गर्नुहोस् । तपाईंको आध्यात्मिक कल्याणका लागि साँचाहरू धारण गर्नेहरूको सल्लाह लिनुहोस् । पादरित्वका आशीर्वादहरूका लागि आग्रह गर्नुहोस् र सम्मान गर्नुहोस् । प्रत्येक हप्ता प्रभुभोज लिनुहोस् र येशू ख्रीष्टको प्रायश्चितको पूर्ण प्रतिज्ञाहरूलाई दृढतापूर्वक ग्रहण गर्नुहोस् । चमत्कारमा विश्वास गर्नुहोस् मैले धेरैलाई आएका देखेको छु जब हरेकले अर्को सङ्केतले आशा हराएको छ भनेर भन्थ्यो । आशा कहिल्यै हराउँदैन” (“Like a Broken Vessel,” लियाहोना, नोभेम्वर २०१३, ४०-४१) ।

  28. हेर्नुहोस् यूहन्ना ७:१७; अल्मा ३२:२६-३४। अन्ततः, हामीले सबै बिषयहरू नबुझेसम्म परमेश्वरले हामीले सत्यता प्राप्त गरून् भन्ने चाहनुहुन्छ “क्रममाथि क्रमसम्म, शिक्षामाथि शिक्षासम्म” (हेर्नुहोस् हितोपदेश २८:५; २ नफी २८:३०; सिद्धान्त र करार ८८:६७; ९३:२८) ।

  29. हेर्नुहोस् १ यूहन्ना १:९-१०; २:१–२

  30. अध्यक्ष नेल्सनले सिकाउनुभयो: “हाम्रो व्यक्तिगत प्रगतिका लागि नियमित पश्चात्तापमा दैनिक रूपमा केन्द्रित हुनु भन्दा बढी मुक्तिदायक, बढी प्रभावशाली वा बढी महत्वपूर्ण केही बिषय छैन । पश्चात्ताप एक घटना होइन; यो एउटा प्रक्रिया हो। यो खुशी र मनको शान्तिको साँचो हो । आस्था सँग समायोजन हुँदा पश्चात्तापले येशू ख्रीष्टको प्रायश्चितको शक्तिमा हाम्रो पहुँच खोल्छ” (“We Can Do Better and Be Better,” लिआहोना, मे २०१९, ६७) ।

  31. परमेश्वरले हामीबाट केही अनन्त सत्यहरूलाई रोक्नुहुने सबै कारणहरू मलाई थाहा छैन, तर एल्डर ओर्सन एफ. ह्विटनीले एउटा रोचक अन्तर्दृष्टि प्रदान गर्नुभयो: “आस्थाको अभ्यासले आत्मिक विकास हुन्छ, नदेखेर नै विश्वास गर्नु नै धन्य हो, मानिसको भौतिक अस्तित्वका वस्तुहरू; जबकि ज्ञानले आस्थालाई विलिन पार्छ, त्यसको अभ्यासलाई रोक्छ, जसले गर्दा त्यो विकासमा व्यवधान पुग्छ । ‘ज्ञान शक्ति हो’; र सबै बिषयहरू समयमा नै जानकारी हुनु पर्छ । परन्तु असामयिक ज्ञान - गलत समयमा बुझ्नु - प्रगति र खुशी दुबैका लागि घातक हुन्छ” (“The Divinity of Jesus Christ,” Improvement Era, जनवरी १९२६, २२२; लियाहोना, डिसेम्वर २००३, १४-१५ पनि हेर्नुहोस्) ।

