साधारण सम्मेलन
वचन र कार्यहरूमा येशू ख्रीष्टको गवाही व्यक्त गर्ने
अक्टोबर २०२३ को साधारण सम्मेलन


वचन र कार्यहरूमा येशू ख्रीष्टको गवाही व्यक्त गर्ने

जब हामी येशू ख्रीष्टको सुसमाचार अनुरूप आफ्नो जीवन जिउने प्रयास गर्छौं, हाम्रो आचरण हाम्रो उद्धारकर्ताको जीवित गवाही हुने छ ।

बप्तिस्मा गर्दा हामीले गर्ने प्रतिज्ञाहरू मध्ये एउटा यो हो कि हामी येशू ख्रीष्टको नाम आफूमाथि लिन इच्छुक छौँ । आजको मेरो उद्देश्य हामीले परमेश्वरलाई देखाउन सक्छौँ कि हामीले वचन र कार्यमा गवाही दिएर उहाँको पुत्रको नाम जति पटक हामी सक्छौँ आफैँमा लिन्छौँ, कि येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर हामीलाई स्मरण गराउनु हो ।

उहाँको पुनरुत्थान पछि जब अमेरिकाका मानिसहरूलाई सेवा र शिक्षा दिँदा, मुक्तिदाताले घोषणा गर्नुभयो:

“के उनीहरूले धर्मशास्त्रहरू पढेका छैनन्, जसले भन्छन् तिमीहरूले आफूमा ख्रीष्टको नाम लिनु पर्छ, जुन मेरो नाम हो? किनकि यस नामद्वारा नै तिमीहरूलाई पछिल्ला दिनमा बोलाइने छ;

“अनि जसले मेरो नाम आफूमा लिन्छ र अन्त्यसम्म सहन्छ, उसैलाई अन्तिम दिनमा मुक्त गरिने छ ।

अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई सिकाउनुभएको छ कि “मुक्तिदाताको नाम हामीमा लिनुले अरूहरूलाई घोषणा गर्ने र गवाही दिने विषयलाई समावेश गर्छ—हाम्रा कार्यहरू र हाम्रा वचनहरूद्वारा—कि येशू नै ख्रीष्ट हुनुहुन्छ ।”

हामी जहाँ भए पनि पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूका रूपमा, परमप्रभु र उहाँको नामको गवाहीका रूपमा खडा हुने आशीर्वाद र सौभाग्य प्राप्त गरेका छौँ । जब हामी येशू ख्रीष्टको सुसमाचार अनुरूप आफ्नो जीवन जिउने प्रयास गर्छौं, हाम्रा आचरण हाम्रा उद्धारकर्ता र उहाँको नामका जीवित गवाही हुने छन् । यसका अतिरिक्त, ख्रीष्टका सम्बन्धमा हामीले विश्वास गरेका, महसुस गरेका वा जानकारी प्राप्त गरेका विषयहरू अरूहरूसँग बाँढेर हामी वचनमा ख्रीष्टको गवाही दिन्छौँ ।

जब हामी विनम्रतापूर्वक हाम्रा वचन र कार्यहरूद्वारा परमप्रभुको गवाही बाँढ्छौँ, पवित्र त्माले वास्तविक अभिप्राय, खुला हृदयहरू र इच्छुक मस्तिष्क भएकाहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर प्रमाणित गर्नुहुन्छ ।

म परमप्रभुका सम्बन्धमा वक्तव्य र चर्चका सभाहरूमा पवित्र गवाही दिएर सदस्यहरूका हालसालैका र प्रेरणादायी दुई उदाहरणहरू बाँढ्न चाहन्छु जसले येशू ख्रीष्टको नाम आफूमा लिनुभएको छ भनेर परमेश्वरलाई देखाउनुहुन्छ ।

