साधारण सम्मेलन
यहाँ प्रेम व्यक्त गरिन्छ
अक्टोबर २०२३ को साधारण सम्मेलन


यहाँ प्रेम व्यक्त गरिन्छ

हामीले यहाँ हाम्रा हृदय र घरहरूमा र सुसमाचारका हाम्रा बोलावटहरूमा, क्रियाकिलापहरूमा अनि सेवा र सेवाका कार्यमा उहाँको प्रेम व्यक्त गर्न र सुन्न सिक्न सक्छौँ ।

हाम्रा प्राथमिकका बालबालिकाहरूले गाउँछन्, “यहाँ प्रेम व्यक्त गरिन्छ ।”

मैले एक पटक सिस्टर गोङलाई एउटा सानो लकेट दिएँ । मैले यसमा डट-डट, डट-डट, डट-डट-ड्यासलेखेको थिएँ । मोर्स कोडसँग परिचितहरूले आइ, आइ, यू अक्षरहरू चिन्नुहुने छ । परन्तु मैले दोस्रो कोड समावेश गरेँ । चिनियाँ मेन्डरिन भाषामा , “एआइ” को अर्थ “प्रेम हो ।” त्यसोभए, डबल-डिकोड गरिएको, सन्देश थियो “म तिमीलाई माया गर्छु ।” सुसान, प्यारी, “आइ, आइ (爱), यू.”

हामी धेरै भाषाहरूमा प्रेम व्यक्त गर्छौँ । मानव जातीले ७,१६८ भाषा बोल्छन् भनेर मलाई बताइएको छ । चर्चमा हामी धेरै भाषाहरू सहित ५७५ आधिकारिक प्राथमिक भाषाहरू बोल्छौँ । हामीले कला, सङ्गीत, नृत्य, तार्किक प्रतीकहरू, अन्तर-र-व्यक्तिगत अभिव्यक्तिका माध्यमद्वारा पनि अभिप्राय, आवेग र भावनाको सञ्चार गर्छौं ।

आज, हामी सुसमाचारको प्रेमका तीन भाषाहरू: हार्दिकता र सम्मानको भाषा, सेवा र त्यागको भाषा र करार सम्बन्धको भाषाका कुरा गरौँ ।

पहिलो, हार्दिकता र सम्मानको सुसमाचारको भाषा ।

हार्दिकता र सम्मानका साथ, सिस्टर गोङले बालबालिकाहरू र युवाहरूलाई सोध्नुहुन्छ, “तपाईंहरूलाई कसरी थाहा हुन्छ कि तपाईंहरूका आमाबुबा र परिवारले तपाईंलाई माया गर्नुहुन्छ?”

ग्वाटेमालामा, बालबालिकाहरूले भन्छन्, “मेरा आमाबुबाले हाम्रो परिवारलाई खुवाउन कडा परिश्रम गर्नुहुन्छ ।” उत्तर अमेरिकामा, बालबालिकाहरूले भन्छन्, “मेरा अभिभावकहरूले मलाई कथाहरू पढेर सुनाउनुहुन्छ र मलाई राती ओछ्यानमा सुताउनुहुन्छ ।” पवित्र भूमिमा, बालबालिकाहरूले भन्छन्, “मेरा आमाबुबाले मलाई सुरक्षित राख्नुहुन्छ ।” घाना, पश्चिम अफ्रिकामा बालबालिकाहरूले भन्छन्, “मेरा आमाबुबाले मलाई बालबालिका र युवा हुँदाका मेरा लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्नुहुन्छ ।”

एउटी बालिकाले भनिन्, “दिनभर काम गरेर धेरै थकित भए तापनि मेरी आमा मसँग खेल्न बाहिर आउनुहुन्छ ।” उनकी आमा रूनुभयो जब उहाँले आफ्नो दैनिक बलिदानको महत्त्व सुन्नुभयो । एउटी युवतीले भनिन्, “मेरी आमा र म कहिलेकाहीँ असहमत भए तापनि म मेरी आमालाई भरोसा गर्छु ।” उनकी आमा पनि रूनुभयो ।