  32. हेर्नुहोस् सिद्धान्त र करार ७६:५–१०। परमप्रभुले हाइरम स्मिथलाई पनि सल्लाह दिनुभयो “मेरा वचन घोषणा गर्न नखोज, तर पहिले मेरो वचन प्राप्त गर्न खोज । … आफ्नो शान्ति कायम राख [र] मेरा वचन अध्ययन गर” (सिद्धान्त र करार ११:२१-२२) । अगमवक्ता अल्माले अनुत्तरित प्रश्नहरूलाई व्यवस्थापन गर्नका लागि उदाहरण प्रदान गर्नुहुन्छ: “यी रहस्यहरू अझै मलाई पूर्ण रूपमा प्रकट गरिएको छैन; त्यसकारण म धीरता राक्छु” (अल्मा ३७:११) । उहाँले आफ्ना छोरा कोरियान्तोनलाई पनि बताउनु भयो कि “त्यहाँ धेरै रहस्यहरू छन् जुन राखिएका छन्, कि तिनीहरूलाई परमेश्वर बाहेक कसैले बुझ्दैन” (अल्मा ४०:३) । प्रश्न सोधिएको समयमा आफूले जवाफ दिन नसक्दाको अवस्थामा नफीले दिनुभएको प्रतिक्रियाबाट पनि मैले सामर्थ्य प्राप्त गरेको छु; “म बुझ्छु कि [परमेश्वरले] आफ्ना सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ; यद्यपि, सबै विषयहरूको अर्थ मलाई थाहा छैन” (१ नफी ११:१७) ।

  33. त्यसैगरी, सांस्कृतिक परम्पराहरू सिद्धान्त वा नीति होइनन् । यदि तिनीहरूले हामीलाई सिद्धान्त र नीतिहरूलाई अनुशरण गर्न सहयोग गर्छन् भने तिनीहरू उपयोगी हुन सक्छन्, तर तिनीहरू सत्य सिद्धान्तहरूमा आधारित छैनन् भने तिनीहरूले हाम्रो आध्यात्मिक विकासमा पनि व्यवधान पुऱ्याउन सक्छन् । हाम्रो आस्था निर्माण गर्न वा अनन्त जीवनतर्फ अघि बढ्न हामीलाई सहयोग नगर्ने परम्पराहरूलाई हामीले परित्याग गर्नु पर्छ ।

  34. हेर्नुहोस् सिद्धान्त र करार १५:५; ८८:७७–७८

  35. हेर्नुहोस् सिद्धान्त र करार ५०:२१–२३

  36. फेब्रूवरी २०२३ मा प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणद्वारा अनुमोदित “सैद्धान्तिक विशुद्धता सुनिश्चित गर्नका लागि सिद्धान्तहरू” भन्ने दस्तावेजबाट साभार गरिएको ।

  37. हेर्नुहोस् १ नफी १५:१४। परमप्रभुले आफ्ना सेवकहरूलाई उहाँको सुसमाचारमा केन्द्रित नभएका सिद्धान्तहरू वा अवधारणाहरूमा ध्यान केन्द्रित नगर्न निर्देशन दिनुभयो: “अनि धार्मिक सिद्धान्तहरूका सम्बन्धमा तिमीले कुरा गर्नु हुँदैन, तर तिमीले पश्चात्ताप र मुक्तिदातामा आस्थाको घोषणा गर्नु पर्छ, र बप्तिस्माद्वारा र आगोद्वारा पापहरूबाट छुट्कारा, हो, पवित्र आत्माद्वारा समेत । (सिद्धान्त र करार १९:३१) ।

    एल्डर निल एल एन्डरसनले यसो भन्नुभयो: “हामी मुक्तिदाता येशू ख्रीष्ट र उहाँको प्रायश्चितको बलिदानको उपहारमा ध्यान केन्द्रित गरौँ । यसको अर्थ यो होइन कि हामीले आफ्नै जीवनका अनुभव बताउन वा अरूहरूबाट विचार बाँढ्न सक्दैनौँ । हाम्रो बिषय परिवार वा सेवा वा मन्दिर वा भर्खरैको सुसमाचार सेवाका सम्बन्धमा हुन सक्छ, सबै बिषयहरूले … परमप्रभु येशू ख्रीष्टलाई निर्देष्ट गर्नु पर्छ” (“We Talk of Christ,” लियाहोना, नोभेम्वर २०२०, ८९-९०) ।