पहिलो उदाहरण: जब २०२२ मा मेरी श्रीमती, एलेन र म स्पेन गयौँ, त्यहाँ हामी चर्चको सानो इकाईमा आइतबारको सभामा सभागी भयौँ । म मञ्चमा हुँदा मेरी श्रीमती सभामा थिईन्, मैले उनलाई एउटी वृद्ध महिलाको छेउमा बसेकी देखेँ । जब प्रभुभोज सभा समाप्त भयो, म एलेन तर्फ गएँ र उनलाई तिनको नयाँ साथीसँग परिचय गराउन अनुरोध गरेँ । उनले त्यसो गरीन् र चर्चकी सदस्य नभएकी यी महिलाले करीब दुई वर्षदेखि चर्चको अन्वेषण गरिरहनुभएको सङ्केत गरीन् । जब मैले यो सुनेँ, मैले परमेश्वरसँग-त्रासित यी महिलालाई सोधेँ, के कारणले उहाँलाई यति लामो अवधिसम्म हाम्रा सभाहरूमा निरन्तर सहभागी हुने बनायो । ती महिलाले प्रेमपूर्वक उत्तर दिनुभयो, “मलाई यहाँ आउन मन पर्छ किनभने तपाईंहरूले आफ्ना सभाहरूमा येशू ख्रीष्टका सम्बन्धमा बोल्नुहुन्छ ।”

स्पष्ट रूपमा, स्पेनको त्यो इकाईका चर्चका सदस्यहरूले आफ्ना सभाहरूमा ख्रीष्टको सम्बन्धमा व्यक्तव्य दिनुहुन्थ्यो, सिकाउनुहुन्थ्यो र गवाही दिनुहुन्थ्यो ।

दोस्रो उदाहरण: ब्राजिल क्षेत्रमा सेवा गरिसकेपछि, चर्चको प्रधान कार्यालयमा सेवा गर्न नयाँ कार्यभार प्राप्त भयो । जब हामी सल्ट लेक सहरमा सर्यौं, यस वर्षको जुलाईको अन्त्यमा, हामीले हाम्रो नयाँ र अद्भुत वार्डमा आइतबारका सभाहरूमा सहभागी भयौँ । यी सभाहरू मध्ये एक सभा उपवास र गवाहीको सभा थियो । श्रद्धापूर्वक प्रभुभोज ग्रहण गरेपछि, सदस्यहरू खडा हुनुभयो र एकपछि अर्कोले मुक्तिदाताको हृदयस्पर्शी गवाही दिनुभयो । सभा येशू ख्रीष्टमा केन्द्रित थियो र हामीले स्पष्ट रूपमा आत्मालाई महसुस गर्न सक्थ्यौँ । हाम्रो ज्ञान बृद्धि भयो र हाम्रो आस्था मजबुत भयो । यदि इमानदारीपूर्वक सत्यको खोजी गर्ने चर्चका साथीहरू त्यो वैठकमा भएको भए, उहाँहरूले यो येशू ख्रीष्टको चर्च हो भनेर पहिचान गर्नु हुन्थ्यो ।

हाम्रा चर्चका सभाहरू हाम्रा लागि ख्रीष्टको गवाही दिन छनोट गर्ने अवसरहरू हुन् भनेर हेर्न र ख्रीष्टलाई प्रमाणित गर्न पाउनु र उहाँका पुत्रको नाम हामीमा लिएकोमा हामी आनन्दित छौँ भनेर परमेश्वरलाई सङ्केत दिनु कस्तो आशीर्वाद हो ।

अब, मलाई कार्यहरूद्वारा उहाँको गवाही दिएर यशू ख्रीष्टको नाम हामीमा लिने एउटा शक्तिशाली उदाहरण उल्लेख गर्न दिनुहोस् ।

गत अगष्टमा, म एल्डर जोनाथन एस् स्मिटसँग युबा शहरको फेदर रिभर क्यालिफोर्निया मन्दिरको गृह अनावरणमा गएँ । त्यहाँ मैले मन्दिरको भ्रमणमा समूहहरूलाई मार्गदर्शन गर्ने आशीर्वाद प्राप्त गरेँ । यी समूहहरू मध्येको एकमा चर्चका सदस्य, भर्जिल एटकिन्सन र फरक आस्थाका सात जना मित्रहरू हुनुहुन्थ्यो । भ्रमणको अन्त्यतिर, मन्दिरको बाँधिने कक्षमा, दाजु एटकिन्सनले त्यस दिन मन्दिरमा आउनु भएका आफ्ना मित्रहरूप्रति आफ्नो प्रेम व्यक्त गर्दा भावुक हुनुभयो । उहाँले त्यसो गरेपछि तत्कालै, समूहकी एउटी महिला उभिनुभयो र भन्नुभयो, “हामी सबै भर्जिललाई प्रेम गर्छौं । उहाँले कहिल्यै आफ्नो आस्था हामीमाथि दबाब दिनुएको छैन । परन्तु, उहाँ यसका सम्बन्धमा लज्जित हुनुभएको पनि होइन । उहाँ आफूले विश्वास गरेकोमा मात्रै जिउनुहुन्छ ।”