कहिलेकाहीँ हामीले बुझ्नु आवश्यक छ कि यहाँ व्यक्त गरिएको प्रेम यहाँ सुनिन्छ र प्रशंसा गरिन्छ ।

हार्दिकता र सम्मानका साथ, हाम्रा प्रभुभोज र अन्य सभाहरू येशू ख्रीष्टमा केन्द्रित हुन्छन् । व्यक्तिगत र वास्तविक, अमूर्तमा प्रायश्चितको मात्र नभई हामी येशू ख्रीष्टको प्रायश्चितका सम्बन्धमा सम्मानपूर्वक बोल्छौँ, । हामी येशू ख्रीष्टको पुनर्स्थापित चर्चलाई उहाँको नाममा, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च भन्छौँ । जब हामी स्वर्गका पितालाई सम्बोधन गर्छौं र एकअर्कासँग वार्तालाप गर्दा हार्दिकताको सम्मानको भाषा प्रयोग गर्छौँ । हामीले मन्दिरका करारको अन्तस्करणमा येशू ख्रीष्टलाई पहिचान गर्दा, हामी “मन्दिरमा जानु” लाई कम र “परमप्रभुको गृहमा येशू ख्रीष्टमा आउनु” लाई धेरै उल्लेख गर्छौँ । प्रत्येक करारले सुस्तरी बताउँछ, “यहाँ प्रेम व्यक्त गरिन्छ ।”

नयाँ सदस्यहरू भन्नुहुन्छ कि चर्च शब्दावलीलाई प्रायः डिकोडिङ आवश्यक छ । “किला गृह” को अर्थ राम्रो साँझको बिफ खाना हुन सक्छ ; “वार्ड भवन” ले अस्पताललाई सङ्केत गर्न सक्छ; “प्रारम्भका क्रियाकलापहरू” ले हामीलाई चर्च पार्किङ स्थलमा टाउको, काँध, घुँडा र औंलाहरू गर्न आमन्त्रण गर्न सक्छ भन्ने सोचेर हामी हास्छौँ। परन्तु, कृपया, हामी प्रेमका नयाँ भाषाहरू सँगै सिक्दा समझदार र दयालु बनौँ । चर्चमा नयाँ, एक परिवर्तितलाई उनको स्कर्ट निकै छोटो भएको बताइयो । अपमानका रूपमा लिनुको सट्टा, उहाँले जवाफ दिनुभयो वास्तवमा, “मेरो हृदय परिवर्तन भएको छ; कृपया मेरो छोटो स्कर्टका लागि धैर्य गर्नुहोस् ।”

हामीले प्रयोग गर्ने शब्दहरूले हामीलाई अरू ईसाइ र मित्रहरूको समीपमा ल्याउने वा टाढा पुर्याउने गर्न सक्छ । कहिलेकाहीँ हामी सुसमाचारको कार्य, मन्दिरका कार्य, मानवीय र कल्याणकारी कार्यका सम्बन्धमा बोल्छौँ जसले यी कार्यहरू हामी आफैँले गर्छौं भनेर अरूहरूलाई विश्वास दिलाउन सक्छ । हामी सदैव परमेश्वरको कार्य र महिमा र येशू ख्रीष्टको योग्यता, कृपा र अनुग्रह अनि उहाँको प्रायश्चितको बलिदानका लागि हार्दिकता र सम्मानपूर्वक कृतज्ञताका साथ बोलौँ ।

दोस्रो, सेवा र त्यागको सुसमाचारको भाषा ।

शवाथको दिनमा सम्मान गर्न र हर्षित हुन जब हामी प्रत्येक हप्ता पुन: एकत्रित हुन्छौँ, हामी चर्चका हाम्रा बोलावटहरू, साहचर्य, सामाजिकता र सेवाद्वारा परमप्रभु र एकअर्काप्रतिका हाम्रा पवित्र करारका प्रतिवद्धता व्यक्त गर्न सक्छौँ ।

