साधारण सम्मेलन
दैवी अभिभावकत्वका शिक्षाहरू
अक्टोबर २०२३ को साधारण सम्मेलन


दैवी अभिभावकत्वका शिक्षाहरू

आफ्ना बहुमूल्य सन्ततिहरूलाई स्वर्गमा फर्कनका लागि मार्गदर्शन गर्नका लागि अभिभावकहरू स्वर्गका आफ्ना पितासँग सहकार्य गर्नुहुन्छ ।

के तपाईंले कहिल्यै नवजात शिशुलाई आफ्नो काखमा लिनुभएको छ? त्यहाँ एक प्रकाश छ जुन हरेक नवजात शिशुबाट निस्कन्छ, प्रेमको विशेष बन्धन ल्याउँदै जसले आफ्ना अभिभावकको हृदयलाई प्रसन्नताले भरिपूर्ण पार्न सक्छ । “मैले थाहा पाएको छु कि जब एक नवजात शिशुले आफ्नो सानो मुट्ठीमा आफ्नो बुबाका औँला समात्यो भने उसले उहाँलाई सदाका लागि समात्यो भनेर एक मेक्सिकन लेखकले लेख्नुभयो ।”

अभिभावकत्व जीवनका सबैभन्दा असाधारण अनुभवहरू मध्येको एक हो । अभिभावकहरूले आफ्ना बहुमूल्य सन्ततिहरूलाई स्वर्गमा फर्काउनका लागि मार्गदर्शन गर्न स्वर्गका पितासँग सहकार्य गर्नुहुन्छ । आज म धर्मशास्त्रहरूमा भएका र जीवित अगमवक्ताहरूले हामीलाई हाम्रो अभिभावकीय परम्परा छोड्न सहयोग गर्न सिकाउनुभएका केही अभिभावकीय शिक्षाहरू बाँढ्न् चाहन्छु ।

सुसमाचार संस्कृतिको उच्च स्तरमा पुग्नु

हामी हाम्रा परिवारहरूसँग सुसमाचार संस्कृतिको उच्च स्तरमा पुग्नु पर्छ । अध्यक्ष रसल एम्. नेल्सनले घोषणा गर्नुभयो: “स्वर्गबाट मार्गदर्शन प्राप्त गर्नका लागि परिवारहरू योग्य छन् । अभिभावकहरूले व्यक्तिगत अनुभव, त्रास वा सहानुभूतिबाट बालबालिकाहरूलाई पर्याप्त रूपमा सल्लाह दिन सक्नुहुँदैन ।”

हाम्रो सांस्कृतिक पृष्ठभूमि, अभिभावकीय शैलीहरू र व्यक्तिगत अनुभवहरू अभिभावकत्वका लागि मूल्यवान भए तापनि, यी क्षमताहरू हाम्रा बालबालिकाहरूलाई स्वर्गमा फर्कन सहयोग गर्नका लागि पर्याप्त छैनन् । हामीलाई अझै उच्च “सम्मानहरू र … अभ्यासहरू” मा पहुँचको आवश्यक छ । प्रेम र अपेक्षाहरू दुबैको एक संस्कार, जहाँ हामी हाम्रा बालबालिकाहरूसँग “उच्च, पवित्र तरिकामा” अन्तरक्रिया गर्छौँ । अध्यक्ष ड्यालिन एच्. ओक्सले सुसमाचार संस्कृतिलाई “सम्मान र अपेक्षा र अभ्यासहरूको एक विशिष्ट जीवन शैलीको रूपमा वर्णन गर्नुभएको छ । … यो सुसमाचार संस्कृति मुक्तिको योजना, परमेश्वरका आज्ञाहरू र जीवित अगमवक्ताहरूको शिक्षाबाट आउँछ । यसले हामीलाई हाम्रो परिवारहरू हुर्काउने र हाम्रो व्यक्तिगत जीवन बिताउने तरिकाअनुसार मार्गदर्शन गर्छ ।”