  38. हेर्नुहोस् सिद्धान्त र करार २८:२–३, ८। अगमवक्ता अल्माले सुसमाचार प्रचार गर्न नियुक्त भएकाहरूलाई “उहाँले सिकाउनुभएका बिषयहरू र पवित्र अगमवक्ताहरूको मुखबाट बोलिएका बिषयहरू बाहेक अन्य केही नसिकाउन” भनेर सल्लाह दिनुभयो (मोसीयाह १८:१९) ।

    अध्यक्ष हेनरी बी आइरिङले घोषणा गर्नुभयो, “सिद्धान्तको घोषणा गर्ने उत्तरदायित्व प्राप्त गरेका हामीहरूले मानक कार्यहरू र आगमवक्ताहरूका शिक्षामा समावेश भएका चर्चका आधारभूत सिद्धान्तहरू सिकाउनै पर्छ” (“The Lord Will Multiply the Harvest” [evening with a General Authority, Feb. 6, 1998], फेब्रूवरी ६, १९९८], Teaching Seminary: Preservice Readings [२००४], ९६) ।

    एल्डर डी. टड क्रिस्टोफरसनले गवाही दिनुभयो कि “प्राचीन समय जस्तै, आज पनि चर्चमा, ख्रीष्टका सिद्धान्तहरू स्थापित् गर्नु वा सैद्धान्तिक विचलनहरूलाई सुधार गर्नु दैवी प्रकाश प्रदान गरिएका परमप्रभुका धार्मिक अधिकारीहरूको बिषय हो” (“The Doctrine of Christ,”लियाहोना,” ८६) ।

  39. हेर्नुहोस् २ कोरिन्थी १३:१; २ नफी ११:३, एतेर ५:४; सिद्धान्त र करार ६:२८। एल्डर निल एल् एन्डरसनले यस्तो टिप्पणी गर्नुभयो: “कतिपयले आफ्नो आस्थामाथि प्रश्न उठाउनुहुन्छ जब उहाँहरूले दशकौँपूर्व चर्चका अगुवाले दिनुभएको एउटा कथन हाम्रो सिद्धान्तसँग विपरित भएको पत्ता लगाउनुहुन्छ । एउटा महत्त्वपूर्ण सिद्धान्त छ जसले चर्चको सिद्धान्तलाई नियन्त्रण गर्छ । यो सिद्धान्तलाई प्रथम अध्यक्षता र बाह्रको गणका सबै १५ सदस्यहरूले सिकाउनुहुन्छ । यो व्यक्तव्यको एउटा अस्पष्ट अनुच्छेदमा लुकेको छैन । सत्य सिद्धान्तहरू निरन्तर रूपमा र अङ्सख्यद्वारा सिकाइन्छन् । हाम्रो सिद्धान्त पत्ता लगाउन कठीन छैन” (“Trialof Your Faith,” लियाहोना, नोभेम्वर २०१२, ४१) ।

    एल्डर डी. टड क्रिस्टोफरसनले त्यसै गरी सिकाउनुभयो: “यो स्मरण गर्नु पर्छ कि विगत वा वर्तमानमा चर्चका अगुवले गरेका हरेक कथन, अनिवार्य रूपमा सिद्धान्त बन्दैनन् । चर्चमा यो सामान्यतया बुझिन्छ कि एक अगुवाद्वारा कुनै अवसरमा दिइएको कथनले प्रायश: राम्ररी विचार गरिएको, अभिमत भए तापनि व्यक्तिगत विचारलाई प्रतिनिधित्व गर्छ, सम्पूर्ण चर्चका लागि वाध्यात्मक वा आधिकारिक हुँदैन” (“The Doctrine of Christ,” ८८) ।