जब मैले स्थानीय चर्चका अगुवाहरूलाई उहाँहरूको चिन्ताको बिषय के हो भनेर सोध्छु, दाजुभाइ र दिदीबहिनीहरू दुबै भन्नुहुन्छ, “हाम्रा केही सदस्यहरूले चर्च बोलावटहरू स्वीकार गर्नुहुँदैन ।” उहाँको चर्चमा परमप्रभु र एकअर्काको सेवा गर्न बोलावटले दया, क्षमता र विनम्रतामा वृद्धि गर्ने अवसर दिन्छ । जब हामीलाई पदीय जिम्मेवारी दिइन्छ, हामी अरूहरूलाई र आफूस्वयम्लाई उठाउन र मजबुत बनाउनका लागि परमप्रभुको प्रेरणा प्राप्त गर्न सक्छौँ । नि:शन्देह, हाम्रो जीवनका परिवर्तित परिस्थितिहरू र समयहरूले सेवा गर्ने हाम्रो क्षमतालाई प्रभाव पार्न सक्छन्, तर अपेक्षा छ कि हाम्रो चाहनाले कहिल्यै त्यसो गर्दैन । राजा बेन्यामिनसँगै, हामी भन्छौँ, “यदि मसँग भएको भए म दिने थिएँ” र हामीले सक्ने सबै प्रदान गर्छौं ।

किला र वार्ड अगुवाहरू, आफ्नो दायित्व पूरा गरौँ । जब हामी दाजुभाइ तथा दिदीबहिनीहरूलाई परमप्रभुको चर्चमा सेवा गर्न बोलावट गर्छौँ (र पदमुक्त गर्छौं), कृपया मर्यादा र प्रेरणाका साथ गरौँ । प्रत्येकलाई प्रशंसा गारिएको महसुस गर्न सहयोग गर्नुहोस् र उहाँहरू सफल हुन सक्नुहुन्छ । कृपया अगुवा दिदीबहिनीहरूसँग सल्लाह गर्नुहोस् र उहाँहरुलाई सुन्नुहोस् । अध्यक्ष जे. रुबेन क्लर्कले सिकाउनु भएको जस्तै, हामीले स्मरण गर्न सक्छौँ, हामी परमप्रभुको चर्चमा जहाँ बोलावट गरिएको छ त्यहाँ नै सेवा गर्छौं, “जुन स्थान न त कसैले खोज्छ न त अस्वीकार नै गर्छ ।”

जब सिस्टर गोङ र मेरो विवाह भएको थियो, एल्डर डेभिड बी. हाईटले सल्लाह दिनुभयो: “चर्चमा सदैव बोलावट धरण गर्नुहोस् । विशेष गरी जब जीवन व्यस्त हुन्छ,” उहाँले भन्नुभयो, तपाईंले सेवा गर्दा “तपाईंले सेवा गर्नेहरू र तपाईंका लागि परमप्रभुको प्रेम महसुस गर्नु आवश्यक छ ।” म प्रतिज्ञा गर्छु कि प्रेम यहाँ, त्यहाँ र सर्वत्र व्यक्त गरिन्छ जब हामीले चर्चका अगुवाहरूलाई उहाँको आत्माद्वारा र हाम्रा करारहरूद्वारा उहाँको चर्चमा परमप्रभुको सेवा गर्न “हुन्छ” भनेर जवाफ दिन्छौँ ।

परमप्रभुको पुनर्स्थापित चर्च सियोनको समुदायका लागि वगान हुन सक्छ । जब हामीले सँगै आराधना गर्छौँ, सेवा गर्छौँ, आनन्द लिन्छौँ र उहाँको प्रेमका सम्बन्धमा सिक्छौँ, हामीले उहाँको सुसमाचारमा एकअर्कालाई सहारा दिन्छौँ । हामी राजनीतिक वा सामाजिक बिषयहरूमा असहमत हुन सक्छौँ तर वार्ड क्वायरमा सँगै गाउने क्रममा सद्भाव प्राप्त गर्छौँ । हामी नियमित रूपमा एकअर्काको घर र छिमेकमा हाम्रा हृदयले सेवा गर्दा हामीले हाम्रा सम्बन्धलाई मजबुत बनाउँछौँ र एकाकीपनसँग लड्छौँ ।