येशू ख्रीष्ट यस सुसमाचार संस्कृतिको केन्द्र हुनुहुन्छ । हाम्रा परिवारहरूमा सुसमाचारको संस्कृति अपनाउनु एक उर्वर वातावरण सिर्जना गर्नका लागि महत्त्वपूर्ण छ जहाँ आस्थाको बीउ फस्टाउन सक्छ । उच्च स्थानमा पुग्नका लागि, अध्यक्ष ओक्सले हामीलाई “येशू ख्रीष्टको चर्चको शिक्षाका विपरीतका कुनै पनि व्यक्तिगत वा पारिवारिक परम्परा वा अभ्यासहरू त्याग्नका लागि” आमन्त्रण गर्नुभयो । अभिभावकहरू, सुसमाचार संस्कृति स्थापित् गर्न हामीले हाम्रो तर्फबाट साहस नगर्नाले शत्रुलाई हाम्रो घरहरूमा वा अझ खराब, हाम्रा बालबालिकाहरूको हृदयमा आफ्नो पादचिन्ह स्थापित गर्न अनुमति दिन सक्छौँ ।

जब हामीले हाम्रो परिवारमा सुसमाचार संस्कृतिलाई प्रमुख संस्कृति बनाउन छनोट गर्छौँ, त्यसपछि पवित्र आत्माको शक्तिशाली प्रभावद्वारा,९ हाम्रा वर्तमान अभिभावकत्व शैलीहरू, परम्पराहरू र अभ्यासहरू छानिने छन्, पङ्क्तिबद्ध गराइने छन्, परिष्कृत र समुन्नत बनाइने छन् ।

घरलाई सुसमाचार शिक्षाको केन्द्र बनाउनुहोस्

घर “सुसमाचार शिक्षाको केन्द्र” हुनु पर्छ भनेर अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ ।१० सुसमाचार शिक्षाको उद्देश्य “स्वर्गका पिता र येशू ख्रीष्टमा हाम्रो वार्तालाप गहन बनाउनु र हामीलाई उहाँहरू जस्तै बन्न सहयोग गर्नु हो ।”११ अगमवक्ताहरू र प्रेरितहरूद्वारा वर्णन गरिएका हाम्रा घरहरूमा उच्च सुसमाचार संस्कृति स्थापना गर्न सहयोग गर्न सक्ने तीनवटा महत्त्वपूर्ण अभिभावकीय उत्तरदायित्वहरूका सम्बन्धमा मनन गरौँ ।

प्रथम: स्वतन्त्र रूपमा सिकाउने

स्वर्गका पिताले आदमलाई येशू ख्रीष्ट र उहाँका शिक्षाका सम्बन्धमा निर्देशन दिनुभयो । उहाँले उनलाई “यी विषयहरू [आफ्ना] सन्ततिहरूलाई स्वतन्त्र रूपमा सिकाउन“ सिकाउनुभयो ।१२ अर्को शब्दमा, स्वर्गका पिताले आदमलाई यी विषयहरू उदारतापूर्वक, प्रशस्त र कुनै अवरोध बिना बताउन सिकाउनुभयो ।१३ धर्मशास्त्रहरूले हामीलाई बताउँछ कि “आदम र हव्वाले परमेश्वरको नामलाई आशीर्वाद दिए र उनीहरूले आफ्ना छोरा र छोरीहरूलाई सबै विषयहरूको जानकारी दिए ।”१४

हामी हाम्रा बालबालिकाहरूलाई उदारतापूर्वक सिकाउँछौँ जब हामी उनीहरूसँग अर्थपूर्ण समय बिताउँछौँ । हामी संयम बिना सिकाउँछौँ जब उपकरणको प्रयोग जस्ता संवेदनशील विषयहरूमा छलफल गर्दै चर्चले उपलब्ध गराएका स्रोतहरू प्रयोग गर्छौँ।१५ जब हामी आऊ मलाई अनुशरण गर प्रयोग गरी हाम्रा बालबालिकाहरूसँग धर्मशास्त्र अध्ययन गर्छौँ हामी उदारतापूर्वक सिकाउँछौँ र आत्मालाई शिक्षक बन्न अनुमति दिन्छौँ ।

दोस्रो: नमुना शिष्यत्व

यूहन्नाको पुस्तकमा, हामी पढ्छौँ कि जब अनेक यहूदीहरूले मुक्तिदातालाई उहाँको आचरणका सम्बन्धमा प्रश्न गरे, येशूले उहाँका पिता उहाँको नमुना, तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सिकाउनुभयो, “पुत्र स्वयम् ले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही गर्छ: किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ”१६ अभिभावकहरू, हामीले हाम्रा बालबालिकाहरूका लागि नमूना बन्न के आवश्यक छ? शिष्यत्व ।