  40. हेर्नुहोस् ३ नफी ११:३२, ४०। अध्यक्ष गोर्डन बी. हिङ्क्लीले भन्नुभयो: “मैले चर्चको सिद्धान्तलाई विशुद्ध राख्नुको महत्त्वका सम्बन्धमा यसपूर्व नै बोलेको छु । … म यसका सम्बन्धमा चिन्तित छु । सैद्धान्तिक शिक्षामा साना विकृतिहरूले विशाल र भयानक मिथ्याहरू निम्त्याउन सक्छन्” (in Teachings of Gordon B. Hinckley [१९९७], ६२०) ।

    अध्यक्ष ड्यालिन एच्. ओक्सले चेतावनी दिनुभएको छ कि “अगमवक्ताका शिक्षाहरूबाट केही वाक्यांशहरू छनोट गरी आफ्नो राजनीतिक एजेन्डा वा अन्य व्यक्तिगत उद्देश्यहरूलाई समर्थन गर्न प्रयोग गर्ने कोही छन् । … अगमवक्ताका वचनहरूलाई निजी, राजनीतिक वा आर्थिक वा अन्य प्रकारका ब्यक्तिगत एजेन्डा समर्थन गर्नका लागि तोडमोड गर्नु, अगमवक्तालाई हेरफेर गर्ने प्रयास गर्नु हो, उहाँलाई अनुशरण गर्नु होइन” (“हाम्रो सामर्थ्य हाम्रो पतन हुन सक्छ” [ब्रिघम यङ्ग युनिभर्सिटीको फायरसाइड, जुन ७, १९९२], ७, speeches.byu.edu)।

    अध्यक्ष हेनरी बी आइरिङले सचेत गराउनुभयो: “पवित्र आत्माले यो सत्य हो भनी प्रमाणित गरेपछि सिद्धान्तले आफ्नो शक्ति प्राप्त गर्छ । … किनकि हामीलाई पवित्र आत्मा आवश्यक छ, हामी सत्य सिद्धान्त सिकाउने भन्दा बाहिर नजानका लागि सतर्क र सजग हुनु पर्छ । पवित्र आत्मा सत्यको आत्मा हो । हाम्रो अनुमान वा व्यक्तिगत विश्लेषणबाट बचाएर उसको प्रमाणीकरणलाई आमन्त्रण गरिन्छ । त्यसो गर्न कठीन हुन सक्छ । … नयाँ वा सनसनीपूर्ण प्रयास गर्न प्रलोभन आउछ। परन्तु हामी पवित्र आत्मालाई हाम्रो मित्रका रूपमा आमन्त्रण गर्छौँ जब हामी केवल सत्य सिद्धान्त सिकाउन सजग हुन्छौँ । हाम्रो शिक्षामा सरल हुन छनोट गर्नु झूटो सिद्धान्तको समीपमा पुग्नबाट जोगिने एक निश्चित तरिका हो । सुरक्षा त्यो सरलताबाट प्राप्त हुन्छ र थोरै गुमाइन्छ” (“The Power of Teaching Doctrine,” लियाहोना, जुलाई १९९९, ८६) ।

    एल्डर डेल जी रेनलुन्डले सिकाउनुभयो: “बढी बुझ्ने चाहना राख्नु हाम्रो आध्यात्मिक विकासको एक महत्त्वपूर्ण अंश हो, तर कृपया सावधान रहनुहोस् । तर्कले प्रकाशलाई प्रतिस्थापन गर्न सक्दैन । अनुमानले महान् आध्यात्मिक ज्ञानका लागि नेतृत्व गर्दैन, तर यसले हामीलाई धोका तर्फ अगवाइ गर्न सक्छ वा प्रकट भएको बिषयबाट हाम्रो एकाग्रता हटाउन सक्छ” (“Your Divine Nature and Eternal Destiny,” लियाहोना, मे २०२२, ७०) ।