किला अध्यक्षहरूसँग सदस्यहरूलाई भेट गर्ने क्रममा, हरेक परिस्थितिमा म सदस्यहरूप्रति उहाँहरूको गहिरो प्रेमलाई महसुस गर्छु । हामी आफ्ना किलामा सदस्यहरूका घरहरू हुँदै जाँदा, एक किला अध्यक्षले भन्नु’भयो कि हामी पौडी पोखरी भएकोमा घर बसौँ वा माटोको भुइँ भएको घरमा बसौँ, चर्चको सेवा एउटा सुअवसर हो जसमा प्रायश: त्याग समावेश हुन्छ । यद्यपि, उहाँले बुद्धिमानीपूर्वक अवलोकन गर्नुभयो कि जब हामी सुसमाचारमा सँगै सेवा र बलिदान गर्छौं, हामीले कम गल्तीहरू भेटाउछौँ र महान् शान्ति प्राप्त गर्छौँ । जब हामीले उहाँलाई अनुमति दिन्छौँ, येशू ख्रीष्टले हामीलाई यहाँ उहाँको प्रेम व्यक्त गर्न सहयोग गर्नुहुन्छ ।

यस ग्रीष्म ऋतुमा, हाम्रो परिवारले लोफबरो र अक्सफोर्ड, इङ्गल्याण्डमा चर्चका अद्भुत सदस्यहरू र मित्रहरूलाई भेट गर्यो । यी अर्थपूर्ण भेलाहरूले वार्डका सामाजिक र सेवाका क्रियाकलापहरूले कसरी सुसमाचारका नयाँ र स्थायी बन्धनहरू निर्माण गर्न सक्छन् भनेर मलाई स्मरण गराए । केही समय यता चर्चका धेरै स्थानहरूमा, निश्चय नै वार्डका केही थप क्रियाकलापहरू, सुसमाचारको उद्देश्यका साथ आयोजना र कार्यान्वयन गरिएका छन् भनेर मैले महसुस गरेको छु जसले हामीलाई अझै बढी आत्मीयता र एकतामा आवद्ध गर्न सक्छन् ।

प्रेरणा प्राप्त एक वार्ड क्रियाकलाप अध्यक्ष र समितिले व्यक्ति र सन्तहरूको समुदायलाई पोषित गर्छ । राम्ररी आयोजना गरिएका उहाँहरूका क्रियाकलापहरूले सबैलाई महत्वपूर्ण महसुस गर्न सहयोग गर्छन्, समावेश गर्छन् र आवश्यक भूमिका खेल्न आमन्त्रण गर्छन् । त्यस्ता क्रियाकिलापहरूले उमेर र पृष्ठभूमिहरूलाई जोड्छन् र कम वा बिना लागतमा गर्न सकिने दीग़कालीं स्मरणहरू निर्माण गर्छन् । सुसमाचारका रोचक क्रियाकलापहरूले छिमेकीहरू र साथीहरूलाई पनि आमन्त्रण दिन्छन् ।

प्रायश: सामाजिकता र सेवा सँगसँगै जान्छन् । वयस्क युवाहरूलाई जानकारी छ यदि तपाईंले वास्तवमा नै कसैलाई चिन्न चाहनुहुन्छ भने सेवाको अर्थपूर्ण परियोजनामा भर्याङको दुबै छेउमा उभिनुहोस् र सँगै रङ लगाउनुहोस् ।

छवि
सेवा परियोजनामा चित्रकारी युवा वयस्कहरू ।

नि:शन्देह, कुनै पनि व्यक्ति र कुनै परिवार पूर्ण हुँदैन । हामी सबैलाई यहाँ प्रेम व्यक्त गर्न सहयोगको आवश्यकता पर्छ । “पूर्ण प्रेमले भयलाई हटाउँछ ।” आस्था, सेवा र त्यागले हामीलाई हाम्रा मुक्तिदाताको समीपमा लैजान्छ । उहाँमा हाम्रा सेवा र बलिदान जति धेरै करुणामयी, विश्वासयोग्य र निस्वार्थ हुन्छन्, त्यति नै बढी हामीले येशू ख्रीष्टको असीम र अनन्त प्रायश्चितको अनुकम्पा र अनुग्रहलाई बुझ्न सुरू गर्छौँ ।