अभिभावकहरूका रूपमा, हामीले पहिलो आज्ञाको छलफल गर्दा परमेश्वरलाई पहिलो स्थानमा राख्नुको महत्त्व सिकाउन सक्छौँ, तर हामी यसलाई नमूना बनाउँछौँ जब हामीले सांसारिक ध्यान भङ्ग गर्ने बिषयहरूलाई अलग राख्छौँ र हरेक हप्ता शबाथको दिनलाई पवित्र राख्छौँ । हामीले सेलेस्टियल विवाहको सिद्धान्तका सम्बन्धमा कुरा गर्दा हामीले मन्दिरका करारको महत्त्व सिकाउन सक्छौँ, तर हामी यसको नमूना बन्छौँ जब हामी हाम्रो जीवनसाथीलाई मर्यादाका साथ व्यवहार गर्दै हाम्रा करारहरूको सम्मान गर्छौँ ।

तेस्रो: कार्य गर्न आमन्त्रण गर्ने

येशू ख्रीष्टमा आस्था हाम्रा बालबालिकाहरूको गवाहीको मूल हुनु पर्छ र यी गवाहीहरू प्रत्येक बालबालिकालाई व्यक्तिगत प्रकाशका माध्यमबाट प्राप्त हुनु पर्छ ।१७ उनीहरूका गवाहीहरूलाई वृद्धि गर्नका लागि हाम्रा बालबालिकाहरूलाई सहयोग गर्न हामीहरूले उनीहरूलाई के सही छ भनेर छनोट गर्न उनीहरूको छनोटको स्वतन्त्रताको प्रयोग गर्न प्रोत्साहन गर्छौं१८ र तिनीहरूलाई परमेश्वरको करारको मार्गमा जीवनभरका लागि तयार गर्छौँ ।१९

येशू ख्रीष्ट र उहाँको सुसमाचारको आफ्नै गवाहीको जिम्मा लिन अध्यक्ष नेल्सनको निमन्त्रणा स्वीकार गर्न हाम्रा प्रत्येक बालबालिकालाई प्रोत्साहन गर्नु —यसका लागि कार्य गर्न, यसलाई पोषण गर्न ताकि यो बढ्ने छ, यसलाई सत्य खुवाउन र अविश्वासी पुरुषहरू र महिलाहरूका झूटा दर्शनहरूले यसलाई प्रदूषित गर्न नदिनु बुद्धिमानी हुने छ ।२०

धर्मी, अभिप्रायपूर्ण अभिभावकत्व

अभिभावकका रूपमा हाम्रा स्वर्गका पिताको दैवी अभिप्रायहरू मोशालाई दिइएको प्रकाशमा जानकारी गराइएको थियो: “हेर, यो मेरो कार्य र मेरो महिमा हो—मानिसको अमरता र अनन्त जीवन ल्याउनका लागि ।”२१ अध्यक्ष नेल्सनले थप्नुभयो, “परमेश्वरले सबै अनन्ततामा तपाईंहरूलाई सबैभन्दा महान् आशीर्वादहरू नछुटाउन सहयोग गर्नका लागि तपाईंहरूको छनोटको स्वतन्त्रताको उल्लङ्घनलाई कम गर्न उहाँले सम्भव भएसम्म सबै गर्नुहुन्छ ।”२२

अभिभावकहरूका रूपमा, हामी हाम्रा बालबालिकाको हेरचाहमा परमेश्वरका प्रतिनिधिहरू हौँ ।२३ हाम्रा बालबालिकाहरूले उहाँको दैवी प्रभाव महसुस गर्न सक्ने वातावरण सिर्जना गर्न हामीले गर्न सक्ने सबै गर्नु पर्छ ।

स्वर्गका पिताले हामीलाई अभिभावकका रूपमा हाम्रा बालबालिकाहरूको आध्यात्मिक जीवनको खुलासा हेर्दै, दर्शकहरूका रूपमा छेउमा बसेको कदापि चाहनु भएन । म व्यक्तिगत अनुभवकासाथ अभिप्रायपूर्ण अभिभावकत्वको यो विचारलाई चित्रण गर्न चाहन्छु । ग्वाटेमालाको एक सानो शाखामा प्राइमरीमा सहभागी हुँदा, मेरा आमाबाबुले कूलापिताका आशीर्वादहरूको महत्वका सम्बन्धमा सिकाउन सुरू गर्नुभयो । मेरी आमाले आफ्नो कूललापिताको बहुमूल्य आशीर्वाद प्राप्त गरेको अनुभव बाँढ्न समय लिनुभयो । उहाँले मलाई कूलपिताको आशीर्वादसँग सम्बन्धित सिद्धान्त सिकाउनुभयो र उहाँले प्रतिज्ञा गरिएका आशीर्वादहरूको गवाही दिनुभयो । उहाँको अभिप्रायपूर्ण अभिभावकत्वले मलाई आफ्नो कूलापिताको आशीर्वाद प्राप्त गर्न चाहना गर्ने प्रेरणा दियो ।