  41. हेर्नुहोस् मत्ती २३:२३। अध्यक्ष जोसेफ एफ् स्मिथले सचेत गराउनुभयो: “सत्यको अंश लिनु र यसलाई सम्पूर्ण बिषयका रूपमा लिनु महान् मूर्खता हो । … प्रकट गरिएका ख्रीष्टको सुसमाचारका सबै सिद्धान्तहरू मुक्तिको योजनामा आवश्यक र अनिवार्य छन् ।” उहाँले थप विश्लेषण गर्नुभयो: “यी मध्ये कुनै एकलाई लिनु, यसलाई सुसमाचार सत्यको सम्पूर्ण योजनाबाट अलग गर्नु, यसलाई विशेष चाहना बनाउनु र हाम्रो मुक्ति र प्रगतिका लागि यसमा निर्भर हुनु असल नीति वा सही सिद्धान्त होइन । … तिनीहरू सबै आवश्यक छन्” (Gospel Doctrine, ५औँ संस्करण [१९३९], १२२) ।

    एल्डर निल ए म्याक्सवेलले विश्लेषण गर्नुभयो: “सुसमाचारका सिद्धान्तहरू … मा समसामयिक समायोज आवश्यक छ । जब एकअर्काबाट अलग्याइँदा वा पृथक पारिँदा मानिसहरूको व्याख्या र यी सिद्धान्तहरूको कार्यान्वयन अप्राकृतिक हुन सक्छ । प्रेम, यदि सातौँ आज्ञाद्वारा परीक्षण गरिएन भने, सांसारिक बन्न सक्छ । मातापितालाई आदर गर्नमा पाँचौँ आज्ञाले प्रशंसनीय जोड दिन्छ, पहिलो आज्ञाद्वारा परीक्षण नगरिएमा यसले परमेश्वरको सट्टा भ्रमित पार्ने मातापिताप्रति नि:शर्त निष्ठापूर्ण आचरण गर्ने परिणाम ल्याउन सक्छ । … पवित्र आत्माद्वारा प्रेरित गरिँदा धीरतालाई पनि समय-समयमा कठोरताका साथ हप्काएर सन्तुलित गर्न सकिन्छ’ [सिद्धान्त र करार १२१:४३]” (“Behold, the Enemy Is Combined,” Ensign, मे १९९३, ७८–७९)।

    अध्यक्ष मेरियन जी रोम्नीले निर्देशन दिनुभयो, “तिनीहरूले के सिकाउँछन् भनेर पत्ता लगाउनको लागि [धर्मशास्त्रहरू] खोज्नु येशूले आज्ञा गरेअनुसार तिनीहरूद्वारा पूर्वनिर्धारित निष्कर्षलाई समर्थन गर्न सेवामा समर्पित हुन सकिने खण्डहरू पत्ता लगाउने उद्देश्यका लागि तिनीहरूका माध्यमबाट अनुशन्धान गर्नु टाढाको बिषय हो । “ (“Records of Great Worth,” Ensign, सेप्टेम्बर १९८०, ३) ।”

  42. हेर्नुहोस् १ कोरिन्थी २:४; मोरोनी ६:९। एल्डर जेफ्री आर. हल्यान्डले पवित्र आत्माको शक्तिद्वारा आत्मिक उन्नतितर्फ अगुवाइ गर्ने तरिकामा येशू ख्रीष्टको सुसमाचारको सञ्चारको आवश्यकतालाई जोड दिनुभयो: “’आत्माद्वारा, सत्य सिकाउन पठाइएका सान्त्वनादाता समेत’ हामीले सुसमाचार सिकाउनु पर्छ भन्ने बिषयमा जस्तो अधिक सशक्त सल्लाह परमप्रभुले चर्चलाई कहिल्यै दिनुभएन ।’ के हामी ‘सत्यको आत्माद्वारा’ सुसमाचार सिकाउँछौँ? उहाँले अन्वेषण गर्नुभएको छ: वा हामीले यसलाई ‘अन्य तरिकाले सिकाउँछौँ? अनि यदि यो कुनै अन्य तरिकाले हो भने,’ उहाँले सचेत गराउनुहुन्छ, ‘यो परमेश्वरबाट होइन’ [सिद्धान्त र करार ५०:१४, १७-१८] । … स्वर्गबाट आत्माको तेज बिना कुनै अनन्त सिकाइ हुन सक्दैन । … हाम्रा सदस्यहरूले वास्तवमै यही चाहनुहुन्छ । … उहाँहरू आफ्नो आस्था मजबुत गारिएको र उहाँहरूको आशा नवीकरण गारिएको चाहनुहुन्छ । उहाँहरू, सम्क्षिप्तमा, परमेश्वरको असल वचनद्वारा पोषण भएको, स्वर्गका शक्तिहरूद्वारा मजबुत बनाइएको चाहनुहुन्छ” (“A Teacher Come from God,” Ensign,” मे १९९८, २६) ।