अनि त्यसले हामीलाई करार सम्बन्धको सुसमाचारको भाषामा ल्याउँछ ।

हामी आत्मकेन्द्रित संसारमा जिउँछौँ । “म मलाई छनोट गर्छु” भन्ने बिषय यति धेरै छ । हामीले आफूलाई विश्वास लागेको जस्तो लाग्छ कि हामी हाम्रो आत्मानुराग र यसलाई कसरी प्राप्त गर्ने भनेर बुझ्छौँ ।

परन्तु अन्ततः यो सत्य होइन । येशू ख्रीष्टले यो शक्तिशाली अन्त्यहीन सत्यलाई चित्रण गर्नुहुन्छ

“किनकि जसले आफ्नो जीवन बचाउन चाहान्छ उसले त्यो गुमाउने छ, तर जसले आफ्नो जीवन मेरा निम्ति गुमाउँछ, उसले त्यो प्राप्त गर्ने छ ।

“केका लागि एक पुरुष [वा महिला] लाभदायक हुन्छन्, यदि उनले सारा संसार प्राप्त गर्छन् र आफ्नो आत्मा गुमाउँछ भने?”

येशू ख्रीष्टले एक असल तरिका प्रदान गर्नुहुन्छ - दैवी करारमा स्थापित् सम्बन्धहरू, मृत्युको डोरी भन्दा मजबुत छन् । परमेश्वर र हामी एक-अर्कासँगका करारले हामीलाई र हाम्रो अति नै प्रिय सम्बन्धलाई चङ्गाइ दिन र पवित्र पार्न सक्छन् । वास्तवमा, हामीहरूले आफूस्वयम् लाई बुझ्नु र प्रेम गर्नुभन्दा पनि बढी उहाँले हामीलाई राम्ररी चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ । वास्तवमा, जब हामी हाम्रो सबै करार गर्छौँ, हामी जे छौँ त्यो भन्दा बढी बन्न सक्छौँ । उहाँको समय र तरिकामा परमेश्वरको शक्ति र ज्ञानका हरेक असल उपहारले हामीलाई आशीषित गर्न सक्छ ।

जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भाषा अनुवादमा ठूलो प्रगति गरेको छ । ती दिनहरूबितिसकेका छन् जब कम्प्युटरले “आत्मा इच्छुक छ, तर शरीर कमजोर छ” भन्ने प्रयोगसिद्ध वाक्यांशलाई “मदिरा असल छ, तर मासु खराब छ” भनेर अनुवाद गर्न सक्छ । रोचक बिषय के छ भने, भाषाका विस्तृत उदाहरणहरू दोहोर्याउँदा कम्प्युटरलाई व्याकरणका नियमहरू सिकाउनुभन्दा अझै प्रभावकारी रूपमा कम्प्युटरलाई कुनै भाषा सिकाउँछ ।

त्यसै गरी, हार्दिकता र सम्मान, सेवा र त्याग अनि करार सम्बन्धका सुसमाचारका भाषाहरु सिक्नका लागि हाम्रा आफ्नै प्रत्यक्ष, निरन्तरका अनुभवहरू नै हाम्रो सबैभन्दा उत्तम आध्यात्मिक तरिका हुन सक्छन् ।

त्यसोभए, येशू ख्रीष्टले प्रेममा कहाँ र कसरी तपाईंहरूसँग व्यक्त गर्नुहुन्छ?

यहाँ व्यक्त गरिएको उहाँको प्रेम कहाँ र कसरी सुन्नुहुन्छ?

हामीले यहाँ हाम्रा हृदय र घरहरूमा र सुसमाचारका हाम्रा बोलावटहरूमा, क्रियाकिलापहरूमा अनि सेवा र सेवाका कार्यमा उहाँको प्रेम व्यक्त गर्न र सुन्न सिक्न सक्छौँ ।

परमेश्वरको योजनामा, हामी हरेकले यस जीवनबाट अर्को जीवनमा एक दिन परिवर्तन हुने छौँ । जब हामी परमप्रभुलाई भेट्छौँ, म निर्देशन र प्रतिज्ञाका शब्दहरूमा उहाँले “यहाँ मेरो प्रेम व्यक्त गरिन्छ” भन्दै गर्नुभएको कल्पना गर्छु । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।