जब म १२ वर्षको थिएँ, मेरा अभिभावकहरूले मलाई कूलपिताका सम्बन्धमा खोजी गर्नका लागि सहयोग गर्नुभयो । यो आवश्यक थियो किनभने हामी बसेको जिल्लामा कोही पनि कूलपिता हुनुहुँदैनथ्यो । म एक कूलपतिकहाँ गएँ जो १५६ किलोमिटर (९७ मिल) टाढाको एक किलामा हुनुहुन्थ्यो । मलाई आशीर्वाद दिनका लागि कूलपतिले मेरो शिरमा हात राखेको मैले स्पष्ट रूपमा सम्झन्छु । मेरा स्वर्गका पिताले मलाई चिन्नुभएको छ भनेर शक्तिशाली आध्यात्मिक पुष्टिद्वारा कुनै शङ्का बिना मलाई जानकारी थियो कि ।

एक सानो सहरको १२ वर्षको बालकका लागि, त्यो मेरा लागि सर्वस्व थियो । मेरो आमा र बुबाको अभिप्रायपूर्ण अभिभावकत्वका कारणले त्यो दिन मेरो हृदय मेरो स्वर्गका पिताकोमा फर्कियो र म सदैव उहाँहरूप्रति कृतज्ञ रहने छु ।

बहिनी जोय डी. जोन्स, पूर्व प्राइमरी साधारण अध्यक्षले सिकाउनुभयो: “हामी हाम्रा बालबालिकाहरूमा सजिलै परिवर्तन आउने प्रतिक्षा गर्न सक्दैनौँ । आकस्मिक परिवर्तन येशू ख्रीष्टको सुसमाचारको सिद्धान्त होइन ।”२४ हाम्रो प्रेम र प्रेरित आमन्त्रणले हाम्रा बालबालिकाहरूले आफ्नो छनोटको स्वतन्त्रताको प्रयोग कसरी गर्छन् भन्नेमा फरक पार्न सक्छ । अध्यक्ष नेल्सनले जोड दिनुभयो, “अन्य कुनै पनि कार्य धर्मी अभिप्रायपूर्वको अभिभावकत्व भन्दा माथि हुँदैन !”२५

निष्कर्ष

अभिभावकहरू, यो संसार हाम्रा बालबालिकाहरूको ध्यानाकर्षणका लागि प्रतिस्पर्धा गर्ने दर्शनहरू, संस्कृतिहरू र विचारहरूले भरिपूर्ण छ । माहन् र विशाल भवनले वर्तमानका सञ्चार च्यानलहरूलाई प्रयोग गरेर दैनिक त्यसको सदस्यताको विज्ञापन गर्छ । “परन्तु उहाँका पुत्रको उपहारमा,” अगमवक्ता मोरोनीले सिकाउनुभयो, “परमेश्वरले अझै उत्कृष्ट तरिका तयार पार्नुभएको छ ।”२६

जब हामी करारहरूद्वारा परमेश्वरसँग सहभागी हुन्छौँ र हाम्रा बालबालिकाहरूको हेरचाहमा उहाँका प्रतिनिधिहरू बन्छौँ, उहाँले हाम्रा मनसायहरूलाई पवित्र पार्नुहुने छ, हाम्रा शिक्षाहरूलाई प्रेरणा दिनुहुने छ र हाम्रा आमन्त्रणहरूलाई परिमार्जन गर्नुहुने छ ताकि “हाम्रा बालबालिकाहरूले जानकारी प्राप्त गर्न सक्छन् कि तिनीहरूका पापहरूको छुट्काराका लागि तिनीहरूले कुन स्रोतलाई हेर्नु पर्छ ।”२७ येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस् भजनसङ्ग्रह १२७:३

  2. जोनी वेल्च, “The Puppet,” inspire21.com/thepuppet मा पुनः उत्पादन गरियो; यो पनि हेर्नुहोस् जोनी वेल्च, Lo que me ha enseñado la vida (१९९६) ।