पछिल्ला केही वर्षहरूमा, दाजु एटकिन्सनको ख्रीष्टको जस्तो जीवनयापनले उहाँका मित्रहरूका लागि शक्तिशाली गवाहीका रूपमा कार्य गर्यो । उहाँको उदाहरण उहाँले ख्रीष्टको नाम आफूमा लिनुभएको छ भन्ने बलियो प्रमाण हो ।

अन्तमा, म ख्रीष्टको नाम हामीमा कसरी लिने र चर्चको सही नाम प्रयोग गरेर उहाँको गवाही कसरी दिने भन्ने सम्बन्धमा मैले सिकेको पाठ बाँढ्छु ।

परमेश्वरका जीवित अगमवक्ता अध्यक्ष नेल्सनले, “चर्चको सही नाम” शीर्षकको २०१८ को साधारण सम्मेलनको सम्बोधनमा भन्नुभयो: “यो सच्याइएको हो । यो परमप्रभुको आज्ञा हो । जोसेफ स्मिथले आफूद्वारा पुनर्स्थापित् भएको चर्चको नामाकरण गर्नुभएन; न त मोर्मोनले नै गर्नुभयो । यो मुक्तिदाता स्वयं हुनुहुन्थ्यो जसले भन्नुभयो, ‘यस प्रकारले अन्तिम दिनहरूमा मेरो चर्चलाई बोलाइने छ, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च समेत’ [सिद्धान्त र करार ११५:४] ।”

त्यस समयदेखि हामी सबैले अगमवक्तालाई अनुशरण गर्ने र चर्चको प्रकाश गरिएको नाम प्रयोग गर्न प्रतिवद्धता र दृढ सङ्कल्पित सहित साधारण सम्मेलनबाट फर्कियौँ । मैले चर्चको सही नाम प्रयोग गरेको छु भनी सुनिश्चित गर्नका लागि मैले आफू स्वयम् लाई अवलोकन गरेँ । सुरूका केही पटक म धेरै सचेत हुनुपर्थ्यो र आफूलाई पुरानो तरिकाहरूमा फर्कन दिनुहुन्नथ्यो । प्रारम्भिक प्रयासहरू पश्चात्, मैले प्रकाश गरिएको चर्चको नाम प्रयोग गर्ने सम्बन्धमा अझै बढी सहजता महसुस गरेँ । म स्वीकार गर्छु कि धेरै पटक, मैले चर्चको नाम छिटो लिन्थेँ । मानिसहरूले चर्चको पूरा नाममा ध्यान दिँदैनन् र उनीहरूले यो अलि लामो छ भनी सोच्न सक्छन् भनेर मलाई चिन्ता लाग्यो ।

यद्यपि, अभिप्रायपूर्वक चर्चको पूरा नाम लिँदा मलाई येशू ख्रीष्टको नाम लिने महत्वपूर्ण अवसरहरू मिलेका छन् र वास्तवमा उहाँको चर्चको नाममा उहाँको नाम घोषणा गरेर मुक्तिदाताको गवाही दिने महत्वपूर्ण अवसर प्राप्त भएको छ । अरूहरू सँग चर्चको सही नामलिँदा मैले बारम्बार येशू ख्रीष्टलाई स्मरण गरेको र मेरो जीवनमा उहाँको प्रभावलाई महसुस गरेको समेत अनुभव गरेँ ।

अगमवक्तालाई अनुशरण गरेर, चर्चको सही नाम प्रयोग गरेर, हामी सबैले येशू ख्रीष्टको थप गवाही दिन सिक्न सक्छौँ, यसरी परमप्रभुको नामलाई अझ पूर्ण रूपमा हामीमा लिन्छौँ ।

यो शबाथको बिहानीमा, म अध्यक्ष नेल्सन परमेश्वरका जीवित अगमवक्ता हुनुहुन्छ र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च ख्रीष्टको पुनर्स्थापित चर्च हो भनेर हर्षकासाथ गवाही दिन्छु । म विनम्रताकासाथ परमेश्वरका पुत्र र उहाँको देवत्वको गवाही दिन्छु । उहाँ परमेश्वरका जेठा र जन्माइएका एकमात्र पुत्र, हाम्रा मुक्तिदाता र उद्धारकर्ता, इमानुएल हुनुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।