  43. हेर्नुहोस् अल्मा १३:२३। हाम्रा स्वर्गका पिताका कुरा गर्दै, अध्यक्ष रसेल एम्. नेल्सनले गवाही दिनुभयो, “उहाँले सरल, शान्त र यस्तो आश्चर्यजनक स्पष्टताका साथ वार्तालाप गर्नुहुन्छ कि हामीले उहाँलाई गलत रूपमा बुझ्न सक्दैनौँ” (“Hear Him,” लियाहोना, मे २०२०, ८९) ।

  44. हेर्नुहोस् भजनसङ्ग्रह २६:३; रोमी १३:१०; १ कोरिन्थी १३:१–८; १-यूहन्ना ३:१८

  45. हेर्नुहोस् भजनसङ्ग्रह ४०:११

  46. हेर्नुहोस् रोमी ८:१६

  47. हेर्नुहोस् १–शमूएल २:३; मत्ती ६:८; २-नफी २:२४; ९:२०

  48. हेर्नुहोस् उत्पत्ति १७:१; यर्मिया ३२:१७; १ नफी ७:१२; अल्मा २६:३५

  49. हेर्नुहोस् यर्मिया ३१:३; १ यूहन्ना ४:७–१०; अल्मा २६:३७

  50. हेर्नुहोस् १ नफी ९; सिद्धान्त र करार २०:१७–३१; मोशा ६:५२-६२

  51. हेर्नुहोस् यूहन्ना ३:१६; १ यूहन्ना ४:९-१०

  52. हेर्नुहोस् यूहन्ना ८:२९; ३-नफी २७:१३

  53. हेर्नुहोस् यूहन्ना १५:१२; १ यूहन्ना ३:११

  54. हेर्नुहोस् लूका २२:३९-४६

  55. हेर्नुहोस् यूहन्ना १९:१६-३०

  56. हेर्नुहोस् यूहन्ना २०:१-१८

  57. हेर्नुहोस् १ कोरिन्थी १५:२०-२२; मोसीयाह १५:२०–२४; १६:७-९; सिद्धान्त र करार ७६:१६-१७

  58. हेर्नुहोस् प्रेरित ११:१७-१८; १ तिमोथी १:१४-१६; अल्मा ३४:८-१०; Moroni 6:2–3, 8; सिद्धान्त र करार १९:१३-१९; ।

  59. हेर्नुहोस् मत्ती ११:२८-३०; २ कोरिन्थी १२:७-१०; फिलिप्पी ४:१३; अल्मा २६: ११– १३

  60. हेर्नुहोस् मत्ती १६:१८-१९; एफिसी २:२०

  61. हेर्नुहोस् मत्ती २४–-२४; प्रेरित २०:२८–३०

  62. हेर्नुहोस् सिद्धान्त र करार २०:१–४; २१:१–७; २७:१२; ११०; १३५:३; जोसेफ स्मिथको—इतिहास १:१–२०

  63. हेर्नुहोस् सिद्धान्त र करार १:१४, ३८; ४३:१-७; १०७:९१-९२