  3. यो एक चुनौतीपूर्ण कार्य जस्तो लाग्न सक्छ, तर एल्डर जेफ्री आर. हल्यान्डले भने जस्तै, “स्वर्गका पिताको सहयोगले हामीले सोचे भन्दा बढी अभिभावकीय परम्परा छोड्न सक्छौँ ।” (“The Hands of the Fathers,” लियाहोना, जुलाई १९९९, 18) ।

  4. रसल एम. नेल्सन “Thou Shalt Have No Other Gods,” Ensign, मे १९९६, १५ ।

  5. ड्यालिन एच्. ओक्स, “The Gospel Culture,” लियाहोना, मार्च. २०१२, २२ ।

  6. रसल एम्. नेल्सन, “Peacemakers Needed,” लियाहोना, मे २०२३, ९९ ।

  7. ड्यालिन एच्. ओक्स, “The Gospel Culture,” २२ ।

  8. ड्यालिन एच्. ओक्स, “The Gospel Culture,” २२ ।

  9. हेर्नुहोस् मोरोनी १०:५

  10. रसल एम्. नेल्सन, “Becoming Exemplary Latter-day Saints,” लियाहोना, नोभ. २०१८, ११३ ।

  11. Conversion Is Our Goal,” Come, Follow Me—For Individuals and Families: नयाँ करार, २०२३मा, v ।

  12. मोशा ६:५८

  13. हेर्नुहोस् American Dictionary of the English Language, “निशुल्क,” webstersdictionary1828.com/Dictionary/freely.

  14. मोशा ५:१२

  15. हेर्नुहोस् “Taking Charge of Technology” and For the Strength of Youth: A Guide to Making Choices (२०२२), सुसमाचारको पुस्तकालय ।

  16. यूहन्ना ५:१९

  17. हेर्नुहोस् “मत्ती १६:१७-१८ । Individual Revelation Needed for a Testimony of Jesus Christ,” New Testament Student Manual (२०१८ ) मा, ५२ ।

  18. हेर्नुहोस् डेल जी. रेनलुण्ड, “Choose You This Day,” लियाहोना, नोभ. २०१८, १०४: “हाम्रा स्वर्गका पिताको अभिभावकत्वमा उहाँको लक्ष्य भनेको उहाँका सन्ततिहरूलाई जे सही छ सोही गर्न दिने होइन; यो उहाँका सन्ततिहरूलाई सही गर्ने छनोट गर्न दिनु हो र अन्ततः उहाँ जस्तै बन्न दिनु हो ।”

  19. हेर्नुहोस् “परिशिष्ट:Preparing Your Children for a Lifetime on God’s Covenant Path,” Come, Follow Me—For Individuals and Families: नयाँ करार २०२३, सुसमाचार पुस्तकालयमा ।

  20. हेर्नुहोस् रसल एम्. नेल्सन, “Overcome the World and Find Rest,” लियाहोना, नोभ. २०२२, ९७ ।

  21. मोसा १:३९ । यो पदमा, येशू ख्रीष्टले स्वर्गका पिताका तर्फबाट बोल्दै हुनुहुन्छ ।

  22. रसल एम्. नेल्सन,“Choices for Eternity” (worldwide devotional for young adults), मे १५, २०२२), सुसमाचार पुस्तकालय ।

  23. हेर्नुहोस् रसल एम्. नेल्सन, “Salvation and Exaltation,” लियाहोना, मे २००८, १०: “बालबालिकाहरूलाई नियन्त्रण गर्ने प्रयास नगर्नुहोस् । बरु, उहाँहरूलाई सुन्नुहोस्, उहाँहरूलाई सुसमाचार सिक्न सहयोग गर्नुहोस्, उहाँहरूलाई प्रेरणा दिनुहोस् र उहाँहरूलाई अनन्त जीवनतर्फ अगुवाइ गर्नुहोस् । उहाँले तपाईंहरूलाई सुम्पनुभएका सन्ततिहरूको हेरचाहमा तपाईंहरू परमेश्वरका प्रतिनिधिहरू हुनुहुन्छ । तपाईंहरूले सिकाउँदा र सम्झाउँदा उहाँको दैवी प्रभाव तपाईंहरूको हृदयमा रहिरहोस् ।”

  24. जोय डी. जोन्स, “Essential Conversations,” लियाहोना, मे २०२१, १२ ।

  25. रसल एम्. नेल्सन, “The Sabbath Is a Delight,” लियाहोना, मे २०१५, १३१ ।

  26. एतेर १२:११

  27. २ नफी २५:२६